समाचार

सशस्त्र प्रहरीको जीप २५० मिटर तल खस्यो, डिएसपीसहित ३ को अवस्था गम्भीर


दोलखा—जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन लामाबगरबाट सदरमुकाम चरिकोट आउदै गरेका सशस्त्र प्रहरीका डिएसपी सवार गाडी गम्भीर दुर्घटनामा परेको छ। दुर्घटनामा परी सशस्त्र प्रहरी तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख डिएसपी शम्भुजंग थापा, बडिगार्ड शिव कुसवार माझी तथा चालक मोहनबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी सशस्त्र प्रहरी तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख डिएसपी शम्भुजंग थापा, बडिगार्ड शिव कुसवार माझी तथा चालक मोहनबहादुर घिमिरे गम्भीर घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि माथिल्लो तामाकोशी आयोजनाले हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरेको छ। थापा दोलखाको लामाबगरस्थित सशस्त्र प्रहरी बल माथिल्लो तामाकोशी आयोजना सुरक्षा बेसका प्रमुख हुन्।

उनी सवार बा ९ च ९३६० नम्बरको हाईलक्स जीप दोलखा–सिंगटी सडकखण्डको कालिञ्चोक गाउँपालिका-७, सुनखानीस्थित झमार्सीमा सडकको मोडबाट करिब २५० मिटर तल खसेको हो। जिल्ला प्रशासन कार्यालयका दोलखाका अनुसार उनी शान्ति सुरक्षा समितिको बैठकमा सहभागी हुन चरिकोट आउँदै थिए।

चालक घिमिरे अचेत छन्। डिएसपी थापाको टाउको, गर्दन लगायत शरिरका बिभिन्न भागमा चोट लागेको छ उनको पनि होस खुल्न सकेको छैन्। उनीहरुलाई माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले हेलिकप्टरमार्फत् राजधानी लैजाने तयारी गरिरहेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दोलखा–सिगँटी सडकको सुनखानी स्थित झमार्सीको टर्निङमा जीप दुर्घटना भएको हो। एउटा टर्निङबाट करिब २ सय ५० मिटर तल खसेर जीप अर्
को टर्निङमा पुगेको थियो। दुर्घटनामा परेको गाडी पूर्णरुपमा क्षतिग्रस्त छ।

सोम, चैत्र २८, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बाग्मती पुलनजिकैको विजुलीको पोलमा उक्त संकास्पद बस्तुमा ‘खतरा’ लेखेर झुन्ड्याइए

काठमाडौं–तीनकुनेको प्रहरी कार्यालय नजिकै पोलमा बमजस्तै बस्तु फेला परेपछि यस क्षेत्रमा मंगलबार विहान ११ बजेपछि ठूलै आतंक मच्चियो । प्रहरीले तीनकुनेको बागमति पुल पारि र वारी सवारी साधन रोकेर त्यस क्षेत्रलाई सिल ग¥यो । त्यसपछि सेनाले रिमोटबाट चल्ने रोबोट पठाएर उक्त संकास्पद वस्तुको जाँच गरेको...

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

प्रकाश पुष्पक राई २९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन...

प्रदेश तीनका ११० प्रतिनिधि हेटौंडामा, शिक्षा निर्देशनालयमा सपथ

७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ...

किन पछाडि प्वाल परेको पाइन्ट लगाउँछन् चिनियाँ बच्चा ?

यदि तपाईले बालबालिकाले सार्वजनिक स्थानमा खुलेआम उठेर दिसा गरिरहेको देख्नु भयो भने के सोच्नु हुन्छ ? तर, चीनमा भने यो सामान्य कुरा हो । बालबालिकालाई हिडडुल गर्न कुनै अफ्ठ्यारो नहोस् भनेर अधिकांश मानिस एक किसिमको परम्परागत लुगा लगाइदिन्छन्, जसलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भनिन्छ ।   यो...

बनेपामा टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु

आज  बिहान करिब ८.३० मा कंचनपुर कि बिमला नाम गरेकी स्कुटिमा आएकी एक युबतीको बनेपाको जनागाल,सेटाेपाटि नजिक टिपरको ठक्कर बाट मृत्यु भएको छ।रातो रंगको स्कुटी ३७३२ नम्बरको रहेको छ / मृतकले निलो ज्याकेट र निलो नै पाइन्ट लगाएको छ / सो क्षेत्रमा अत्यधिक बेगले गर्दा...

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै

पुस, काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।   ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । ख्रीष्टमसका अवसरमा आज देशभरका...