स्थानीय समाचार

नेकपा माओवादी केन्द्रका तर्फबाट तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं १ बाट अध्यक्षको उम्मेदवारी घोषणा


वैशाख,तनहुँ । स्थानीय चुनावको मिति नजिकिदै गर्दा गाउँ-गाउँमा  चुनावी माहोल तात्न थालेको छ ।

त्यस्तै तनहुँ  जिल्लाको बन्दिपुर गाउँपालिका  वडा नं १ बाट अध्यक्षको उम्मेदवारी घोषणा गरेरका युवा नेता भानुभक्त पोखरेलले आफ्नो  चुनावी अभियान तिब्र रुपमा अगाडी बढाएका छन्  ।

पोखरेलले   नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

विद्यार्थी जीवनबाट नै राजनीतिक सुरु गरेका  पोखरेल शाही कू हुँदा होस् वा दोस्रो जनआन्दोलन वा  अहिलेसम्म  परिवर्तनका पक्षमा सधै लड्ने गरेको छन्   ।

आगामी बैशाख ३१ हुने निर्वाचनका लागि पार्टीले वडा नं १ का लागि टिकट दिएलगत्तै प्रचारमा लागेका  पोखरेललाई आफ्नो समुहका अन्य उम्मेदवारसहित सर्वसाधारणले समेत उल्लेख्य सहयोग गरिरहेका छन् ।

रातदिन गाउँगाउँमा पुगेर चुनावी प्रचार र आफ्ना मुद्दा सार्वजनिक गर्दै हिँड्नुभएका पोखरेल अन्य दलका उम्मेदवारभन्दा एक कदम अगाडि छन्।

विद्यार्थी जीवनदेखि नै जनताको हकहितका लागि संघर्ष गरेका  पोखरेल त्यस वडाको सबैभन्दा कर्मठ उम्मेदवार भएको स्थानीयले समेत  बताउछन्  ।

अन्य दलका उम्मेदवारहरु चुनावी माहौलमा मात्रै राजनीति गर्ने र जनतासँग भोट माग्ने गरेकाले पनि पोखरेलको पृष्ठभूमि अन्यको भन्दा राम्रो रहेको छ ।

अन्य दलसँग आवद्ध कार्यकर्ता तथा मतदाताले पनि यसपटकको मत पोखरेललाई नै दिने बताएपछि पोखरेल  झन उत्साहित छन्  ।

“सबैतिरबाट उम्मेदवारीका लागि दबाब र सहयोगको आश्वासन आएकाले नै उम्मेदवारी दिएको हुँ ।” पोखरेलले भने  । पार्टीको मात्र उम्मेदवार नभै सबैको साझा उम्मेदवारका रुपमा लिइदिन उहाँले सबैमा आग्रह समेत गरेका छन्  ।

नेटपत्रिकासंग कुराकानी गर्दै  पोखरेलले अल्पसंख्यक समुदायको उत्थान, भूकम्प पीडितलाई राहत र आधारभूत आवश्यकता पूरा गराउको लागि-लागि पर्ने बताए ।

बन्दिपुर गाउँपालिकाभित्रको प्रमुख बजार डुम्रेलाई व्यापारिक नाका बनाउने र बन्दिपुरलाई अन्तराष्ट्रिय स्तरमा पर्यटकीय क्षेत्रको रुपमा अझ प्रसिद्द बनाउने योजना पार्टीले लिएकाले आफ्नो ध्यान समेत त्यसतर्फ केन्द्रित रहने पोखरेलको  भनाई छ ।

यसबाहेक प्रशासनीक काम लिनका लागि जनताले भोग्दै आएका समस्या र झन्झटको अन्त्य गर्ने उनको प्रमुख लक्ष्य रहेको छ ।

 

आइत, बैशाख १७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

जागिर दिने प्रलोभन देखाएर मानिस जम्मा पर्ने र रकम लिएर ठगी गर्ने समूहको धन्दा

१९ फागुन, काभ्रे । बेथानचोक ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए । कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए...

लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण

खोज संवाददाता –लमजुङ, सुन्दरबजार महोत्सवको सु–अवसरमा मिठो स्वरका धनी गीतिकाव्य लेखनका बादशाह लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण प्रदेश नं ४ का मानननिय मुख्य मन्त्री पृथ्बी शुब्बा गुरुङबाट सुसम्पन्न भयो । राष्ट कवि माधव धिमिरेको जन्मथलो लमजुङलाई साहित्यको राजधानी बनाउनुपर्छ भन्ने अभियानको...

बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी

फागुन ८, काठमाडौं । अाज नेपाल बन्द गर्ने पुर्व जानकारी हुदाहुदैपनि बन्दकाे अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी गरेका छन् । मोरङको सलकपुर र ढाटमा आगजनी गरिएको जानकारी प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीले अाज अाह्वान गरे‍को नेपाल बन्दले बन्दकाे प्रभाव विहानैबाट देशैभरी...

दारी ग्याङ पथरीले यसरी मनायो दोस्रो वार्षिकउत्सव।

दारी ग्याङका सदस्य बेलबारी निवासी निशान्त घिमिरेको अनुसार आज मिति २०७४/११/०६ गते दारी ग्याङ को दोस्रो बार्षिक उत्सव को दिन Lion`s club को सहयोगार्थमा दारी ग्याङ पथरीको आयोजनामा पथरी शनिश्चरे स्थिति महेन्द्र राजमार्गमा Zebra cross reprinting गरिएको छ। उक्त कार्यक्रम सफल पार्न पथरी टार्फिक कार्यलयका...

दारी ग्याङ धरानले आयोजना गरेको रक्तदान कार्यक्रम

फागुन २ गते दारी ग्याङ धरानले  रक्तदान कार्यक्रम आयोजना गरेको छ /सामाजिक कार्यक्रमहरु पनि बिस्तारै आयोजना गर्दै आएको सो समुहले रक्तदान कार्यक्रममा २० पिन्ट ब्लड जम्मा भएको थियो / सोहि अवसरमा आफ्ना स्थानलाई सफा र राम्रो बनाउने उद्येश्यले भानुचोक स्थित लोकतान्त्रिक चौतारी पनि...

“दारी ग्याङ” अब धरानमा पनि

समय अनुरुप सामाजिक कार्यको परिभाषा पनि फरक फरक रही आएको छ। बिगत केहि समय यता सामाजिक सञ्जालहरु मार्फत समाजसेवा तथा सामाजिक कार्य गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ। त्यस्तै सामाजिक सञ्जाल फेसबुक मार्फत “फेसबुक ग्रुप” संचालन गरि सामाजिक कार्यमा निक्कै नै अग्रसर रहेको एक लोकप्रिय समूह हो...