कृषि

मह र अम्रिसोले धनी बन्दै धौवादीगाउँ


धौवादी (नवलपरासी)- ‘मह बेचेरै वर्षमा ७५ हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्छु,’ शेरबहादुर सारुमगरले भने। धौवादी–३ पोखरीगाउँका शेरबहादुरको घरमा १५ घार स्थानीय जातका मौरी छन्। १० वर्षअघि उनले चार घारबाट मौरीपालन सुरु गरेका थिए।

मह मात्रै होइन, शेरबहादुरले अमि्रसोखेती पनि गर्छन्। शेरबहादुर आफ्नो कृषि कर्मबाट सन्तुष्ट छन्। भन्छन्, ‘मह र कुचो बिक्रीबाट वर्षमा दुईदेखि अढाई लाख रुपैयाँसम्म आम्दानी गर्छु।’

अहिले उनको घरमा गत वर्ष बनाएका अमि्रसोका दुई हजार कुचो छन्। यो वर्ष थप तीन हजार कुचो तयार पार्ने उनको योजना छ। ‘बेच्दै जाँदा गत वर्ष राम्रो मूल्य नपाएले दुई हजार कुचो यसै राखेँ,’ उनी भन्छन्, ‘यो वर्ष राम्रै मूल्य पाउने आशा छ। थप तीन हजार नयाँ कुचो पनि निकाल्ने तयारी छ।’

जिल्लाको पहाडी क्षेत्र पोखरीगाउँका प्रत्येक घरमा माहुरीको परम्परागत मुढे घार र कुचो बुन्न ठिक्क पारेर छानामा सुकाएको बाँसको चोया देखिन्छ। अमि्रसोको कुचो र मौरीमह गाउँलेको आयआर्जनको मुख्य स्रोत बनेको छ। पहिला अदुवा रोप्ने गरेका किसान अहिले अमि्रसोखेती र मौरीपालनमा लागेका छन्। एउटा कुचोको गाउँलेले ५५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन्।

स्थानीय तिलबहादुर सारुमगर गाउँलेले अहिले अदुवाखेतीलाई घटाउँदै र मौरीपालन, अमि्रसोखेतीलाई बढाउँदै लगेको बताउँछन्। ‘पहिले पाँच रोपनी जतिमा लगाउने अदुवा अहिले दुई रोपनीमा लगाउँछौँ। अमि्रसो र मौरीले अदुवाभन्दा राम्रो कमाइ दिएको छ,’ उनले भने।

एउटा घारबाट वार्षिक सरदर १० माना मह उत्पादन हुन्छ। एक माना महको गाउँमै पाँच सय रुपैयाँ पर्छ। वर्षमा एउटा घारमा तीनपटक मह उत्पादन हुन्छ।  पोखरीगाउँकै लीला रानामगरको घरमा चार घार माहुरी छन्। मह बेचेर लीलाको घरखर्च राम्रैसँग चलेको छ।

मौरीपालन अन्य पशुपालनजस्तो मेहनत बढी गर्नुपर्दैन। अनि, अमि्रसोखेती पनि अन्य खेतीजस्तो बढी गोडमेल र हेरचाह गर्नुपर्दैन।

‘मह र कुचो धेरै परिश्रम हुने पेसा पनि होइन,’ अर्की मौरापालक विष्णुमाया सारुमगर भन्छिन्, ‘माघदेखि वैशाखसम्म अमि्रसो घाँसको रूपमा गाईवस्तुलाई खुवाउन पनि पाइन्छ।’

मकै, कोदो र अदुवाभन्दा सुबिस्ताको खेती भएकाले अमि्रसोप्रति सबै गाउँलेको आकर्षण बढेको विष्णुमायाको भनाइ छ।’

पोखरीगाउँमा ३४ घरधुरी छन्। सबैका घरमा थोरै–धेरै कुचो र मह उत्पादन हुने गरेको छ। ०५४ सालयता पोखरीगाउँमा अमि्रसोखेती फस्टाएको स्थानीय लक्ष्मण सारुमगरले बताउँछन्।

‘एकपटक रोपेपछि वर्षौं उत्पादन लिन पाइने भएकाले गाउँमा अमि्रसोखेती गर्नेहरू बढेका छन्,’ लक्ष्मणले भने, ‘रोपेको दुई वर्षसम्म गोडमेल गरे पनि त्यसपछि खासै स्याहार पुर्‍याउनुपर्दैन।’

जंगलको बिरुवा ल्याएर रोपेर नै अमि्रसो गाउँभरि फैलिएको लक्ष्मणले बताए। जंगलमा घोरलले खाएर नासिएका कारण अहिले गाउँमै अमि्रसो बढेको छ।

गाउँ मात्रै होइन, वन समिति, खानेपानी उपभोक्ता समिति र विद्यालयले पनि आम्दानीका लागि अमि्रसो लगाउने गरेको छ। स्थानीय नवजागरण प्राथमिक विद्यालयले पनि पाखामा अमि्रसोखेती गरेको छ। अमि्रसो बेचेर गत वर्ष १३ हजार ६ सय ५० रुपैयाँ आम्दानी गरेको विद्यालयका शिक्षकसमेत रहेका लक्ष्मण सारुमगरले बताए।

केरुंगा खोलाको सिरानमा पोखरीगाउँ रहेको छ। गाउँको अमि्रसोखेती र मौरीपालनले स्थानीयलाई जंगलमा धेरै आश्रित नहुनुपर्ने बनाएको छ। जसले जंगल जोगिनुका साथै अमि्रसोले भूक्षय पनि रोकेको छ। आम्दानीका साथै अमि्रसोखेती मौरीपालनले वातावरणमा पनि राम्रो प्रभाव पारेको लक्ष्मण सारुमगरले बताए।

Tuborg
APex DIgital

आइत, मंसिर २६, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

काभ्रेमा आलुको नयाँ पुस्तका बीउ उत्पादन

चैत ११, काभ्रे : पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ।   वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्र प्रमुख युवराज पाण्डेले बताए।   उनले केन्द्रमा आलुको पूर्वमूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए।  आलुको...

सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने

भदौ, पोखरा । अब सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत सातै प्रदेशमा निर्देशनालय खोल्ने र प्रत्येक प्रदेशमा हावापानी, वातावरण र माटो सुहाउँदो फरक–फरक अनुसन्धान गरिने भएको हो । नार्कको कार्य प्रणालीलाईसमेत परिवर्तन गर्दै संगठनात्मक पुनर्संरचना गर्न...

बोझो एक परिचय

यो घाटि बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो| यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ| जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ( पातको रूप समुराई तरवारको आकारको हुना ले)| यसको स्वाद अलि परपराउने ,...

तिलौराकोट त्यो ऐतिहासिक ठाउँ हो, जहाँ राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन

असार, काठमाडौं । हरेक वर्षजस्तै यस वर्ष पनि १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ । धान दिवसको अवसरमा कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव) ले हिलो खेतमा पसेर रोपाइँ गर्नेछन् ।   विगतमा पनि असार १५ मा कृषि मन्त्रीले खेतमा हिलो खेल्दै रोपाइमा...

ऐंसेलुबाट ७० लाख आम्दानी

वसन्तपुर (तेह्रथुम) — जंगलमा पाइने काँडादार वनस्पतिको फल ऐंसेलु बेचेर स्थानीयले एक महिनाको अवधिमा ७० लाख रुपैयाँभन्दा बढी रकम आम्दानी गरेका छन् । जंगलमा टिपेको ऐंसेलु संखुवासभाको टुटेमा खुलेको मकालु वाइन इन्डस्ट्रिजलाई बिक्री गरेर गाउँलेले यति कमाइ गरेका हुन् । पेय पदार्थ ‘वाइन’ बनाउन प्रयोग हुने कच्चा पदार्थ...

साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

फागुन, चितवन । चितवनको कालिका नगरपालिका ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गरेका थिए । विसं २०५६ मा च्याउ खेती शुरु गरेका केसी अहिले छ कट्ठामा च्याउ लगाउँछन् । पहिल साइकलमा च्याउ डुलाउँथे, अहिले गाडीमा हिँड्छन्  च्याउ बेचेरै जग्गा समेत जोडेका छन्...