पर्यटन

चीनले किन बन्द गर्यो रसुवागढी नाका ?


नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरी बन्द भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ।

नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द रहने छ। तीन दिनसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने चिनियाँ पक्षबाट जानकारी आएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले जानकारी दिए।

आइतबारदेखि तीन दिन पूर्ण रुपमा नाका बन्द हुने चिनियाँ अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई जानकारी गराएको दाहालको भनाइ छ।

चिनियाँ पक्षले २७ किलोमिटर दूरीको रसुवागढी–केरुङ सडक मर्मत तथा ट्रयाक निर्माणका लागि ब्लाष्टिङको काम शनिबारदेखि थालेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ। रसुवागढीदेखि चीनको केरूङसम्म चिनियाँ पक्षले शनिबारदेखि सडक सुधार तथा मर्मत कार्य थालेको छ।

चिनियाँ पक्षले नाका बन्द भएको र सवारी साधन सञ्चालन प्रभावित भएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए।

रसुवागढी नाका काठमाडौंदेखि एक सय ५२ किलोमिटर दूरीमा छ। नाका सन्चालन हुँदा दैनिक रुपमा ५० वटा माल वहाक कन्टेनर तथा अन्य यातायातका साधन सन्चालन हुँदै आएका थिए। गत फागुनदेखि दुई महिनाको अवधिमा रसुवागढी नाका पहिरोलगायतका कारणले एक महिनाभन्दा बढी बन्द भइसकेको छ।

आइत, बैशाख १७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

१० पटक सगरमाथाको सफल पर्वतारोही फुर्वा तेन्जीङ शेर्पालाई सगरमाथाको बेसक्याम्पबाट उद्दार

जेठ, काठमाडौं । १० पटक सम्म सगरमाथाको सफल आरोण गरिसकेका नेपाली पर्वतारोही फुर्वा तेन्जीङ शेर्पालाई बिहिबार सगरमाथाको बेसक्याम्पबाट उद्दार गरिएको छ । ११ आैं पटक सगरमाथा आरोहण गर्ने क्रममा शेर्पालाई स्वास प्रश्वासमा समस्या भएपछि क्याम्प २ बाट उद्दार गरिएकेा छ । शेर्पालाई स्वास प्रश्वासका साथै फ्रोस्ट वाइट...

पर्यटन विभागका अनुसार यो वर्ष ४१ समूहका ३७४ जनाले सगरमाथाको आरोहण

सल्लेरी सोलुखुम्बु, जेठ १ –  सोमबारदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो । कम्पनीका पर्वतारोही शेर्पा पेमा छिरिङ शेर्पाको नेतृत्वमा गएको टोलीले बाटो...

कार्यकर्ताहरुले चुनावी तालमेललाई निकै अशोभनीय महशुस गरे

सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेललाई यि दुबै दलका नेता कार्यकर्ताहरुले ‘असहज’ मानेका छन्। चार महानगरपालिकामा चुनावी तालमेल गरेर जाने निर्णय गर्दै यो तालमेललाई गाउँतह सम्मै लैजाने भन्ने सञ्चारले तल्लो तहमा ‘तरंग’ मच्चाईदिएको छ । यि दुबै पार्टीका तल्लो तहका नेता कार्यकर्ताहरुले ...

पर्यटकको अत्यधिक चापले सोलुखुम्बुको गोरसेप तथा लबुचेका होटेलमा बस्न र सुत्न समस्या

 पर्यटकको अत्यधिक चापले सोलुखुम्बुको गोरसेप तथा लबुचेका होटेलमा बस्न र सुत्न समस्या भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष अत्यधिक पर्यटक प्रवेश गरेपछि उनीहरुलाई खुवाउन तथा बास बस्न होटल अभाव भएको होटल व्यवसायीहरुको भनाइ छ । गोरसेपमा रहेका चारवटा होटलमा करिब तीन सय मानिस अटाउने...

करिब १० हजार विदेशी नागरिक नेपालमा अवैध रुपमा वसिरहेका

फागुन, काठमाडौं । जर्मन नागरिक केलेन अलजेन्ड्रो सन् २०१३मा नेपाल आए । नेपाली महिलासँग बिहे गरेर उनी चार वर्षपछि अचानक अध्यागमन विभागको सम्पर्कमा पुगे । पर्यटक भिसा लिएर आएका उनी यतिका समय कहाँ गए ? विभागसँग तथ्यांक छैन ।   विभागले सोमबार देशनिकाला गरेका अष्ट्रेलियन नागरिक पासाङ टेम्बा...

राजदूत सिफारिसमा परराष्ट्र बेखवर

फागुन, काठमाडौं । सरकारले सोमबार १४ मुलुकका लागि गरेको राजदूत सिफारिस तथा स्पेनमा दूतावास खोल्ने निर्णय लिनुअघि परराष्ट्र मन्त्रालयसँग समन्वय नगरेको पाइएको छ ।   मन्त्रिपरिषद बैठकले राजदूत सिफारिसको निर्णय लिनुअघि परराष्ट्र मन्त्रालयका सचिवसहितका उच्च अघिकारीहरु यसबारे पूर्ण बेखवर रहेको आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ...