कृषि

४४ वर्षीय हरिकृष्णले खेतीकिसानी गरेरै दुई जुम्ल्याहा छोरालाई इन्जिनियर बनाउन सफल


भक्तपुर– मेहनतको फल मीठो हुन्छ भन्ने उदाहरण बनेका छन्, भक्तपुरका हरिकृष्ण सुकुपायो । ४४ वर्षीय हरिकृष्णले खेतीकिसानी गरेरै दुई जुम्ल्याहा छोरालाई इन्जिनियर बनाउन सफल भएका छन् । खेतमा काउली, बन्दाकोपी लगायत तरकारी बाली लगाएर त्यसैको आम्दानीबाट जुम्ल्याहा छोरालाई सिभिल इन्जिनियर पढाउन उनी सफल भएका छन् ।
मंगलबार बिहानै हरिकृष्ढा सूर्यविनायक नगरपालिका सिपाडोलस्थित खेतको काउली बेच्नका लागि टिप्दै थिए । ‘अब यसरी खेतमा धेरै दुःख गर्नुपर्ने दिन गयो । किनकि यसरी नै दुःख गरेर कमाएको पैसाबाट जुम्ल्याहा छोरा सिभिल इन्जिनियर मात्रै बनेनन्, जागिरै सुरु गरी कमाउन थालिसकेका छन् ।
जुम्ल्याहा छोरा सेरोक्स र इम्जल दुवै सिभिल इन्जिनियर भई जागिर खान थालेका हुन् । सेरोक्सले लोकसेवा पास गरी सरकारी जागिर नै पाएका छन् । उनी बुढीगंगा हाइड्रोपावर अछाममा सेवारत छन् । इम्जलले गैरसरकारी सेवामा प्रवेश पाएका छन् ।
उनका दुवै छोराले जगातीस्थित वाइजल्यान्ड सेकेन्डरी स्कुलबाट एसएलसी गरेका थिए । एसएलसीपछि दुवैले आधा छात्रावृत्तिमा ह्वाइट हाउस कलेज खुमलटारमा पढे । त्यसपछि भने जुम्ल्याहा छोराको पढाइ सँगै रहेन । सेरोक्सले पुल्चोक इन्जिनियरिङ कलेजबाट र इन्जलले ख्वप इन्जिनियरिङ कलेजबाट बिई गरे ।
भक्तपुर नगरपालिका– ६ गोल्मढी निवासी हरिकृष्णको परिवारमा ६ सदस्य छन्– हरिकृष्णको दम्पती, बाबुआमा र दुई छोरा । दुई छोराबाहेक अरुले खेतमा काम गर्छन् । उनीहरुले ठाउँठाउँका आठ रोपनी खेतमा काउली, लक्ष्मी सिमी, भ्यान्टा, फर्सी, आलु, बन्दाकोपी लगाइराखेका छन् ।
उनीहरुले खेतमा काम गर्ने अन्य मानिस राखेका छैनन् । ‘हामी आफैँ नै श्रममा जुट्छौँ, ज्यामी राख्दैनौँ,’ खेतमा आलु रोप्न तम्सिएका हरिकृष्णका ७५ वर्षीय पिता भीमबहादुरले भने, ‘हामी श्रममा विश्वास गर्ने मानिस, श्रम गरेर जन्मियौँ, श्रम गरेरै मर्छाैं ।’
७४ वर्षीया आमा सूर्यमाया भने विशेष गरी घरायसी काममा छन् । उनले घरमा पालेका बाख्रालाई हेर्ने गर्छिन् ।
हरिकृष्णकी पत्नी लक्ष्मीशोभाको भने गुनासो छ । भन्छिन्, ‘हामी जाडो गर्मी नभनी श्रम गर्छाैं तर हामी श्रम गर्नेले भन्दा बढी कमाई बिचौलियाले गर्छन् ।’ बजारमा अहिले ४० रुपैयाँ प्रतिकिलो पर्ने काउली बिचौलियाबाट आफूले १५ रुपैयाँ मात्रै पाउने उनको गुनासो छ ।
हरिकृष्ण पहिलेपहिले काउली खर्पनमा बोकेर बेच्न हिँड्थे । अहिले भने खर्पनमा राखेर बोक्न गाह्रो भएकाले बिचौलियालाई दिनुपरेको उनी सुनाउँछन् । हरिकृष्णका धेरै सहपाठी डाक्टर, प्रोफेसर, प्रिन्सिपल भएर जागिर पाए पनि हरिकृष्ण भने खेती किसानीमै सन्तुष्ट छन् । उनले प्लस टु गरेका छन् । उनी भन्छन्, ‘सिद्धि कृषि सहकारी संस्था लिमिटेडको सचिव तथा बिउविजनको संयोजक भएर किसानलाई सहयोग गर्न पाएकोमा खुसी छु ।’

शनि, माघ १, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

२३ मुलुकको एकसय ९१ नमुनालाई उछिन्नदै नेपाली चियाले गोल्ड अवार्ड प्राप्त गरे

काठमाडौं . नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियातर्फ अन्तराष्ट्रिय गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालले २३ मुलुकको एक सय ९१ प्रकारका चियाको नमुनालाई उछिन्दै कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो । इलामस्थित लामण्डला स्पेशियलिटी चिया प्रशोधन उद्योगले अर्गानिक कालो चियातर्फ गोल्ड अवार्ड...

‘खेतमा भेटिएकाे सुनको असर्फीमात्रै लगेनन् जेलमा पनि कोचे’

सुर्खेत : कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्छन्। द्यारापाटा गाउँकै झावटी नामको गडा (गह्रा)मा जोत्दै गर्दा विसं २०४३ पुसमा तीन चाँदीका बाला र ६२ सुनका असर्फी पाइएका...

प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने बताएका

असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने र ठूलै टमाटर फल्नुपर्ने बताएका छन् । आफू हलो जोतेर यहाँसम्म आएको हुनाले किसानका समस्याबारे राम्रैसँग जानकार रहेको प्रधानमन्त्री ओलीको दाबी छ । ‘यहाँहरुलाई थाहा छ, म आफैं हलो जोतेर, कोदालो खनेर,...

काभ्रेमा आलुको नयाँ पुस्तका बीउ उत्पादन

चैत ११, काभ्रे : पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ।   वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्र प्रमुख युवराज पाण्डेले बताए।   उनले केन्द्रमा आलुको पूर्वमूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए।  आलुको...

सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने

भदौ, पोखरा । अब सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत सातै प्रदेशमा निर्देशनालय खोल्ने र प्रत्येक प्रदेशमा हावापानी, वातावरण र माटो सुहाउँदो फरक–फरक अनुसन्धान गरिने भएको हो । नार्कको कार्य प्रणालीलाईसमेत परिवर्तन गर्दै संगठनात्मक पुनर्संरचना गर्न...

बोझो एक परिचय

यो घाटि बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो| यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ| जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ( पातको रूप समुराई तरवारको आकारको हुना ले)| यसको स्वाद अलि परपराउने ,...