स्थानीय समाचार

महाभियोग प्रस्ताव दर्ता भएपछि सेनाले आकस्मिक बैठक गरे


काठमाडौँ : नेपाली सेनाले प्रधान न्यायाधीश सुशीला कार्की माथि महाभियोग प्रस्ताव दर्ता भएपछि आकस्मिक बैठक गरेको छ। सेनाको पि एस ओज को बैठकले मुलुकको सुरक्षा अवस्थाबारे बैठक गरेको हो।

नेपाली सेनाको हेडक्वाटर जंगी अड्डामा भएको बैठकमा देशमा विकसित घटनाक्रमबारे समिक्षा भएको उल्लेख छ। निर्वाचनका लागि गत १५ गते देखि नेपाली सेना परिचालन भैसकेको छ।

सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ – ‘वर्तमान परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको समिक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरिएको छ।’

सोम, बैशाख १८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बानियाँटारमा ट्रकको ठक्करबाट सहरी विकास वोर्डका उपसचिवको निधन

शनिबार बिहान पौने ५ बजे बा २ ख ५७३० नम्बरको ट्रकले पण्डितलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तनहुँको व्यास नगरपालिका-९ स्थायी घर भएका पण्डित काठमाण्डुको टोखामा बस्दै आएका थिए । पिपलको रुखमा जल चढाउन भनेर शनिबार बिहान श्रीमतीसँगै निस्किएका बेला...

भक्तपुरको सूर्यबिनायक नगरपालिकामा मतगणना स्थगित

सूर्यबिनायक नगरपालिका वडा नं १ को मत गणना सम्पन्न भएपनि मतको परिणाममा फरक आएको भन्दै दलहरुबीच विवाद भएपछि मत गणना स्थगित भएको हो । एमालेको वडा अध्यक्ष सानुकाजी कायस्थ खसेको मतको आधारमा विजय भएता पनि मतको संख्यालाई लिएर दलहरुबीच विवाद भएको छ । यहाँ पुनः मत गणना...

सरकारले प्रमुख राजनीतिक दलसँग संविधान संशोधन र दोस्रो चरणको निर्वाचनबारे छलफल गरे

काठमाडौं- सरकारले प्रमुख राजनीतिक दलसँग संविधान संशोधन र दोस्रो चरणको निर्वाचनबारे छलफल गरेको छ। सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजपाका नेताहरु सहभागी बैठकमा संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेसमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको...

निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरे

बैशाख, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ ।   मतपेटिका ओसार-पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अनलाइनखबरसँग भने, ‘२८३...

चितवनमा स्थानीय तह निर्वाचनका उम्मेदवारका गाडी निसानामा पर्न थाले

वैशाख, चितवन । चितवनमा स्थानीय तह निर्वाचनका उम्मेदवारका गाडी निसानामा पर्न थालेका छन् । भरतपुर महानगरपालिकाको माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको गाडी तोडफोड भएको घटना सेलाउन नपाउँदै शनिबार राति कांग्रेसका खैभानी नगरपालिकाका मेयर उम्मेदवारको  गाडीमाथि तोडफोड भएको छ । चौधरीको बा८च १५६२ नम्बरको गाडीमा तोडफोड भएको हो ।...

उम्मेदवारी दर्ताका ५ रोचक घटनाः आत्महत्याको प्रयासदेखि डीभी प्रकरणसम्म

बैशाख, काठमाडौं । मंगलबार बिहान १० बजेसम्म पनि चुनाव हुन्छ कि हुँदैन,उम्मेदवारी मनोनयन हुन्छ कि हुँदैन भन्ने संशय र आशंका थियो । यही आशंकावीच ३ वटा प्रदेशभित्र ३४ जिल्लाका २८३ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता भएको छ ।   उम्मेदवारी मनोयनबाट चुनाव सुनिश्चित हुनु आफैंमा एउटा अपत्यारिलो...