जीवन र जगत

अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) नेकपा (एमाले) मा विलय भए


वैशाख, कञ्चनपुर । अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) नेकपा (एमाले) मा विलय भएको छ ।

सप्तरीको लालापट्टी गाउँमा हालै भएको पार्टी प्रवेश कार्यक्रममा सिंहसहित सिङ्गो मोर्चा एमालेमा विलय भएको घोषणा भएको नेकपा (एमाले) सप्तरीका मनोहर पोखरेलले सोमबार जानकारी दिए । एमाले स्थायी कमिटी सदस्य रामप्रीत पासवानले उनीहरुलाई अबिर र माला लगाई पार्टी प्रवेश गराएका थिए ।

 

कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्यहरु छेदी राम, अशोक यादव, देवराज यादव, छोटुबाबु, देवकुमार यादव, मोरङका इन्चार्ज महेन्द्र मुखिया, सुनसरीका अध्यक्ष देवराज यादव, राजविराज नगर इन्चार्ज विनोदकुमार दास, सप्तरी जिल्ला सदस्यहरु मनोज मुखिया, परमानन्द यादव, भूपेन्द्र यादव, प्रमोद यादव, श्रवण कामतलगायतकाले पार्टी प्रवेश गरे ।

सिंहले आफ्ना सबै हतियार सरकारलाई बुझाएपछि दुई वर्षदेखि स्वतन्त्र जीवन बिताइरहेका थिए । पार्टी प्रवेश गराउँदै एमाले नेता पासवानले स्थानीय निर्वाचन नहुन्जेल केन्द्रमा रहेको अधिकार जनतामा नपुग्ने भएकाले सबैलाई निर्वाचनमा जुट्न आग्रह गरे

कार्यक्रममा एमाले जिल्ला सदस्यहरु जयप्रकाश ठाकुर, विनोद यादव, अशोक यादवलगायतको उपस्थिति थियो ।

मङ्ल, बैशाख १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ

असार, महोत्तरी । जिल्लाको औरही गाउँपालिका–२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल साह, २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका...

भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितलेअसार ७ र ८ र ९गते पन्ध्रसय थान ट्याक्सीको नम्बर प्लेट पाउने

 असार, काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले भोलि असार ७ र ८ र ९गते पन्ध्रसय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् । ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ । जिल्लागत रुपमा छुट्याएर तीन दिन लगातार गोलाप्रथा गर्न...

‘दुःखमा मलम लगाउनेलाई भोट’

महेशपुरपतार गाउँपालिका–६, सितापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झनडाले रंगिएको छ। घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन्।  तीनपटक मिति सर्दा सितापुरमा चुनावी चहलपहलमा कमी आएको छैन। गाउँ प्रवेश गर्नासाथ झन्डै २ किमि बस्तीका ९० प्रतिशत सबै घर चुनावी झन्डाले रंगिएको देखिन्छ।  ‘पहिला कांग्रेसले राख्यो,’...

घरमै बाँधेर राखिएकी टोखा नगर वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार

मानसिक सन्तुलन गुमाएपछि एक वर्षदेखि घरमै बाँधेर राखिएकी टोखा नगरपालिका वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार गरिएको छ । प्राप्त सूचनाका आधारमा महिला बालबालिका कार्यालयलगायतका सङ्घसंस्था मावनअधिकारकर्मी, सामाजिक अभियन्तासहितको टोलेले आज उद्धार गरी मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो । “मानसिक अवस्था गुमाएपछि...

पानी खान नपाएर जङ्गली जनावरको मृत्यु हुन थालेपछि यहाँका जङ्गलमा ८४ पोखरी निर्माण

रुकुम – पानी खान नपाएर जङ्गली जनावरको मृत्यु हुन थालेपछि यहाँका जङ्गलमा पोखरी निर्माण गरिएको छ । जिल्ला समन्वय समितिअन्तर्गत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका मग्मा, दुली, घेत्मा, पूर्तिमकाँडा, अर्मा, रुकुमकोट, चौखावाङ र चनुवाङका विभिन्न जङ्गलमा ८४ वटा पोखरी निर्माण गरिएको हो। खानेपानी अभावका...

सिंगै गाउँभरी रुवाबासी चलायो गुल्मिको एउटा बिवाहले

गुल्मी, ‘लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अब छोरीको रुपमा कन्यादान दिँदैछु’ तम्घास ३ कि ६२ वर्षीया लक्ष्मी नेपाललीले विधवा बुहारीलाई कन्यादान दिँदै भनिन् ‘ अव माइतीको रुपमा मेरो घरमा आए, म छोरीको रुपमा सँधै स्वागत गर्नेछु ।’ लक्ष्मीले आफ्नी बुहारीलाई छोरीको रुपमा कन्यादान दिँदा...