कृषि

उद्योगलाई उखु उपलब्ध गराउने किसानहरुले भुक्तानीको माग गर्दै तोडफोड


रौतहट- रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा तोडफोड भएको छ। उद्योगलाई उखु उपलब्ध गराउने किसानहरुले भुक्तानीको माग गर्दै तोडफोड गरेका हुन्।

गत तीन आर्थिक वर्षको गरी करिब ३२ करोड रुपैयाँ किसानले उद्योगसित भुक्तानी लिनु बाँकी रहेको भन्दै गत हप्ता उद्योगको विभिन्न कार्यालयमा तालाबन्दी गरेका थिए।

उखु उत्पादक संघ रौतहटको नेतृत्वमा गत ७ वैशाखमा उद्योगको विभिन्न विभागमा किसानहरुले तालाबन्दी गरेका थिए।  उद्योगमा तालाबन्दी गरे पनि सञ्चालकहरुले उखुको मूल्य भुक्तानीको लागि कुनै चासो नदेखाएपछि गोदाममा रहेको चिनी नै लैजान खोजेका थिए। गोदामको ताल्चा फुटाएर किसानले पाएको नेटपूर्जीमा उद्योगले नै अंकित गरेको रकमलाई आधार मानेर चिनी लैजाने योजनामा रहेका किसानहरुलाई प्रहरीले रोक्न खोजेपछि किसानहरुले उद्योगमा तोडफोड गरेका हुन्।

किसानहरु तोडफोडमा उत्रेपछि उद्योगको सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी बेस दुधियाभारका सशस्त्र प्रहरी निरीक्षक परशुराम थापाले उद्योगपतिसित सम्पर्क गरी तत्काल भुक्तानीको प्रक्रिया थाल्न आग्रह गरेका थिए। उद्योगको विभिन्न विभागका प्रमुखहरुको सल्लाहमा उद्योगपतिले आगामी १२ वैशाखका दिन उखुको भुक्तानीको तालिका निकाल्ने सहमति भएको उखु उत्पादक संघ रौतहटका कोषाध्यक्ष मनोज कुमार सहनीले बताएका छन्।

तोकिएको दिनसम्मको लागि आन्दोलन स्थगित गरिएको र यसपटक पनि उद्योगपतिले सहमतिअनुसार नगरेमा १३ गतेदेखि कडा आन्दोलनको सामना गर्नुपर्ने चेतावनी संघका अध्यक्ष अशोक कुमार यादवले दिएका छन्।

चालू आर्थिक वर्षमा करिब ७ लाख क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले किसानसित नगदैमा  उखु किन्छु भनी पछिल्लो १३ दिनको पूरै रकम बाँकी राखेको छ। गत दुई आर्थिक वर्षको रकम समेत बाँकी राखेको उद्योगप्रति सर्वसाधारण उखु किसानको विश्वास कम हुँदै गएको किसानहरु नै बताउँछन्।

सोम, बैशाख ११, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ऐंसेलुबाट ७० लाख आम्दानी

वसन्तपुर (तेह्रथुम) — जंगलमा पाइने काँडादार वनस्पतिको फल ऐंसेलु बेचेर स्थानीयले एक महिनाको अवधिमा ७० लाख रुपैयाँभन्दा बढी रकम आम्दानी गरेका छन् । जंगलमा टिपेको ऐंसेलु संखुवासभाको टुटेमा खुलेको मकालु वाइन इन्डस्ट्रिजलाई बिक्री गरेर गाउँलेले यति कमाइ गरेका हुन् । पेय पदार्थ ‘वाइन’ बनाउन प्रयोग हुने कच्चा पदार्थ...

साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्

फागुन, चितवन । चितवनको कालिका नगरपालिका ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गरेका थिए । विसं २०५६ मा च्याउ खेती शुरु गरेका केसी अहिले छ कट्ठामा च्याउ लगाउँछन् । पहिल साइकलमा च्याउ डुलाउँथे, अहिले गाडीमा हिँड्छन्  च्याउ बेचेरै जग्गा समेत जोडेका छन्...

पौरखी चिनियाँः भाडामा बारी, नेपालीलाई तरकारी !

पोखरा । नेपालका गाउँठाउँ घुम्दा देखे, सबै खेतबारी बाँझो छन् । मान्छेहरु सबैकुरा किनेरै खाइरहेका छन् ।’ यो देखेपछि उनलाई जुक्ति फुर्‍यो, अब यसैको फाइदा उठाउने र यहीँ खेतीकिसानी गर्ने । चीनको सुछाङ सहरका ३० वर्षे तन्नेरी स्याङ साओहुवा हुन्, उनी । काम नगरी किनेरै खाने...

आकर्षक नारा लगाए पनि संघीयताको शुरुवाती अभ्यासमै कृषिलाई चरम उपेक्षा गरिए

  पुस, काठमाडौं । सरकारले कृषि उत्पादन वृद्धि गरेर आयात न्यूनीकरण गर्ने आकर्षक नारा लगाए पनि संघीयताको शुरुवाती अभ्यासमै कृषिलाई चरम उपेक्षा गरिएको गुनासो सरोकारवालाको छ । संघीय संरचनामा कृषिलाई थप महत्व दिएर अघि बढाउनुपर्ने भए पनि उक्त शीर्षकमा बजेट विनियोजनमा गरिएको कञ्जुस्याइँ र कार्यान्वयनको फितलोपनले कृषि...

गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फले

काठमाडौं – यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो ।  अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ। आर्थिक वर्ष २०७३/७४ मा १...

चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार

काठमाडौं । चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार वस्त बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस । चिडियाघरमा रहेका दुईवटा पाटेबाघ कांछा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् । बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६–६ केजीको दरले...