उर्जा

उम्मेदवारको चुनाव खर्चः एमालेले नदिने, कांग्रेस–माओवादी पठाउँदै


वैशाख, काठमाडौं । प्रमुख दलहरुले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले निर्वाचन खर्च स्थानीय तहबाटै परिचालन गर्नुपर्ने नीति अख्तियार गरेका छन् ।

 

तैपनि निर्वाचन जित्ने सम्भावना बढी भएका उम्मेदवारलाई केन्द्रले ‘टोकन मनी’ पठाउने प्रायः प्रमुख दलको आन्तरिक गृहकार्य छ ।
कांग्रेसले झन्डा, घोषणापत्र र टोकन मनी पठाउँदै छ । निर्वाचन खर्च व्यवस्थापनका लागि कांग्रेसले कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।

एमालेले स्थानीय रुपमै खर्च जोहो गर्न निर्देशन दिएको छ । एमालेले केन्द्रबाट घोषणापत्र मात्रै पठाउँदैछ ।

माओवादी केन्द्रले अवस्था हेरेर उम्मेदवारलाई सहयोग गर्दै छ ।

राप्रपा र फोरम लोकतान्त्रिकले जिल्ला तथा क्षेत्रीय तहलाई आफैं खर्च उठाउन निर्देशन दिइसकेको नागरिक दैनिकमा खबर छ ।

शुक्र, बैशाख २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजनाकाे सुरुङमार्ग खन्ने काम पूरा

बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजनाकाे सुरुङमार्ग खन्ने काम पूरा भएकाे छ । अब सुन्दरीजलबाट मेलम्ची हेडवर्क्ससम्म सुरुङभित्रैबाट पुग्न सकिने आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले २६ किलोमिटर लामो सुरुङ खनिसक्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ । आगामी २०७५ सालको दशैँ अगाडि नै मेलम्ची नदीबाट दैनिक १७...

१११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम द्रुत गतिले अगाडि

चैत, रसुवा । उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम द्रुत गतिले अगाडि बढेको छ । हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने चार हजार २०० मि हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ ।   खन्न...

नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन

पुस, काभ्रे । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनमा आएको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएकोहो ।   बनेपा १० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग (सगर ग्यास) सूर्य...

घरमा उत्पादित सौर्य बिजुलीको मूल्य ७ रुपैयाँ ३० पैसा बढी भएको बिजुली प्राधिकरणलाई

काठमाडौं । घर-घरमा उत्पादित सौर्य ऊर्जाको मूल्य प्रतियुनिट सात रुपैयाँ ३० पैसा तय भएको छ । घरमा उत्पादित सौर्य ऊर्जा बढी भएमा घरधनीले विद्युत प्राधिकरणलाई बिक्री गर्नसक्ने छन् ।   घर-घरमा खपत हुँदै आएको बिजुलीभन्दा बढी सौर्य ऊर्जा खरिद गर्ने कार्यविधि ऊर्जा मन्त्रालयले तयार पारेको हो । त्यससँगै...

उद्योगले उत्पादन सुरु गर्‍यो तर बजार पुर्‍याउनका लागि सडक भएन

१४ मंसिर, काठमाडौं । उद्योगले उत्पादन सुरु गर्‍यो तर बजार पुर्‍याउनका लागि सडक भएन भने के होला ? जलविद्युत क्षेत्रमा अहिले यस्तै भएको छ ।   जलविद्युत आयोजनाले धमाधम निर्माण कार्य अघि बढाएर उत्पादन गर्ने तयारी थाल्दै गर्दा यसलाई जनताको घरघरमा पुर्‍याउने प्रसारण लाइन निर्माणको काम भने...

चिलिमे जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने

चिलिमे जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने भएको छ ।  कम्पनीको  सम्पन्न २१ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले कुल ६०० मेगावाट क्षमताको आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएपछि शेयरधनीलाई शतप्रतिशत बोनस दिने हैसियतमा...