अन्तर्वार्ता

‘म डराएको छैन, प्रस्तावको सामना गर्छु’


संसदमा  महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीशबाट निलम्बित भएकी सुशीला कार्कीसंग  नागरिककी भाषा शर्माले गरेको कुराकानी:

तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ ?

मलाई त केही ‘फिल’ नै भएको छैन । ममाथि महाभियोग लाग्दैछ भन्ने मलाई थाहा थियो । केही दिनयता माओवादी सांसद (रामनारायण) बिडारीले मलाई पटकपटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ,  एकपटक भेट्नुप¥यो भनिरहनुभएको थियो । तर, मैलै भेट्न मानिनँ । बिडारीलाई मैले ‘महाभियोग लगाउनुहोस्’ भनेकी थिएँ । आनन्दमोहन (भट्टराई¬) लाई गरेजस्तै मलाई पनि गरेका हुन् ।

प्रधानमन्त्रीले आजै बिहान पनि दूत बनाएर वर्षमान पुनलाई मेरो निवासमा पठाउनुभएको रहेछ तर मैले भेटिनँ । मेरो श्रीमान्सँग भेटेर उहाँ फर्किनुभयो । उहाँहरुले मलाई जे आरोप लगाएर महाभियोग दर्ता गर्नुभएको छ त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ । तर, मैले न्यायप्रतिको निष्ठा र इमान्दारीमा कहिल्यै सम्झौता गरेकी छैन । त्यसैले म यसबाट डराएकी छैन । म यो प्रस्तावको सामना गर्छु ।

भनेपछि महाभियोग लाग्ने कुराको संकेत पाउनुभएको थियो ?

तीनचार दिनअघि देखि नै थाहा थियो । प्रचण्डजीका दूत आएका थिए । उनीहरुले जे भन्यो त्यही गरिदिनुपर्ने ? त्यस्तो पनि न्यायालय हुन्छ ? मैले धेरै मुद्दामा दबाब सहिनँ । भ्रष्टाचारका मुद्दामा त्यत्तिकै दबाब आएका थिए । महान्यायाधिवक्ताले सारा सरकारी वकिललाई चुनावमा पठाएर बहसमा नआउने बनाए। सरकारी वकिलको पनि भूमिका छ नि । महान्यायाधिवक्ता सरकारको सल्लाहकार हो । उनी सबैजसो भ्रष्टाचारका ठूल्ठूला मुद्दामा विपक्षको तर्फबाट वकिल छन् । आजै सर्वोच्चबाट फैसला भएको सुडान घोटाला काण्डमा पनि उनी विपक्षीको तर्फबाट वकिल छन् ।

तपाईंमाथि कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोप छ नि ?

तपाईंहरुले पनि मूल्यांकन गर्नुस् । भ्रष्टाचारका मुद्दा हेर्नुस् । मैले कति फस्र्योट गरिसकें । तपाईंहरु मैले गरेको कामको मूल्यांकन गर्नुस् । मैले राम्रो काम गरेकी छु कि छैन । मैले भन्ने कुरा होइन । मैले जे देखें त्यही गरें ।

अब कसरी अघि बढ्नुहुन्छ ?

ममाथि महाभियोग लगाएपछि अब उनीहरुले के गर्दै जान्छन्, हेरौं । अब अघि बढाउने उनीहरुले नै हो, मैले त केही गर्नु नै पर्दैन । अब मैले के गर्नु ! जेजे गर्छन उनीहरुले नै गर्लान् नि ।

तपाईंलाई कुनै राजनीतिक दबाब आएको थियो ?

त्यो त कति कति ! एकदमै राजनीतिक दबाब आउँथ्यो । अहिलेको राजनीतिक वातावरणमा दसथरी सत्तामा जाने अनि सत्ताधारीले बातबातमा कुरा फेर्छन् । उनीहरुलाई मन नपरे सरकारी कर्मचारीलाई पनि निकाल्छन् । अनि अदालतले चाहिं उनीहरुले गरेको काम सबै राम्रो भनिदिनुपर्ने, उनीहरुको समर्थन गरिदिनुपर्ने । यस्तो पनि न्यायालय हुन्छ ?

भनेपछि राजनीतिक दबाब निकै आयो ?

उहाँहरुले भनेजस्तो हत्याहिंसाका मुद्दामा पनि कसैलाई दोषी देखाउनै नहुने अवस्था आयो । सबैलाई सफाइ दिनुपर्ने रे । थर्काएर मात्र होइन, फकाएर पनि दबाब नै आयो । जस्तो कि तपाईं महान् व्यक्तित्व हुनुहुन्छ, तपाईंले गरेपछि सबै काम हुन्छ भन्नु पनि दबाब हो । कुनै प्रधान न्यायाधीशले राजनीतिक दलले रुलिङ गरेको कामलाई सदर गर्छ भने त्यो प्रधान न्यायाधीश नै हुन सक्दैन । निष्पक्ष निर्णय लिएकै कारण प्रधानमन्त्रीसँग झगडा हुने गर्छ । मैले नटेरेकै हो । नटेरेकै कारण महाभियोग लगाइएको हो। स्वतन्त्र न्यायापालिका हो । उनीहरुले दबाब दिए भन्दैमा मैले कानुनविपरीत काम गर्न मिल्छ र ! प्रचण्डजीले महाभियोगको दबाब दिएर मलाई भेट्नुस् भनेका थिए । मैले राजनीतिक दलका नेतालाई भेट्दिनँ, मलाई भेट्ने समय पनि छैन भनिदिएँ ।

न्यायालयलाई पनि यति दबाब आउँदो रैछ ?

कुरै छोड्नुस् । दबाब, प्रभाव, सबै कुरा न्यायालयमाथि छ । कतिपय न्यायाधीशलाई उचालेर मेरै विरुद्धमा पनि लगाइएको छ । महाभियोग लगाएर मैले गरेको काममा केही बाधा पुग्दैन ।

बुध, बैशाख २०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको बिकाश गर्न प्रतिबद्ध भएर लाग्छु ,उपाध्यक्ष, मखमली श्रेष्ठ

बिक्रम सम्बत २०४५ असोज २२ गते रामेछाप जिल्लाको भीरपानी गा.बि.स. मा बुबा दिल बहादुर श्रेष्ठ र आमा रुचामाया श्रेष्ठ कि छोरी मखमली श्रेष्ठ सानैदेखि समाज परिवर्तनको लागि काम गर्नुपर्छ भन्ने दृढ अठोट बोकेकी मखमली श्रेष्ठ स्थानीय तहको निर्वाचनन मार्फत खाँडादेवी गाउँपालिकाको उपाध्यक्ष भएकी छिन् ।...

स्थानीय तह सञ्चलान गर्नु अत्यन्तै चुनौतीपूर्ण छ, सजिलो र सहज छैन

प्रजातन्त्र पुनस्र्थापनापछि भएका दुईवटा स्थानीय चुनावमा हेटौंडा नगरपालिकाका मेयर बनेका डोरमणि पौडेललाई स्थानीय निकाय सञ्चालनका हिसावले उत्कृष्ट मानिन्छ । नगरपालिका संघका अध्यक्षसमेत रहेका पौडेल स्थानीय तह पुनर्संरचना आयोगका सदस्यसमेत थिए । पौडेलले स्थानीय तहबारे आफ्नै निवास हेटांैडामा यसरी बताए नागरिकका मणि दाहाललाई : अब निर्वाचित भएर...

नेपालकै पहिलो महिला मेयर कान्तिका बनिन्

नेपालगन्ज – ९ कक्षा पढ्दापढ्दै बिहे भयो । एलएलसी गर्नेबित्तिकै १६ वर्षको उमेरमा शिक्षक बनिन् । त्यसपछि जुम्लामा उनको परिचय बन्यो– ‘कान्तिका मेडम !’ अहिले यिनै मेडम चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएकी छन् । ६ नम्बर प्रदेशका ७९ स्थानीय तहमा निर्वाचित हुने उनी एक्लो महिला...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार दिउँसो संसदलाई विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार दिउँसो संसदलाई विशेष सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने संसद बैठकमा प्रधामनन्त्रीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्। यसैबीच प्रधानमन्त्रीको सम्बोधनका कारण संसदको बिहान ११ बजेका लागि तय भएको संसद बैठक...

प्रचण्डजी कांग्रेसतिर नगएको भए म प्रधानमन्त्री बन्थें

काठमाडौं । एमाले अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्ड गएपछि वामदेव गौतमले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यहीबेला हामी समसामयिक राजनीतिबारे कुराकानी गर्न भैंसेपाटीस्थित गौतमनिवासमा पुग्यौं । जहाँ, कार्यवाहक अध्यक्ष गौतमले विगत, आगत र भविश्य तीनै कालको राजनीतिक समीक्षा गरे ।   विगतमा माओवादी अध्यक्ष प्रचण्ड...

प्रम भ्रमणमा ठोस प्रगतिको कुरा देखिएन

मधुरमण आचार्य पूर्वपरराष्ट्र सचिव हुन्। त्यसैले कूटनीति शब्दसँग सामीप्यता राख्ने धेरै स्थान र जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरेका आचार्य कूटनीतिविद्का रूपमा पनि परिचित छन्। यतिबेला नेपालका प्रधानमन्त्री चीन भ्रमणमा छन्, नेपालको परराष्ट्र नीति दक्षिणतिर ढल्किएको आरोप सरकारमाथि लागिरहेको छ। नेपालसँग जोडिएको यही विषयलाई लिएर भारत...