स्वास्थ्य

स्वाइन फ्लु फेरि देखियो


काठमाडौँ– गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि देखिएको डा पुनको भनाइ छ । गत फागुनमा पनि टेकु अस्पतालमा दुई व्यक्तिलाई स्वाइन फ्लु भएको पुष्टि भएको थियो ।

उनले भने, ‘‘अहिले भारतका विभिन्न स्थानमा कडा खालको स्वाइन फ्लु देखिएको छ । त्यसको असर नेपालमा पर्न सक्ने पनि धेरै सम्भवना रहन्छ । त्यसका लागि पनि सजग हुन आवश्यक छ ।”

डेढ हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शङ्का लागेर जाँच गर्दा भाइरस भएको पुष्टि भएको हो । डा पुनले प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई सो भाइरसले छिटो प्रभाव पार्ने भएकाले यसको भ्याक्सिन यस्ता व्यक्तिलाई समयमै लगाउन सके जोखिमबाट बच्न सकिने बताए ।

खोकी लागिरहने, घाँटी खसखसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

स्वाइन फ्लु सरुवा रोग एकार्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शङ्का लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने बताइएको छ ।

पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौँमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे । रासस

मङ्ल, बैशाख ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

किक बक्सिङ्ग प्रतियोगितामा पराजित स्वराज पोखरेल अझैसम्म हस्पिटलको बेडमा

गत डिसेम्बर १९र २० मा सम्पन्न स्वर्गीय एमाले नेता पोष्ट बहादुर दिवाकरको स्मृतिमा आयोजित गरिएको किक बक्सिङ्ग प्रतियोगितामा प्रविन रसाइली संगको लडाई पछी दायाँ खुट्टा भाचिएको स्वराज अझै हस्पिटलको बेडमा थलिएका छन् /प्रत्यक बर्ष स्वर्गीय दिवाकरको स्मृतिमा आयोजना गरिने उत्त किक बक्सिङ्ग प्रतियोगिता यो बर्ष पनि बिभिन्न जिल्लाका...

“आज शिक्षा तथा शाक्षारता दिवस र ३८ औ बार्षिक उत्सबको अवसरमा समित होटेलमा रक्तदान”

आज शिक्षा  तथा शाक्षारता दिवस र समित होटेलको ३८ औ बार्षिक उत्सबको अवसर तथा दशैं र तिहारको बेला हस्पितलहरूमा रगतको आभाव  हुने हुदा त्यसलाई  मध्य नजर राख्दै समित होटल प्रा.लि. को प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समित होटल प्रा.लि. र स्टाफहरूको...

धेरै बच्चाकी आमा हुन्, सयौं आमाकी जीवनदाता

बाग्लुङ जनस्वास्थ्य कार्यालयमा कार्यरत नर्स हरिकाशी पालिखे (५८) जीवनमा आमा बन्ने चरणमा कहिल्यै प्रवेश नै गरिनन् । तर, उनले नर्सिङ पेशामा गरेका काम हेर्ने हो भने उनी धेरै बच्चाकी आमा हुन्, सयौं आमाकी जीवनदाता हुन् । नर्स भएयता हरिकाशीले ‘सुरक्षित मातृत्व’ फाँटमा काम गर्दै आएकी छिन् ।...

स्वास्थ्यकर्मीलार्इ स्वास्थ्य संस्था नछाड्न निर्देशन

रुकुम – जिल्ला स्वास्थ्य कार्यालय रुकुमले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएको छ । वर्षाद्को समयमा भाइरल रुघाखोकी सहित ज्वरो बढ्न सक्ने भन्दै कार्यालयले स्वास्थ्यकर्मीहरूलाई यस्तो निर्देशन दिएको हो। प्रकोप फैलिएर विरामीहरु बढ्न थाले भने विरामीको उपचारमा समस्या आउने भएकाले यस्तो निर्देशन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका...

नेपाली महिलाहरुलाई ६ महिनासम्म सुत्केरी विदा दिने तयारी सरकारले गरे

 साउन, काठमाडौं । नेपाली महिलाहरुलाई ६ महिनासम्म सुत्केरी विदा दिने तयारी सरकारले गरेको छ । हाल तीन महिना सुत्केरी विदा पाइन्छ । सुत्केरी विदा थप तीन महिना बढाउन स्वास्थ्य मन्त्रालयले प्रजनन स्वास्थ्य विधयेक पारित गरी आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ ।   यो विधयेक पारित...

वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द

स्याङ्जा– वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई...