गजल

गज़ल

-नमराज शिखर


युधिष्ठिर नबन है भन्छन् कोही म के गरूॅ।

गल्तीगर्दै साधू नै बन्छन् कोही म के गरूॅ।

 

कालोलाई सेतो भन्नु कसरी मान्दैन मन,

सके बाचेर कुलो खन्छन् कोही म के गरूॅ।

 

अवरोध हटाउन नसके सफाई गर्न भन्दै,

दल बल नगद नै गन्छन् कोही म के गरूॅ।

 

आफू ठिक संग काम काज गर्नु पर्छ यहाॅ,

सकेको उफ्रोस् सहन्छन् कोही म के गरूॅ।

 

भुक्नेले भुकोस् भन्दै कति आफ्नो बाटोमै,

सधैॅ शिखर चुमीरहन्छन् कोही म के गरूॅ।

बिहि, चैत्र २४, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गज़ल

फोश्रो नारामा जनतालाई भुलायौ तिमीले विश्वासमा भोट हाल्न बाध्य तुल्यायौ तिमीले आखिर अनेक प्रयास र दौडधुप गरि बिजयी भयौ खुशी र हासो फिजायौ तिमीले मौका पाएँ भनी कमाउ धन्दा अगाडि सार्यौ जनता सामु जे वाचा थियो कुवायौ तिमीले तिम्रा सामु देश विकासका कुरा गौण भए घात गर्यौ मतदातालाई रुवायौ तिमीले दिगो आर्थिक समृद्धि...

गजल

========== तिमी छ्यौ उस्तो या त्यो मुहार उस्तो तड्पाउँछ मैलाई किन बारम्बार उस्तो ! अन्योलहरू छन्, थुप्रै अभाबहरू छन् भिडमा रमाई रहेको, यो बजार उस्तो ! खेपी रहेछु गहिरो खल्तिको यो घाऊ छु कम्जोर मै मात्र, या यो हजार उस्तो ! मिल्दैनन् कुरा क्यै सडक होस् सदनमा बिपक्षी उस्तो हो या यो सरकार...

गजल

सबै थोक छ नभाको त्यही इमान त होनी। अहिले सम्म कमाको त्यही बेमान त होनी। कति दियौॅ आस्वासन पत्याउॅने ति जनता, कहिल्यै पुरा नभाको त्यही जमान त होनी। भत्किए घर दुःखी गरिबका आफ्नो छदैछ, दियौ गफ नदिएको त्यही सामान त होनी। नारा राम्रा छन् जितिन्छ...

गजल

यो मुटुको चाल उसै बन्द होला कि ! समुद्रको छाल उसै बन्द होला कि ! झिँगाको छ नाराजुलुस पुतलिको धर्ना माकुरीको जाल उसै बन्द होला कि! रङ्ग फेरि फेरि पानी प्युन थाले सारा साँझको कमाल उसै बन्द होला कि! राख्न पाए त्यो छातीको पाखैभरि” शान्ति ” आँधिको बबाल उसै बन्द होला कि!!! (...

गज़ल

अभागी नेपालीहरु ! भेटको कुरा नगर पुरानै घाऊ फेरि अको चोटको कुरा नगर । हावाहुरी आउँदा बेहोसी भए पछि उडाउँछ बिरुवामै बोटको कुरा नगर । गाउँ शहर आक्रान्त छन् इमानविना हिंसा आतंक ब्याप्त छ खोटको कुरा नगर । तिम्रै घर आँगनमा फेरि वेसर्म उभिएर भोट माग्नेहरुको ओठको कुरा नगर । ...

गजल

अाफ्ना भागमा ल्याएका जति जिएर जान्छन् । उमेर बढ्छ तर अाफू चाहिँ खिएर जान्छन् । अवश्य स्वर्ग गरिबहरूकाे बस्ती हुनुपर्छ, किनकि सबै खालि हात लिएर जान्छन् । मरेर मारेर जसरी पनि कमाउनै पर्ने, अाखिरमा अरू कसैलाइ दिएर जान्छन् । जम्मा गर्छन् भाेक भाेकै बसी मारेर मनलाइ, अन्तिम समयमा गंगाजल पिएर जान्छन् । चितामा...