साहित्य गतिबिधि

प्रथम साहित्यिक मैत्रीपूर्ण गीत, संगीत तथा नृत्य कार्यक्रम


काठमाडौं, १८ वैशाख (संसाक) । ३५ औं विश्व नृत्य दिवस (अप्रिल २९) को सुखद् उपलक्ष्यमा ‘अब कलाकार मात्रै हैन हामी पनि नाच्छौं, गाउँछौं र बजाउँछौं । आउनुहोस् नाचौं, गाऔं, बजाऔं । स्वच्छ, स्वस्थ र निरोगी बनौं ।’ भन्ने मूल नाराका साथ साहित्यकार खेलकुद समाज नेपालले ‘प्रथम साहित्यिक मैत्रीपूर्ण गीत, संगीत तथा नृत्य कार्यक्रम’ आयोजना ग¥यो ।

कार्यक्रममा आफ्नो संक्षिप्त धारणा राख्दै कवि, लेखकहरू एउटा साँगुरो घेराभित्र रुमलिएर बस्ने अबको बेला हैन । जसरी समाज विकसित र विस्तारित हुँदै गएको छ, हामी पनि त्यसैगरी फराकिलो र व्यापक बन्दै जानुपर्छ, डा. शैलेन्दुप्रकाश नेपालले भन्नुभयो, ‘खेलकुद, गीत, संगीत तथा नृत्यहरूले हामीलाई पूmर्तिलो, जाँगरिलोको साथै स्वच्छ, स्वस्थ र निरोगी राख्न मद्दत गर्ने भएकोले नै यस्ता कार्यक्रमहरूको आयो जना गरिएको हो ।’ उहाँले स्वच्छ विचार र निरोगी शरीरले नै जीवन्त, उत्कृष्ट र समाज उपयोगी सिर्जनाहरू दिनसक्छन् भन्ने शाश्वत तथ्यलाई विचार गरेर नै यस्ता कार्यक्रमहरू आयोजना गरिएका हुन् भन्ने विचार व्यक्त गर्नुभयो ।
कवि तथा आख्यानकार दामोदर पुडासैनी किशोरले साहित्यकार खेलकुद समाज नेपालले कवि तथा लेखकहरूलाई चलायमान् बनाउँदै शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा स्वच्छ राख्न गरेका यस्ताकार्यहरू निकै प्रशंसनीय छन् भन्नुहुँदै आफ्ना सिर्जनाहरूमा जीवन्त मौलिकता र नवीनताको खोजी गर्न समाजले गर्ने यी र यस्तै कार्यहरूमा धेरै भन्दा धेरै साहित्यकारहरू समावेश हुनुपर्ने धारणा राख्नुभयो ।
खेलकुद समाजका महासचिव उमेश पाण्डेले कवि, साहित्यकारहरूलाई नितान्त मनोरञ्जन र आनन्द प्रदान गर्ने, गराउने उद्देश्यले आयोजित यस्ता कार्यक्रमहरूबाट अवश्य नै कवि, लेखकहरूबाट समाजले नयाँ र मौलिक कृतिहरू पाउने छ भन्ने बताउनुभयो । कार्यक्रममा साहित्यकार मदन थापाले आफ्ना मौलिक सिर्जना वाचन र प्रतिभा प्रदर्शनसहितका यस्ता कार्यक्रमहरूले व्यक्ति तथा समाज सबैलाई फाइदा पुग्ने बताउनुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, उपाध्यक्ष निर्मल पराजुली, साहित्यकार दामोदर पुडासैनी किशोर, साहित्यकार मदन थापा, समाजका महासचिब उमेश पाण्डे, कोषाध्यक्ष तारा के.सी., सचिव रत्न प्रसाद श्रेष्ठ अनामणि, सदस्यहरू टंक बहादुर खत्री, भवानी मैया पन्त, धरणिधर गुरागाईं, उत्तम विचार भेटुवाल, प्रशान्त डंगोल, साहित्यकारहरू कृष्णदेव रिमाल, चन्द्रा न्यौपाने, नमराज भेटुवाल, शान्ति शर्मा, प्रदीप श्रेष्ठ, दुर्गा तिवारी, सानु शर्मा, प्रदीप राज श्रेष्ठ पृथक, इन्दिरा पाण्डे, देवकी ढुङ्गाना, नवराज घिमिरे शिखर, राधा पाण्डे, लुनार विद्यालयका प्रिन्सिपल वलराम भट्ट, सहायक प्रिन्सिपल सुदीप कार्कीको साथै सकुन्तला पाण्डे, विमला भेटुवाल, उमा पाण्डे, रामचन्द्र श्रेष्ठ, सिद्धान्त राज प्रयास, श्रद्धा थापा, आदर्श थापा, नयन भेटुवाल, अवनिश थपलिया लगायत तीन दर्जन बढी साहित्यकार तथा साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो ।
लुनार ईङ्लिस् स्कुल गोंगबुँमा भएको कार्यक्रममा सहभागीहरूले सामुहिक तथा एकल रूपमा गीत, संगीत तथा नृत्यहरू प्रस्तुत गर्नुभएको थियो ।

मङ्ल, बैशाख १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साहित्यिक मैत्रीपूर्ण खलिबल खेल सम्पन्न

काठमाडौं, मङ्सिर २ गते (संसाक) । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र लुनार ईंङ्गलिश बोर्डिङ्ग स्कुल, गोंगबुँले आज ‘निर्वाचन र खेलकुद, नेता र जनताको मिलजुल’ भन्ने नाराका साथ स्वच्छ, स्वस्थ र सौहार्दपूर्ण चुनावको लागि ‘दोस्रो साहित्यिक मैत्रीपूर्ण भलिबल खेल’ को आयोजना ग¥यो । नेपाल प्रज्ञा–प्रतिष्ठानका...

शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम

शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम ७० जना सहित्यिक अनुरागिहरुको उपस्थितिमा सुसम्पन्न भयो । सदाझैं भन्दा फरक रुप दिन यस कार्यक्रमलाई प्रतिस्पर्धात्मक बनाइएको थियो जसमा ३९ जना प्रतिस्पर्धी सर्जकहरुले भाग लिएका थिए भने अतिथि र अप्रतिस्पर्धी कवि सहित १८ जनाले आफ्ना रचना सुनाएका थिए।...

मुरलीको एकल वाचन समपन्न

०२ मंशिर । आधुनिक साहित्य परिषद काठमाडौको आयोजनामा कवि मुरली प्रसाद ढकालको एकल कविता वाचन प्यागोडा फुडल्याण्डको हल टोखा काठमाण्डौमा समपन्न भएको छ । मंशिर दुइगते बिहान ११ बजे बाट शुरु भएको सो कार्यक्रममा प्रा.डा. घनश्याम परिश्रमी न्यौपानेको प्रमुख आतिथ्य तथा चारै बेदका अनुवादक समिक्षक श्री...

तिन कृतिहरुको बिमोचन

गौरी पब्लिक रिलेशन एन पब्लिकेशनको अायोजनामा पुनाराम कर्याबरीक्काको #के_का_कहल“, रत्नप्रसाद अनामणिको #एक_कप_चिया र हेमराज बुढाद्वारा सम्पादित #संघर्ष पुस्तक विमोचन कार्यक्रम प्यागोडा फुटल्याण्ड टोखा ग्राण्डी अस्पतालजाने बाटोमा दामोदर ढकाल “दिपक” को सभापतित्वमा सम्पन्न भएको छ /उत्क्त कार्यक्रममा प्रमुख अतिथि गजल शिरोमणि  प्रा.डा. घनश्याम परिश्रमीले मुक्तकबारे बोल्नुका साथै  सर्जकहरुलाई बधाई दिनु भयो /तिन...

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३२औँ प्राज्ञसभा प्रज्ञाभवन, कमलादी, काठमाडौँमा सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३२औँ प्राज्ञसभा प्रज्ञाभवन, कमलादी, काठमाडौँमा सम्पन्न भयो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न प्राज्ञसभाको उद्घाटन प्रज्ञा–प्रतिष्ठानका संरक्षक माननीय संस्कृतिमन्त्री जीतेन्द्र नारायण देवले गर्नुभएको थियो । प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले समारोहमा शुभकामना मन्तव्य राख्नुभएको...

रत्न प्रसाद अनामणी श्रेष्ठद्रारा लिखित ‘१०१’ गीतासार र ताेयानाथ सुवेदीद्रारा लिखित ‘विष्णु सहस्रनाम’ पुस्तककाे विमाेचन

गाैरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौंकाे अायाेजनामा रत्न प्रसाद अनामणी श्रेष्ठद्रारा लिखित ‘१०१’ गीतासार र ताेयानाथ सुवेदीद्रारा लिखित ‘विष्णु सहस्रनाम’ पुस्तककाे विमाेचन दामोदर ढकाल ‘दीपक’ काे अध्यक्षतामा तथा तिलक प्रसाद लुइँटेलकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे छ ।   उक्त कार्यक्रममा प्रा.डा.गार्गी शर्मा, प्रा.डा. घनश्याम परिश्रमी, डा. सत्यराज...