स्वास्थ्य

ग्राण्डी अस्पतालका चिकित्सक ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ द्वारा सम्मानित


बैशाख, काठमाडाै । धापासीमा रहेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका इएमएस -इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. सञ्जय कार्की ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ द्वारा सम्मानित भएका छन् ।

 

अमेरिकाको ओटामा हालै सम्पन्न इएमएस टुडे २०१७ मा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा. कार्की सम्मानित भएका हुन् ।

उनलाई ग्राण्डी अस्पतालमार्फत नेपालमा हस्पिटल बेस्ड पि्र-हस्पिटल कियर तथा इमजेन्सी मेडिसिन सर्भिस स्थापित गर्न तथा यस अन्तर्गत हेलिकप्टर इमर्जेन्सी मेडिकल इमर्जेन्सी सर्भिस सुरु गरी सयौ बिरामीको उपचारमा अतुलनीय योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको हो ।

हस्पिटलमा आधारित इमर्जेन्सी मेडिसिन सर्भिस तथा हेली इमर्जेन्सी मेडिसिन सर्भिसमा पुर्‍याएको विशेष योगदानको कदर गर्दै इएमएस टुडे म्यागेजिन, जोर्नल अफ इमर्जेन्सी मेडिकल सर्भिस, पेन ह्वील कर्पोरेसन, फिजियो कन्ट्रोल, स्ट्राइकर लगायतका संस्थाहरुले संयुक्त रुपमा उनलाई सम्मानित गरेको हो ।

यो सम्मान प्राप्त गर्नेमा डा. कार्की पहिलो नेपाली हुन् । हस्पिटल बेस्ड इमर्जेन्सी मेडिसिन सर्भिस -एचइएमएस)मा विशेष योगदान पुर्‍याए वापत यो पुरस्कार हरेक वर्ष विश्वका १० जनालाई प्रदान गरिदै आएकोमा यो वर्ष डा. कार्कीले प्राप्त गरेका हुन् ।

सोम, बैशाख ११, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कैलालीमा ७ नं. प्रदेशकै पहिलो मेडिकल कलेज बन्दै

कैलाली । कैलालीको गेटामा निर्माण हुने गेटा मेडिकल कलेजको सोमबार शिलन्यास गरिएको छ ।   गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्ष डा. चेतराज पन्तले अस्पताल भवन, शैक्षिक भवन र प्रशासनिक भवनको एकै पटक शिलान्यास गरेका हुन । मेडिकल कलेज परिसरमा रहेका रुखहरुको कटानी आदेश ढिलो आएकोले निर्माण...

स्वाइन फ्लु फेरि देखियो

काठमाडौँ– गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको...

नेपाल मानव अंग प्रत्योरोपण केन्द्र, भक्तपुरले आइतबारबाट निःशुल्क मृगौला प्रत्यारोपण सुरु

बैशाख, काठमाडौं । नेपाल मानव अंग प्रत्योरोपण केन्द्र, भक्तपुरले आइतबारबाट निःशुल्क मृगौला प्रत्यारोपण सुरु गरेको छ ।   पहिलो दिन पोखराका ३० वर्षीय दिपक गुरुङ्गको मृगौलाको निःशुल्क प्रत्यारोपण गरिएको छ । दिपकलाई उनकी ६० वर्षीया आमा सुनमाया गुरुङ्गले मृगौला दान गरेकी थिइन् । त्यसैगरी, काठमाडौ, नाङ्गलेभारेकी २६ वर्षीया...

भ्रूण हत्या गर्ने कार्य नियन्त्रण गर्न अस्पताल क्षेत्रमा कानुनी कारबाही हुने

काठमाडौं-व्यवस्थापिका संसद्को महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने कार्य नियन्त्रण गर्न अस्पताल क्षेत्रमा कानुनी कारबाही हुने सूचना राख्न निर्देशन दिएको छ । कानुनले भ्रुण पहिचान गर्न प्रतिबन्ध लगाए पनि यस्तो कार्य रोकिएको छैन । लुकीलुकी यस्ता कार्य भए÷गराएको पाइएको भन्दै...

मुलुकको जेठो अस्पतालको सेवा, सुविधा, प्रविधि र पूर्वाधारमा सुधार गर्न थालिए

काठमाडौं- सेवा लिनै झन्झट। जताततै फोहोर, अँध्यारा, खिइएका, मैला भर्‍याङ। सानो प्वालबाट हात छिराएर टिकट लिनुपर्ने बाध्यता, लाममा घन्टौं उभिनुपर्ने, केही बेर टुसुक्क बस्ने ठाउँसमेत छैन। वीर अस्पताल सुन्नासाथ धेरैको मस्तिष्कमा आउँने तस्बिर हो यो। मुलुकको जेठो अस्पतालको सेवा, सुविधा, प्रविधि र पूर्वाधारमा सुधार गर्न थालिएको...

गोंबबू ब्यापार समितिको बृहत रक्तदान तथा पुस्तक बिमोचन कार्यक्रम हुदै

गोंबबू ब्यापार समितिले यहि आउदो चैत्र १७ गते बिहिबार गोंगबु चोकमा रक्त दान तथा समाज सेवी,यस भेगको विभिन्न बिकाश निर्माणमा अति नै सक्रिय श्रीमनिराज डंगोल ज्युको प्राचिन नेपाल तथा काठमाडौँ उपत्यकाको उतरीप्रवेश द्वार टोखा  पुस्तकबिमोचन कार्यक्रम  आयोजना गरिने भएको छ /  सो कार्यक्रममा सहभागीताको लागि...