कला/मनोरञ्जन

‘बाहुबली २–द कन्क्लूजन’ले बलिउड बक्स अफिसमा अनेक रेकर्ड राखे


मुम्बई- गत अप्रिल २८ मा रिलिज भएको बलिउड फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ले बलिउड बक्स अफिसमा अनेक रेकर्ड राखेको छ। निर्देशक एसएस राजामौली निर्देशित यो फिल्म सन् २०१५ मा रिलिज फिल्म ‘बाहुबली’को सिक्वेल हो।

प्रभास, राणा दग्गुबती, अनुस्का शेट्टी, तमन्ना भाटिया र राम्या कृष्णामूर्तिलगायतका कलाकार अभिनित फिल्मले रिलिजको चार दिनमा अनेक रेकर्ड राखेको हो। फिल्मको हिन्दी संस्करणले पहिलो दिन पुरै भारतमा ४१ करोडको कमाइ गरेर आमिर खानको ‘दंगल’ र सलमान खानको ‘सुल्तान’को रेकर्ड तोडिदिएको थियो। पहिलो दिन फिल्म ‘दंगल’ले २९ करोड र ‘सुल्तान’ले २६ करोड कमाइ गरेको थियो।

हिन्दीसहित तमिल, तेलुगु र मलायलम भाषामा बनेको फिल्म ‘बाहुबली २’ भारतका ८ सय स्त्रि्कनमा रिलिज भएको थियो। योभन्दा अघि आमिरको फिल्म ‘दंगल’ ६ सय स्त्रि्कनमा रिलिज भएको थियो।

फिल्म व्यापार विश्लेषक तरन आदर्शका अनुसार फिल्मले पहिलो दिन एक सय करोड कमाइ गरेको थियो। यसमा हिन्दी संस्करणको ४१ करोड र तमिल, तेलुगु र मलयालम भाषाको ८० करोड संलग्न छ। ‘बाहुबली २’ भारतकै यस्तो पहिलो फिल्म हो, जसले रिलिजको पहिलो दिन नै सय करोड कमाइ गरेको थियो।

फिल्मले अमेरिकामा पहिलो दिन ६५ करोडको व्यापार गरेको थियो। करण जोहर र धर्मा प्रोडक्सनको तथ्यांकअनुसार ‘बाहुबली २’ले तीन दिनमा ३ सय करोड कमाइ गरेको थियो। जसमा हिन्दी संस्करणको १ सय २८ करोड र  तमिल, तेलुगु, मलयालमको १ सय ७५ करोड जोडिएको छ।

सोमबार हरेक फिल्मको कमाइमा गिरावट आउने गर्दछ। तर, चौथो दिन पनि ‘बाहुबली २’ले ४० दशमलब २५ करोडको कमाइ गरेर अर्को नयाँ रेकर्ड कायम गर्‍यो। धर्मा प्रोडक्सनका अनुसार ‘बाहुबली २’को हिन्दी संस्करणको कुल कमाइ १ सय ६८ दशमलब ५६ करोड छ।

शुक्र, बैशाख २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा

केही वर्षअघि पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । पोर्नस्टार बन्ने चाहेको अभिव्यत्ति दिएर चर्चामा आएसँगै केही चलचित्रमा समेत काम गरेकी अर्चनाले आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर...

मिस र मिस्टर बिश्वकर्मा सोनिया र सिमान्त 

बिश्वकर्माहरुको प्रतिभा उजागर  गर्ने अभिप्रायले परिवर्तन इभेन्ट हाउसले राजधानीमा केहि समय अगाडी  मिस एण्ड मिस्टर बिस्वकर्मा  आयोजना  गरेको  थियो सिन्धुपाल्चोक  कि कक्षा ११ मा अध्ययन गर्दै गरेकी  सोनिया बिश्वकर्मा र रामेछापको सिमान्त सिंह बराइली मिस एण्ड मिस्टर बिस्वकर्मा  उपाधि आफ्नो हात पार्न सफल भएका छन्...

अनमोल केसीको ‘कृ’ शनिबार देशभरी हाउसफुल .. एक्सन बबाल

चितवन, २७ माघ : रिजिल भएको पहिलो दिन शुक्रबार सुखद शुरुआत नभएको अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शनिवार नेपालका अधिकांश हल हाउसफुल भए । चितवन, काठमाडौ, पोखरा, हेटौंडाका हल तथा मल्टिप्लेक्स भरिएको निर्माण समुहले जनाएको छ । शुक्रबार प्रदर्शनमा आएको उक्त चलचित्र प्रदर्शनीको पहिलो दिन हल...

हास्य अभिनेताको रूपमा परिचित छन जयकिशन बस्नेत

नेपाली फिल्ममा हास्य व्यंग्य शैली स्थापित गर्न उनको महत्त्वपूर्ण भुमिका छ । हाल उनी शेरेले हसाउछ सिरियलमा अभिनय गरिरहेका छ्न । फिल्मी शैलीकै सिरियलले सफलता पुर्बक पच्चीस भाग पार गरेको छ ।डिस होमको रमाइलो टेलिभिजनमा आउने उक्त कार्यक्रमबाट बस्नेत समेत उत्साहित छ्न । तराईदेखि हिमालसम्म...

सदिप समर्पणको गित बिधार्थीहरुको जिब्रोमा

उदयमान गायकको रुपमा सदिप समर्पण राई एक परिपक्व नाम हो । ओखलढुंगा जिल्लाको मोली-९ फस्कुमा वि.सं २०४५ सालमा जन्मिनुभएका सदिप समर्पण राईको सानी देखिको लक्ष्य गायन नै थियो । औपचारिक शिक्षा एस.एल.सी पास गरेपश्चात गायन क्षेत्रमै स्थापित हुने मनशायले २०६२ सालमा काठमाडौँ  आउनुभएका उहा कामको सिलसिलामा २०६५ मा...

कलाक्षेत्रमा सक्रिय रुपा लामा

मकवानपुर जिल्लाको मनहरी ४ मा बि.स.२०५० बैशाखमा जन्मिएकी रुपा लामा मोडलिंग क्षेत्रमा सक्रिय छिन्/कक्षा ११ मा पढ्दा पढ्दै जापानिज भाषा सिक्न काठमाडौं आएकी रुपाले यो क्षेत्रमा करियर बनाउने सोचेकी पनि थिइनन्/ दाज्यु बिरु लामा र पेमा लामाले तामांग फिल्मका निर्देशक निमा लामा संग चिनजान गराए...