पर्यटन

पर्यटकको अत्यधिक चापले सोलुखुम्बुको गोरसेप तथा लबुचेका होटेलमा बस्न र सुत्न समस्या


 पर्यटकको अत्यधिक चापले सोलुखुम्बुको गोरसेप तथा लबुचेका होटेलमा बस्न र सुत्न समस्या भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष अत्यधिक पर्यटक प्रवेश गरेपछि उनीहरुलाई खुवाउन तथा बास बस्न होटल अभाव भएको होटल व्यवसायीहरुको भनाइ छ ।

गोरसेपमा रहेका चारवटा होटलमा करिब तीन सय मानिस अटाउने क्षमता छ । तर, अहिले दैनिक पाँच सयसम्म पर्यटक प्रवेश गर्न थालेपछि ती पर्यटक तथा उनका सहयोगी गाइडलाई सुताउन समस्या भएको हो । अहिले डाइनिङमा सुताउँदा समेत ठाउँ अपुग भएपछि ट्रेकिङ गाइड बढी मार्कामा परेका छन् ।

होटलमा बेडरुमको अभावले पर्यटक र गाइडलाई डाइनिङ हलमा सुताउनु पर्ने बाध्यता

पर्यटकका लागि जसोतसो खान बस्न व्यवस्था गरे पनि ट्रेकिङ गाइडलाई रात कटाउन समस्या भएको गोरसेपका होटल व्यवसायी चित्र राईले जानकारी दिए । राइले भने, ‘यस वर्ष पर्यटकको चाप धेरै नै वृद्धि भएको छ, हाम्रा होटलमा पालो पर्खेर खान पनि हुन्छ तर सुताउन समस्या भयो,’ उनले थपे, ‘केही दिनदेखि बेडरुमको अभावले पर्यटक र गाइडलाई डाइनिङ हलमा सुताउनु परेको छ ।’

सगरमाथा आधार शिविर जाँदा भेटिने अन्तिम मानव बस्ती गोरसेपमा सीमित संख्यामा होटल सञ्चालनमा छन् । सगरमाथा आरोहणमा जाने पर्यटक, तीनका सहयोगी र ट्रेकिङ आएका पर्यटकको अत्यधिक चाप रहेको होटल व्यवसायीको भनाइ छ । सबैभन्दा बढी पथप्रदर्शक र पोर्टरको बिचल्ली भएको छ ।

‘पर्यटकलाई यति धेरै सास्ती भएको मैले पहिलो पटक अनुभव गरें,’ राईले भने । खुम्बु पदमार्गमा जाने पर्यटक सगरमाथा आधार शिविरसम्म पुग्ने र नजिकै रहेको कालापत्थर पनि चढ्ने गर्नाले उनीहरुले गोरसेपमा दुई दिन बिताउने गर्छन् । करिब तीन सय ५० जना अटाउने गोरसेपका होटलमा दुई दिनको संख्या जोडिँदा झन्डै एक हजारको संख्या हुने गर्दछ । ‘अन्य घरहरु पनि नभएकाले पर्यटकले बास नपाउने समस्या बढेको हो । अधिकांश बेडरुम त पर्यटकले अनलाइन बुक गरिसकेका हुन्छन्,’ सगरमाथा आधार शिबिर नजिकै होटल सञ्चालन गर्दै आएकी पासाङकामी शेर्पाले भनिन्, ‘होटलमै आएर बुक गर्नेहरु चाहीं बिचल्लीमा पर्ने गरेका छन् ।’

गोरसेपभन्दा तल्लो गाउँ लबुचेमा पनि पर्यटकको उस्तै चाप छ । आठवटा होटल रहेकामा यहाँ पनि पर्यटकको चाप थामिनसक्नु भएको होटल सञ्चालक बरुङिमा शेर्पाले बताए । ‘खाना त पु¥याइएकै छ, सबैभन्दा बढी राती सुताउन समस्या भएको छ,’ शेर्पाले भने ।

खाद्यान्न ढुवानीका लागि समस्या नभए पनि खानेपानीको अभावले बढी मार्कामा परेको व्यवसायीको भनाइ छ । पोखरीमा आइस पग्लेर संकलन भएको पानी प्रयोग गर्ने गरिए पनि यस वर्ष अधिकांश त्यस्ता पोखरी बिलाएर झन् गहिरो भएकाले पानी निकाल्न समस्या भएको गोरसेपका होटल सञ्चालक चित्र राइले समस्या सुनाए । ‘हाई अल्टिच्युटमा आएपछि पाहुनाले बढी तातो पानीको माग गर्दछन्,’ उनले भने, ‘खाना पकाउनदेखि पिउने पानीको जोहो गर्न पनि समस्या छ ।’ हाइ अल्टिच्युटमा भएका कारण पनि समस्या भएको व्यवसायीको भनाइ छ ।

तर त्यसमुनिका दिङबुचे, पाङबोचे, नाम्चे, लुक्ला लगायतका होटलमा भने खान–बस्न समस्या नभएको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए । तल्लो गाउँहरुमा पर्याप्त होटल रहेकाले लबुचे, गोरसेपमा जस्तो समस्या नभएको उनको भनाइ छ ।

अहिले दैनिक पाँच सयसम्म पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्जमा प्रवेश गरिरहेको जोरसल्ले चेक पोस्टले जनाएको छ । अघिल्ला वर्षभन्दा यस वर्ष पर्यटकको चाप अत्यधिक रहेको जोरसल्ले जेकपोस्टका इन्चार्ज राजु तामाङले बताए । ‘बिहानदेखि नै पर्यटकको लस्कर लाग्छ, सबैको प्रवेश जाँच गर्दा भ्याइनभ्याइ छ,’ कर्मचारी निर्माण पोख्रेलले व्यस्तता सुनाउँदै भनिन्, ‘बिहानको खाना खाने पालो दिउसो दुई बजेमात्रै आउछ ।’ यहाँका कर्मचारीले पर्यटक प्रवेश जाँच गर्न नभ्याएपछि चेकपोस्टको सुरक्षार्थ खटिएका नेपाली सेनाले सहयोग गर्दै आएको इन्चार्ज तामाङले जानकारी दिए ।

शुक्र, बैशाख १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पर्यटन विभागका अनुसार यो वर्ष ४१ समूहका ३७४ जनाले सगरमाथाको आरोहण

सल्लेरी सोलुखुम्बु, जेठ १ –  सोमबारदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो । कम्पनीका पर्वतारोही शेर्पा पेमा छिरिङ शेर्पाको नेतृत्वमा गएको टोलीले बाटो...

कार्यकर्ताहरुले चुनावी तालमेललाई निकै अशोभनीय महशुस गरे

सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेललाई यि दुबै दलका नेता कार्यकर्ताहरुले ‘असहज’ मानेका छन्। चार महानगरपालिकामा चुनावी तालमेल गरेर जाने निर्णय गर्दै यो तालमेललाई गाउँतह सम्मै लैजाने भन्ने सञ्चारले तल्लो तहमा ‘तरंग’ मच्चाईदिएको छ । यि दुबै पार्टीका तल्लो तहका नेता कार्यकर्ताहरुले ...

चीनले किन बन्द गर्यो रसुवागढी नाका ?

नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरी बन्द भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ। नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द रहने छ। तीन दिनसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने चिनियाँ पक्षबाट...

करिब १० हजार विदेशी नागरिक नेपालमा अवैध रुपमा वसिरहेका

फागुन, काठमाडौं । जर्मन नागरिक केलेन अलजेन्ड्रो सन् २०१३मा नेपाल आए । नेपाली महिलासँग बिहे गरेर उनी चार वर्षपछि अचानक अध्यागमन विभागको सम्पर्कमा पुगे । पर्यटक भिसा लिएर आएका उनी यतिका समय कहाँ गए ? विभागसँग तथ्यांक छैन ।   विभागले सोमबार देशनिकाला गरेका अष्ट्रेलियन नागरिक पासाङ टेम्बा...

राजदूत सिफारिसमा परराष्ट्र बेखवर

फागुन, काठमाडौं । सरकारले सोमबार १४ मुलुकका लागि गरेको राजदूत सिफारिस तथा स्पेनमा दूतावास खोल्ने निर्णय लिनुअघि परराष्ट्र मन्त्रालयसँग समन्वय नगरेको पाइएको छ ।   मन्त्रिपरिषद बैठकले राजदूत सिफारिसको निर्णय लिनुअघि परराष्ट्र मन्त्रालयका सचिवसहितका उच्च अघिकारीहरु यसबारे पूर्ण बेखवर रहेको आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ...

विश्वमै पहिलोपल्ट पर्वतीय पर्यटनको प्रयोगात्मक सहितको शैक्षिक कार्यक्रम नेपालबाट सुरु

काठमाडौं : स्नातक तहको पर्वतीय पर्यटन सम्बन्धी विषय अध्ययान गर्दा अनिवार्य हिमाल आरोहण गर्नेुपर्ने भएको छ। बेच्लर अफ माउण्टेनेरिङ स्टडिस (बिएमएस) अध्ययान पूरा गर्नका लागि छ हजार र सात हजार मिटरको हिमाल (पीक) आरोहण गर्नुपर्ने व्यवस्था गरेको हो। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले यसै बर्षदेखि अध्ययन सुरु...