खेलकुद

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारे


फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले माथ दियो ।

 

एकदिवसीय क्रिकेटमा केन्यामाथि नेपालको यो पहिलो विजय हो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेले । उनले ९३ बलमा १ छक्का र चौकासहित ६४ रन बनाए । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । आफ्नो दोस्रो म्याचमै महत्वपूर्ण अर्धशतक हानेका दिपेन्द्रले ६६ बलमा ८ चौका र १ छक्कासहित ६२ रन बनाएका थिए ।

सुरुवाती दुई विकेट सस्तैमा खसेपछि नेपाल दवावमा आएको थियो । ओपनर सुनील धमला र तेस्रो नम्बरमा आएका सागर पुन क्रमशः १ र ५ रनमा आउट भए । तर त्यसपछि ज्ञानेन्द्र र दिपेन्द्रले नेपालको इनिङ सम्हाले । दिपेन्द्र आउट हुँदा नेपाललाई जितका लागि केवल ३१ रनको आवश्यकता थियो ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकरले केवल ११ बलमा २४ रन बनाए । उनले ३०.२ ओभरमा छक्का हान्दै नेपाललाई जिताएका थिए । अन्तिम ओभरहरुमा नेपालले चौका र छक्काको वषर्ा गरेको थियो ।

केन्याका बलहरुमा ओटिनोले दुई विकेट लिए भने ओबुवाले एक विकेट लिए । अन्य बलरहरु विकेटविहिन रहे ।

यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्टटाइम स्पिनर शरद भेषावकरले चार विकेट लिएर केन्याको इनिङ धराशयी बनाए । उनले ७.१ ओभरमा २८ रन दिएका थिए ।

मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गर्दै सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिए । उनको बलिङमा केन्याका ब्याट्सम्यानले केवल ११ रन बटुल्न सफल भएका थिए । यसैगरी स्पिनर बसन्त रेग्मीले पनि दुई विकेट लिन सफल भए भने सागर पुन र सन्दिप लामिछानेको खातामा एक-एक विकेट रह्यो ।

सोम, फाल्गुन ३०, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालले यू-१९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारे

साउन, काठमाडौं । उत्कृष्ट बलिङसँगै नेपालले यू-१९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । तर, व्याटिङमा देखिएको समस्या भने अझै कायमै छ ।   सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्‍यो । र, यो लक्ष्य भेट्टाउन पनि नेपालले...

विश्व विजेता जर्मनी रूसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको उपाधिनजिक

विश्व विजेता जर्मनी रूसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको उपाधिनजिक पुगेको छ। बिहिबार राति भएको अन्तिम सेमिफाइनलमा मेक्सिकोलाई  ४ – १ को फराकिलो अन्तरमा हराउँदै जर्मनी फाइनलमा पुगेको हो। सोचीको ओलाम्पियासकी स्टेडियममा भएको खेलमा जर्मनीलाई जित दिलाउन लिओन गोरेत्ज्काले दुई तथा टिमो वेर्नेर र अमिन युनिसले...

अन्तर एयरलाइन्स टेबल टेनिस

आयोजक नेपाल वायु सेवा निगमका प्रितम प्रधान अन्तर एयरलायन्स टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शनिबार प्रितमले २ खेलमा जित हात पारे। पहिलो खेलमा प्रितमले हिमालयनका प्रभात भण्डारीलाई १२–१०, ११–६ र १३–११ को सोझो सेटमा पराजित गरे।...

राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गर्ने खेलकुद अस्पतालको आइतबार एक कार्यक्रमबीच सिलान्यास

असार । राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गर्ने खेलकुद अस्पतालको आइतबार एक कार्यक्रमबीच सिलान्यास गरिएको छ । निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र राखेपका सदस्य–सचिव केशवकुमार विष्टले अस्पतालको संयुक्त सिलान्यास गरे । गत जेठ २० गते...

बेनीमा दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी

म्याग्दी –  जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ । अमरसिंह माविमाका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थीे समूलाई पराजित गरेको थियो । बीस ओभरमा खेलाइएको प्रतियोगितामा टस जितेर...

किन हार्‍यो भारतसँग नेपाल? नेपाली टिमका प्रशिक्षक योतुकु कोजी यसो भन्छन्

मुम्बई : भारतसँग २-० को पराजय भोगेपछि नेपालका प्रशिक्षक योतुकु कोजीले अवसर पाए पनि गोल गर्न नसक्नु नै आफ्नो टिमको मुख्य समस्या रहेको बताएका छन्। ‘हामी सँधै अवसर पाउँछौँ तर गोल गर्न सक्दैनौँ’, पोस्ट म्याच कन्फ्रेन्समा उनले भने, ‘यही नै हाम्रो समस्या हो।’ कोजीले नतिजा राम्रो नआए...