खेलकुद

शनिबार नेपाल र केन्याको खेल हुँदै ,वर्षा बाधक देखिए


फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज शनिबार नेपाल र केन्याको खेल हुँदैछ । तर, वर्षा बाधक देखिएको छ । रातभर पानी परेको छ र, अहिले पनि पानी छिट्याइरहेको छ । जसका कारण निर्धारित समय ९ः३० मा खेल हुन सक्दैन ।

 

यद्यपि नेपाल र केन्या दुबैको टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्दैछ । मैदानको अवस्था हेरेपछि थप निर्णय हुनेछ ।

सुनिल डेब्यूको तयारीमा

नेपाल पाहुना टोली केन्याविरुद्ध मैदान उत्रिँदा सुनिल धमलाले राष्ट्रिय टोलीबाट डेब्यू गर्नेछन् । तर, दुबै टोलीले एकअर्कालाई कमजोर नआँक्ने र जितका लागि खेल्ने बताएका छन् ।

नेपाली टोलीका कप्तान पारस खड्काले शुक्रबार भने, केन्यालाई जति महत्वपूर्ण छ, हामीलाई पनि छ, हामीले यसलाई सहज रुपमा लिएका छैनौं ।’

केन्याली टोलीका कप्तानले पनि नेपाल सहज प्रतिद्वन्द्वी नभएको बताए । यद्यपि घरेलु दर्शकको सामू खेल्नु नेपालका लागि जति सुदख छ, त्यति नै दबाव हुने भन्दै उनले भने, हामी दबावसहित रुपमा खेल्छौं ।’

पारसबारे आज नै निर्णय

झण्डै तीन साताअघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरेका कारण कप्तान पारसले अझै फिट भइसकेका छैनन् । उनले केही दिनदेखि अध्यास गरिरहेका छन् ।

तर, आज शनिबार खेल्ने नखेल्ने निश्चित भइसकेको छैन । यसबारे आज निर्णय हुनेछ ।

राष्ट्रिय टोलीका प्रशिक्षक जगट टमाटाले पारस मानसिक रुपमा फिट रहेको बताए । यदि पारस नखेले विकल्पमा कसलाई खेलाउने योजना रहेको उनले बताए ।

तर, कप्तान पारसको अनुपस्थितिले नेपालको सिंगो टिम केही दबावमा पर्ने त त छँदैछ, मिडिल अडरको ब्याटिङमा पनि समस्या आउनसक्छ ।

सुनिलको डेब्यू निश्चित

केन्याविरुद्ध मैदान उत्रँदा नेपाली टोलीबाट सुनिल धमलाले डेब्यू गर्ने लगभग पक्का छ । उनले उपकप्तान ज्ञानेन्ऽ मल्लसँग ओपनिङ गर्नेछन् । यू-१९ क्रिकेटबाट आएका उनी पछिल्लो समय निकै लयमा देखिएका छन् ।

शुक्रबारको प्रशिक्षणपछि प्रशिक्षक टमाटाले पनि केन्याविरुद्ध सुनिल खेल्ने संकेत गरे ।

यस्तै अलराउण्डर मेहबुब आलम पनि सम्भवत केन्याविरुद्ध मैदान उत्रिनेछन् । उनी दुई वर्षपछि उनी टोलीमा परेका छन् । प्रशिक्षक टमाटाले भने, उनले जुन प्रदर्शन गरेका छन्, त्यसलाई हेरेरै टिममा ल्याइएको हो । लोअर मिडिल अडरमा उनको रोल छ र, उनको बलमा स्वीङ पनि छ ।’

लोअर अडरमा टमाटासँग विनोद भण्डारी र मेहबुबसँगै दिपेन्द्र  सिंह ऐरी विकल्प छन् । दिपेन्द्र -१९ र राष्ट्रिय प्रतियोगिताहरुमा आक्रमक ब्याटिङ गर्दै राष्ट्रिय टोलीमा परेका छन् र, डेब्यूको पर्खाइमा छन् ।

शनि, फाल्गुन २८, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भलिबल नेपालको राष्ट्रिय खेल भएको छ

भलिबल नेपालको राष्ट्रिय खेल भएको छ। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिबल बनाउने निर्णय गरेको हो। बैठकपछि मन्त्रीपरिषदको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले हाम्रो राष्ट्रिय खेल नभएकोले आजदेखि भलिबललाई राष्ट्रिय खेल बनाएको बताए। लामो समयदेखि डन्डिबियोलाई राष्ट्रिय खेलको रूपमा मानिदै...

नेपाल र डेनमार्कबीच दौत्य सम्बन्ध ५० वर्ष पुगेको अवसरमा दुई मैत्रीपूर्ण भलिबल खेल हुने

काठमाडौं – नेपाल र डेनमार्कबीच दौत्य सम्बन्ध ५० वर्ष पुगेको अवसरमा दुई मैत्रीपूर्ण भलिबल खेल हुने भएका छन् । नेपालको राष्ट्रिय पुरुष टोलीले डेनमार्कको हाभिडोर्भे क्लबसँग आइतबार पहिलो खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली शुक्रबार डेनमार्क जाने तयारीमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग प्रवेश नजिक

वेष्ट ब्रुमलाई ३–१ गोलले पराजित गर्दै म्यानचेस्टर सिटी आगामी सिजनको च्याम्पियन्स लिगको छनोट नजिक पुगेको छ। मंगलबार राति इतिहाद रंगशालामा ३ अंक बटुल्ने क्रममा सिटी गाब्रियल जेसस, केभिन डि ब्रोयन र याया टाउरेको गोलमा विजयी भयो। पेप ग्वार्डिलोको टिम ७५ अंकसहित तेस्रो स्थानमा रहन सफल भएको छ...

विश्वकप दक्षिण अमेरिकी छनौटमा उरुग्वेको हृयाट्रिक हार

चैत, काठमाडौं । रुश विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनौटमा उरुग्वेले लगातार तेस्रो पराजय ब्यहोरेको छ ।   २३ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको उरुग्वे आज सम्पन्न खेलमा पेरुसँग उसकै मैदानमा २-१ ले पराजित भएको हो । खेलको ३०औं मिनेटमा कार्लोस साञ्चेसको गोलमार्फत अग्रता बनाएको पाहुना टोली उरुग्वेले त्यसयता...

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारे

फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले माथ दियो ।   एकदिवसीय क्रिकेटमा केन्यामाथि नेपालको यो पहिलो विजय हो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ...

नेपाल र केन्याको खेल आज

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको दोस्रो खेल आज हुँदैछ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल विहान ९:३० बजेपछि सुरु हुनेछ । आज मौसमले साथ दिएको छ । मैदानमा पारिलो घाम लागेको छ । शनिबार वर्षाका कारण प्रभावित खेलमा नेपाल ५ विकेटले पराजित...