राजनिति

स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु गाउँगाउँ पस्न थाले


स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु गाउँगाउँ पस्न थालेका छन्। भोट माग्न र आफ्ना चुनावी अजेण्डा जनतामाझ राख्न दलका नेताहरु गाउँ पस्न थालेका हुन्। उपत्यकाका काँठ क्षेत्रका धेरै उम्मेदवार प्रचार सामग्री बोकेर भोट माग्न गाउँतिर लम्किएका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।  ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जन स्थानीयसँग भोट माग्न र घुलमिल हुन आफू गाउँगाउँमा पसेको बताउँछन्। उनले उम्मेदवारी दिएको भोलिपल्टै च्यासल, बुङमती, भैंसेपाटी, खोकनालगायत टोलमा पुगेर स्थानीयसमक्ष आफ्ना अजेण्डा राखिसकेका छन्। ‘मैले चुनावको बेला मात्रै होइन अरु बेला पनि स्थानीयका गुनासा सुन्दै आएको छु,’ उनी भन्छन्, ‘स्थानीयसँग भिजेर काम गर्नेलाई मात्र स्थानीयले पत्याउँछन्।’ उनी आफूले चुनाव जिते ललितपुर महानगरलाई स्वच्छ र सांस्कृतिक सम्पदा सहरका रुपमा विकास गर्ने बताउँछन्। ललितपुर महानगरपालिकाकै एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार पनि घरदैलो कार्यक्रममा जुटेका छन्। उनी नागरबासीका घरघरमा पुगेर आफ्ना योजना र अजेण्डा राखिसकेको बताउँछन्। ‘सहरमा बसेर गाउँले र स्थानीयका समस्या देखिँदैन,’ उनी भन्छन्, ‘सहर र गाउँ दुवै क्षेत्रका स्थानीयको समस्या सुन्ने र व्यवहारमा उतार्नेले मात्रै चुनाव जित्न सक्छ।’ ललितपुर महानगरकै माओवादी केन्द्रका उम्मेदवार दीपेश महर्जन पनि गाउँ पस्न थालेका छन्। ‘पहिलादेखि नै स्थानीयसँग घुलमिल हुँदै आएको छु,’ उनी भन्छन्। उनले आफू विजयी भए ललितपुर महानगरपालिकालाई हराभरा बनाउने दाबी गरे। सधैँ सहरमा अनुहार लुकाइरहने नेता चुनाव लागेपछि सुनसान गाउँ पुग्न थालेपछि गाउँले अचम्मित भएका छन्।

शुक्र, बैशाख २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आहृवान

जेठ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार नै पदबाट राजीनामा दिएका थिए । र, उनको राजीनामा स्वीकृत भइसकेको छ । तर, बिहीबार राष्ट्रपति भण्डारीले संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि मात्र सहमतीय सरकार गठनका...

माओवादीबीचको सहमतिअनुसार प्रचण्डले देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै

जेठ, काठमाडौं । कांग्रेस–माओवादीबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै छन् । त्यस्तो अवस्थामा एमालेले पनि प्रधानमन्त्री उम्मेदवार अघि सार्नेछ । त्यसो हुँदा बहुमतीय सरकार गठनको बाटोमा संसद् जानेछ । बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न दुई हप्ता लाग्नेछ...

३४ जिल्लामा कुन दलको उपस्थिति कस्तो ?

जेठ, काठमाडौं । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर, हेटौँडा उपमहानगरसहित बूढानीलकण्ठ र कागेश्वर मनोहरा नगरपालिकाको नतिजा आउन भने बाँकी छ...

भरतपुरमा ज्ञवालीलार्इ पछ्याउँदै रेणु

भरतपुर – भरतपुर महानगरपालिकामा भएको पछिल्लो मतगणना अनुसार ४७५ मत अन्तरमा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । उनको १५९०१ मत प्राप्त गरिरहँदा माओवादीकी रेणु दाहालले  १५४२६ मत प्राप्त गरेकी छिन् । ...

नेपाल मजदूर किसान पार्टीका सचिव सुनिल प्रजापतीले फराकिलो जित

जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदूर किसान पार्टीका सचिव सुनिल प्रजापतीले फराकिलो जित हासिल गरेका छन् । पूर्व सभासदसमेत रहेका प्रजापती २५५६८ मतका समथ बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कसुलाले ६५३२ मतमात्र ल्याए । यसर्थमा प्रजापतिले आफ्ना प्रतिस्पर्धीलाई १९०३६ मतले...

गोरखाबाट गिरफ्तार गरिएका पत्रकार विकाश भट्टराईलाई तत्काल रिहा गर्न माग

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले गोरखाबाट गिरफ्तार गरिएका पत्रकार विकाश भट्टराईलाई तत्काल रिहा गर्न माग गरेको छ । आज विज्ञप्ती निकालेर महासंघले समाचार संकलनका क्रममा कार्यक्षेत्रमा खटिएको अवस्थामा पत्रकारलाई पक्राउ गरेको घटनाप्रति भत्सना गर्दै पक्राउ परेको पत्रकार भट्टराईलाई तत्काल रिहा गर्न माग गरेको हो । नागरिकलाई सुसूचित...