जीवन र जगत

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको थाइल्याण्डमा हर्नियाको शल्यक्रिया


काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको थाइल्याण्डमा हर्नियाको शल्यक्रिया भएको छ। बैंककस्थित समितिभेज अस्पतालमा बुधबार उनको सफल शल्यक्रिया गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए।

एक साता स्वास्थ्य परीक्षण गरेर ओली शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको थियो। अपरेसनपछि अाराम गर्नुपर्ने भएपछि उनको बैंकक बसाइ केही लम्बिने भएको हो।

‘उहाँको थाइल्यान्डका हिजो(बुधबार) हर्नियाको अपरेशन भएको छ,’ श्रेष्ठले नागरिकन्युजसँग भने, ‘अहिले बैंककमै आराम गरिरहनु भएको छ।’

नियमिति स्वास्थ्य परीक्षणका लागि भन्दै पूर्व प्रधानमन्त्री ओली शनिबार बैंकक गएका थिए।

शल्यक्रिया गरेपछि ओलीको थाइल्यान्ड बसाई लम्बिने भएको छ। ‘अध्यक्ष ओली ढिलोमा बैशाख ६ गतेसम्ममा स्वदेश फर्किनु हुनेछ’ श्रेष्ठले भने।

एक साता स्वास्थ्य परीक्षण गरेर ओली शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको थियो। अपरेसनपछि अाराम गर्नुपर्ने भएपछि उनको बैंकक बसाइ केही लम्बिने भएको हो। मृगौला प्रत्यारोपण गरेको ओलीले ६–६ महिनामा स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।

बुध, बैशाख ६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अपाङ्गता भएका बालबालिकाहरुलाई एक विदेशी संस्थाले शुक्रबार राहत वितरण

राजविराज–सप्तरीको विभिन्न गाउँपालिका तथा नगरपालिकाका अपाङ्गता भएका बालबालिकाहरुलाई एक विदेशी संस्थाले शुक्रबार राहत वितरण गरेको छ । दक्षिण कोरियाका संस्था म्यान भर्सेस बुमन रिलोडेड सिजन-३ दक्षिण कोरिया परिवारले अपाङ्ग संघ सप्तरी तथा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको समन्वयमा उक्त राहत वितरण गरिएको हो ।...

नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले कोशी ब्यारेज भत्काउनुपर्ने प्रस्ताव गरे

नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले कोशी ब्यारेज भत्काउनुपर्ने प्रस्ताव गरेकी छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापामगरले नेपालको अहित हुनेगरी सीमामा भारतद्वारा निर्मित बाँध भत्काएर भारतबाट क्षतिपूर्ति भराउनुपर्ने प्रस्ताव गरेकी हुन् । भारतबाट निर्माण गरिएका बाँधकै कारण नेपालको तराई डुबानमा परेको...

आन्तरिक विमानस्थल पशुपंक्षीको जोखिममा

साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख आन्तरिक विमानस्थल पशुपंक्षीको जोखिममा रहेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न विमानस्थलको अध्ययनपश्चात हालै सार्वजनिक गरेको वाइल्डलाइफ हजार्ड रिपोर्ट २०१७ ले यस्तो तथ्य बाहिर ल्याएको हो । प्रतिवेदनअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पशुपंक्षीबाट सबैभन्दा जोखिममा रहेको छ...

खिम्तीमा बाढी : ८ बेपत्ता, एकको मृत्यु खोला थुनिएका कारण उद्दारमा समस्या

पूर्वी रामेछापको खिम्तीमा आज मध्यरातमा छतिउने खोला र खहरे खोलामा आएको बाढीले ८ जना मानिस बेपत्ता भएका छन् । खिम्तीको छतिउने खोलामा आएको बाढीले कुमार खत्रीसहित २ जनाको घर र मानिस बगाएको हो । बाढीले बगाएर स्थानीय कुमार खत्रीका आमाको मृत्यु भएको छ ।...

राष्ट्रिपति देखि कार्यालय सहायकसम्मको तलवको तालिका

काठमाडौं । चालु आर्थिक वर्षको वजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । सरकारले वजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलवमान औसत २५ प्रतिशत बढाएको थियो । राष्ट्रसेवक कर्मचारीको तलवका अतिरिक्त पेन्सन पनि बढेको छ । गत शुक्रबारको मन्त्रिपरिषद्...

महिलाको मस्तिष्कमा सहवासको अभिलेख !

  वीर्य सजीव हुन्छ । यो एक जीवित कोष हो । जव यो महिला भित्र सिंचित हुन्छ, गर्भाशयको भित्तामा टाउको जोतिउञ्जेलसम्म तैरन्छ र गर्भाशयको भित्ताको मासुमा मिसिएर रगतबाट  प्रसारित हुन्छ ।  –बक्सर दिमित्री सियाटल विश्वविद्यालय र ‘फ्रेड हट्चिसन क्यान्सर रिर्सच सेन्टर’को नयाँ अध्ययनअनुसार हरेक महिलाले सहवास गरेका पुरुषबाट उसको डिएनए...