समाचार

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नामावली प्रकाशित गरे


चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नामावली प्रकाशित गरेको छ, जसमा ८० वटा दलहरुको नाम छ ।

 

आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने दलहरुको सार्वजनिक गरेको सूचीमा नेपाली कांग्रेस पहिलो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो र तेस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नाम छ । निर्वाचनमा भाग लिने दलहरुको सूचीको पाँचौं नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम छ ।

आयोगले सार्वजनिक गरेको सूचीमा अहिलेकै अवस्थामा निर्वाचनमा भाग लिन नसकिने भन्दै आइरहेका मधेसवादी दलहरुको नामसमेत छ ।
उपेन्द्र यादव नेतृत्वको पार्टी संघीय समाजवादी फोरमले यथास्थितिमा निर्वाचनमा भाग नलिने बताइरहे पनि उसको नाम निर्वाचनमा भाग लिने दलहरुको सूचीको छैटौं नम्बरमा छ ।

निर्वाचन बहिस्कारको पक्षमा रहेका राजेन्द्र महतोको पार्टीको नाम आठौं नम्बरमा छ । निर्वाचनको विपक्षमा रहेका राजकिशोर यादवलगायत दलको नाम पनि आयोगले निर्वाचनमा भाग लिने भनेर निकालेको दलको सूचीमा छ ।

निर्वाचनमा भाग लिने दलको सूचीमा भर्खरै खुलेका केही दल भने परेका छैनन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल, विवेकशील नेपाली दलको नाम सूचीमा भए पनि रविन्द्र मिश्रको साझा पार्टीको नाम भने अटाएको छैन ।

 

आयोगलाई पत्र बुझाउने म्याद थपियो

यसैबीच, उम्मेदवार मनोनयको आधिकारितासम्बन्धी पत्र निर्वाचन आयोगलाई बुझाउने म्याद शनिबार सकिँदैछ । तोकिएको म्यादमा दलहरुले पत्र नबुझाएपछि आयोगले गोरखापत्रमा सूचना प्रकाशित गरेर ३० गतेसम्मका लागि समय थपेको छ ।

आयोगले पत्र पेश गर्ने विधिसमेत आयोगले सूचनामा खुलाएको छ । आयोगले दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएका पदाधिकारीको नाम, थर, पद र दस्तखतको नमूना आयोगमा पेश गर्न भनेको छ । त्यस्तो नमूना सक्कलै हुनुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

उम्मेदवार मनोनयको आधिकारितासम्बन्धी पत्र निर्वाचन आयोगलाई बुझाउने म्याद शनिबार सकिँदैछ । तोकिएको म्यादमा दलहरुले पत्र नबुझाएपछि आयोगले गोरखापत्रमा सूचना प्रकाशित गरेर ३० गतेसम्मका लागि समय थपेको छ

आयोगले दलले केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको एक वा सोभन्दा बढी संख्यामा पदाधिकारी तोक्न सकिने र यसरी एकभन्दा बढीको संख्यामा पदाधिकारी तोक्दा आयोगले निर्धारण गरेको ढाँचामा उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको क्षेत्रसमेत खुलाई छुट्टाछुट्टै फारम पेश गर्न भनेको छ ।

शनि, चैत्र २६, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डडेल्धुराबाट देउवाको उदघोषः मैले जिते प्रधानमन्त्री, अरुले जिते माननीय !

कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो चुनाव अभियान सुरु गरेका छन् । कैलाली हुँदै गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर परियोजना छिट्टै अघि बढ्ने बताए । आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा भइसकेको भन्दै उनले भने, ‘पानी र विजुली बाँडफाँट...

प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरे

 कात्तिक, पोखरा । प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।   कास्की प्रहरी स्रोतले  भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका...

विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’ ‘मानवता र सद्भावको लागि गरौं सहकार्य

विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’ ‘मानवता र सद्भावको लागि गरौं सहकार्य’ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि ललितपुरको कुपण्डोलमा रहेको सुमित होटलमा कार्यरत कर्मचारीहरुले संकलन गर्नुभएको ३० हजार ६ सय ६० रुपैया सहयोग...

बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु भूकम्प

काठमाडौं, असोज १८ – काठमाडौं बुधबार बिहान परकम्प गएको छ । बुधबार बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा...

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

चितवन- बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे...

पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या

काठमाडौं ।पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी सैनिक प्युठ गणेश सिंह विष्टको गोली प्रहार गरी हत्या गरेका हुन् ।   उनीहरु दुवैजना रातिदेखि सँगै ड्युटीमा बसेका थिए । जिल्ला...