स्थानीय समाचार

सरस्वती पुस्तकालय सहयोग समिती काठमाण्डौको सम्माण कार्यक्रम सम्मपन्न।

- जसिन्द्र श्रीपाली


 

सरस्वती पुस्तकालय सहयोग समिती काठमाण्डौले गत शनीबार १६ गतेका दिन काठमाण्डौ मा एक बिहृत कार्यक्रम गरी आफ्नो सहयोगी दाता लाई सम्माण कार्यक्रम सम्पन्न गरेको छ। पुस्तकालय सहयोग समिती का अध्यक्ष माधब छन्त्यालको अध्यक्षता समाज सेवी मणीचन छन्त्याल को प्रमुख आथित्यता रहेको सम्माण कार्यक्रमा सहयोगी दाता हरु ललित मान छन्त्याल,मिम प्रसाद छन्त्याल,ईन्द्रमान श्रीपाली,बलमान छन्त्याल,प्रजा कुमारी थापा,यमुना छन्त्याल,लगायतले बोल्नु भएको थियो। कार्यक्रम का बोल्दै उहा हरुले सरस्वती पुस्तकालय सहयोग समिती काठमाण्डौले गाउँमा पुस्तकालय स्थापना गरेर अत्यन्तै श्रहानीय काम गरेको भन्दै आगामी दिनमा आफुहरुले अझै सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। २०७३ साल देखि लागी परेको उक्त पुस्तकालय स्थापना यात्रा हाल सम्म आउदा करिब ४००० पुस्तक सरस्वती आधारभुत बिधालयमा पु¥याई सकेको जानकारी दिनु भएको छ। साथै मनोरन्जन र साहित्य लेखनमा बिकाश गर्ने उद्देश्य राख्दै समितिले साहित्यक कार्यक्रम  समेत आयोजना गरेको थियो कार्यक्रम को बिच बिच भागमा संसाक पत्रिकाका सम्पादक उमेश पाण्डे र युवा लेखक उत्तम बिचार सर्जले साहित्य सृजना सुनाएर कार्यक्रम मा उर्जा थप्नु भएको थियो साथै अर्का सर्जक एबमं लोक प्रिय कार्यक्रम बहकिने मनको सन्चालक महाबिर बिश्वकर्मा ले आफ्ना मुक्तक हरु सुनाए साहित्य मय माहोल बनाउनु भएको थियो। कार्यक्रम मा बैरागी काईलाको गाउँ बेशि नामक झ्याउरे गीतको बिमोचन पनी गरीएको थियो समितीका  सदस्य कुसुम परियारको स्वागत मनतब्य रहेको सो कार्यक्रम मा सह–सचिब झक कुमारी छन्त्याल ले भाबी योजना र आह्वान पत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम समितिका सचिब मेनुका छन्त्याल र जसिन्द्र श्रीपाली ले गर्नु भएको थियो। समितिले आर्थिक भौतिक सहयोग गर्ने सहयोगी दाता लाई सम्माण पत्र र मायाको चिनो दिएर सम्माण गरेको थियो। निक्कै सम्माण योग्य कार्यको थालनी गरेको भन्दै बलमान छन्त्याल बाट १थान ल्यालटप,प्रजा कुमारी थापा बाट १५थान पुस्तक र नगद रु ३०००,हुपेन पाईजा बाट नगद रु ७०००,याम छन्त्याल बाट नगद रु ५००० रत्न प्रसाद अनामणी बाट १०० थान पुस्तक समिती लाई हस्तान्तरण गरिएको थियो।

मङ्ल, बैशाख १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लि. को २०सौ साधारण सभा भव्यताका साथ सम्पन्न

नाला क्षेत्रकै सबै भन्दा जेठो उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था लि. को २०सौ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ /सो सभामा प्रमुख अतिथि माननीय सांसद तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष श्री केशब बडालले नव निर्मित आधिनिक भवनको उद्घाटन गर्नु भएको थियो /यहाँले सहकारी...

प्रकाशराजको बजारमा व्यापक चर्चा

युवा कलाकारको रुपमा मात्र नभई प्रकाशराज कार्की निर्देशकको रुपमा समेत परिचित छन । चार दर्जन भन्दा बढी सन्देशमुलक सर्ट मुभि निर्देशन गरिसकेका उनी छानेर म्युजिक भिडियोहरु समेत निर्देशन गरिरहेका छन । कुनै समय हास्यकलाकारको भूमिका रहेकोले धेरैजनाले उनलाई कमेडी कलाकारको रुपमा चिन्छन । हालै उनले...

रोकिएको भिमसेन जात्रा ३ वर्ष पछि पुनः भव्य रुपमा सम्पन्न

नेवाः समुदाय मात्र नभई सम्पूर्ण व्यापार व्यवसायीहरुको आराध्य देवका रुपमा पुजिने भिमसेनको पूजाआजाले व्यापार व्यवसाय फस्टाउने विश्वास विशेषतः उपत्यकावासीमा रहिआएको छ । भाद्र महिनाको अष्टमीका रात देखि पूजाआजाकालागि घुँइचो लाग्ने पाटन दरबार क्षेत्रका भिमसेन मन्दिरको विशेष मूर्ती नवमीका रातमा नगरको परिक्रमा गराई भव्य...

ग्यास लिक भएर आगलागी हुँदा बनेपा-८ नालादोबाटोमा

ग्यास लिक भएर आगलागी हुँदा बनेपा-८ नालादोबाटोमा ४ पसल जलेका छन् । जुजुभाइ पोटेको घरमा कुमार श्रेष्ठले सञ्चालन गर्दै आएको इन्द्रेणी खाना घरमा ग्यास लिक भएर आगलागी सुरु भएको थियो । प्रजुवन परियारले सञ्चालन गर्दै आएको सम्झना कलेक्सन (कपडा पसल), जयराम मण्डलले सञ्चालन गरेको न्यू फेन्सी...

चितवनको भरतपुर महानगरपालिका–१९ मा अहिले बिहान ७ बजेदेखि मतदान सुरु

 साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ मा अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्ने भए पनि बिहानैदेखि मत हाल्न मतदाताहरु लाइनमा लागेका छन् । पहिलो चरणको...

अविरल वर्षाले भक्तपुर सुडालको जनजीवन अस्तवेस्त

सुडाल । श्रावण १7 गतेदेखि परेको अविरल वर्षाका कारण चाँगुनाराण नगरपालिका वडा नंम्वर ८ सुडाको जनजीवन अस्तवेस्त भएको छ । १४ गते साँझ ३ बजेदेखि परेको अविरल वर्षाका कारण आएको जतातै पहिरो जाँदा जनजीवन अस्त वेस्त भएको हो । भुकम्पले छियाछिया बनाएको बस्ती...