पर्यटन

करिब १० हजार विदेशी नागरिक नेपालमा अवैध रुपमा वसिरहेका


फागुन, काठमाडौं । जर्मन नागरिक केलेन अलजेन्ड्रो सन् २०१३मा नेपाल आए । नेपाली महिलासँग बिहे गरेर उनी चार वर्षपछि अचानक अध्यागमन विभागको सम्पर्कमा पुगे । पर्यटक भिसा लिएर आएका उनी यतिका समय कहाँ गए ? विभागसँग तथ्यांक छैन ।

 

विभागले सोमबार देशनिकाला गरेका अष्ट्रेलियन नागरिक पासाङ टेम्बा शेर्पा नेपाल प्रवेश गरेको करिब तीन वर्षभन्दा बढी भयो ।

केलेनको फेसबुक पेज हेर्दा उनी नेपालका पहाडी बाटोमा जोखिमपूर्ण यात्रा गराउने कम्पनीसँग आवद्ध देखिन्छन् । नेपालमा बिनाअनुमति केही नेपाली युवा र विदेशीले सञ्चालन गरेको नपाल इनडोरु टुर्सअन्तर्गत अज्तर्राराष्ट्रिय थडर राइडर्समा आवद्ध केलेनका विषयमा थप अनुसन्धान भन्दा विभागले देशनिकालाको फाइल मन्त्रिपरिषद्मा पठायो । सरकारले उनलाई आफ्नै देश पठाउने निर्णय गर्‍यो । आजको नागरिक दैनिकमा समाचार छ ।

उनी जस्ता थुप्रै अवैध विदेशी नागरिक नेपाल वसिरहेको पाइएको छ । एक तथ्यांकअनुसार करिब १० हजार विदेशी नागरिक नेपालमा अवैध रुपमा वसिरहेका छन् । उनीहरू पर्यटक भिसा लिएर नेपाल आउने र लामो समय भिषा थप नगरी यतै बस्ने गरेको पाइएको छ ।

मङ्ल, फाल्गुन २४, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

महादेव बिनाको दक्षको यज्ञ श्रीलंकामा : सन्दर्भ पहिलो बौध्द पर्यटन शिखर सम्मेलन

पहिलो बौध्द पर्यटन शिखर सम्मेलन श्रीलंकामा यहि अक्टोबर २ देखि हुन् गैरहेको छ /त्यस सम्मेलनको आयोजना AATEHM ,युनिभर्सिटी अफ कोलम्बोले गर्ने भएकोछ / यस सम्मेलनमा बौध्द पर्यटन बिशेसज्ञको रुपमा भारत,थाईल्याण्ड ,जापान ,कोरिया ,जर्मन ,भियतनाम ,अस्ट्रेलिया,अमेरिका,युके ,इटाली ,इन्डोनेसिया,बंगालादेश ,चिन,हंकंग र भुटानले भाग लिने भएकाछन तर नेपाल...

बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान

१ फागुन, काठमाडौं । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेको २१ वर्षपछि पक्राउ परेका काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ ।   जिल्ला अदालत काठमाडौंले सोमबार लारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीले बताए । उनका...

धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदै

कात्तिक, मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।   राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

 हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन समिट होटलको ३८ औ बार्षिक उत्सब तथा अ.ने.हो.क्या. तथा रे.म.संघ समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५९ र महिला २२ गरि जम्मा ६८ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा  पुरष तर्फ़ प्रथम बाबुराम राई, दोस्रो मनोज देउजा, तेस्रो...

नेपालमा पहिलो पटक पर्बतारोहण अध्यायन

नेपालमा पहिलो पटक पर्वतारोहण अध्यायन गर्न पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत त्रिभुवन विश्व बिद्यालयबाट पाउने  भएको छ /यस सम्बन्धि अध्यायन अध्यापन हाललाई नेपाल माउन्टेन एकेडेमीले शुरु गर्ने भएको छ / यो नेपालका लागि र विश्व साहासिक व्यक्तिहरुको लागि एउटा महत्वपूर्ण र पहिलो अध्यायन केन्द्र हुने...

दुई हप्तामा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री र माथिल्लो भागमा उल्लेख्य परिवर्तन

  काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो...