शिक्षा

शैक्षिक सत्रको सुरुमा विद्यार्थीकोमा पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी


काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ । शैक्षिक सत्रको सुरुमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ ।

केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नहुने दाबी गरे । तर, सबै पुस्तक चैत मसान्तमा छपाइ नसकिने अवस्था रहेको उनको भनाइ छ ।

 

नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्म कुल एक करोड ७५ लाख थान पाठ्यपुस्तक आवश्यक हुने निर्धारण गरिएको छ । तर, शुक्रबारसम्ममा एक करोड २८ लाख थान पुस्तक मात्र उत्पादन सकिएको निर्देशक पोखरेलले जानकारी दिए ।

जनक शिक्षा सामग्री केन्द्रको सेक्युरिटी प्रेसमा स्थानीय निर्वाचनका लागि मतपत्र छपाइको काम भएको छ । पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी प्रेसलाई दिइएको छ ।

सेक्युरिटी प्रेसमा पुस्तक छपाइ गर्न नपाएपछि १५ लाख पुस्तक छपाइको जिम्मा निजी प्रेसलाई दिइएको केन्द्रले जनाएको छ । काठमाडौंका दुई र विराटनगरका तीन निजी प्रेसलाई पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिइएको हो । निजी प्रेसले चैत मसान्तसम्म तोकिएको परिमाणमा पुस्तक छापिसक्ने अपेक्षा रहेको केन्द्रका निर्देशक कपिल पोखरेलले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बिहि, चैत्र ३१, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन्

कलेजमा फेल हुनुभयो ? केही चिन्ता लिनुपर्दैन । दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन् । फेल भएकाहरुले मात्र पढ्न पाउने कलेज अमेरिकामा छ । उक्त कलेजको नाम हो स्मिथ कलेज । सो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन...

बिद्यालय स्ततीय बृहत चित्रकला प्रतियोगिता

युथ कर्नर क्लबद्वारा बिद्यालय स्ततीय बृहत चित्रकला प्रतियोगिता गरिने भएको छ /हनुमान ढोका दरबारमा क्षेत्रमा आयोजना गरिने सो प्रतियोगितामा तीन समुहमा भाग लिन सकिनेछ /समुह क मा कक्षा १ देखि ४ सम्मको ले भाग लिन पाउने छ र सो समुह लाइ शीषकदिएको छैन /हाम्रो नेपाल...

एसईई परीक्षाको नतिजा प्रकाशित

असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।   यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी...

राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको ११ कक्षाको परीक्षा बिहान ७ बजेदेखि सुरु

भक्तपुर, असार १ – कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको परीक्षा बिहान ७ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।  असार १० गतेसम्म संचालन हुने परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा...

भक्तपुरको सामाजिक कार्यमा निकै सक्रिय युवा समुह सि .एस.डि.

भक्तपुर । भक्तपुर नगरपालिका १ टेखापुखुमा आगलागी हुँदा पाँच घर जलेर करिब ८ परिवार घरबिहिनभएका स्थानीइलाई राहात स्वरुप गरिएको छ । स्थानीय सिएसडि समूहले उक्त राहत वितरण गरेको हो ।  सिएसडिका  संयोजक रत्नसुन्दर हाकुदुवालका अनुसार समूहले अग्नी पीडितहरुलाई खाद्यान्न लगायत अन्य सामग्रीहरु वितरण गरिएको छ...

प्रेस काउन्सील अध्यक्ष भवानी बरालले कार्यभार सम्हाले

जेठ, काठमाडौं । प्रेस काउन्सील नेपालका अध्यक्ष भवानी प्रसाद बरालले आज कार्यभार सम्हालेका छन् । सरकारले उनलाई जेठ ४ गते प्रेस काउन्सीलको अध्यक्षमा नियुक्त गरेको थियो । आइतबार पद तथा गोपनियताको सपथपछि कार्यभार सम्हाल्दै बरालले बिगतको समिक्षा गरी स्वस्थ, मर्यादित र जवाफदेही पत्रकारिताको बिकासका लागि काम गर्ने...