अन्तर्राष्ट्रिय

वेलायतमा हुने संसदीय निर्वाचनमा एक गैरआवासीय नेपाली उम्मेदवार हुने


लन्डन- ८ जुन मा वेलायतमा हुने संसदीय निर्वाचनमा एक गैरआवासीय  नेपाली उम्मेदवार हुने निश्चित भएको छ। डार्टफोर्ड काउन्सिलमा हाल लेबर पार्टीबाट काउन्सिलर  भएका नेपाली मुलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार हुने भएका हुन्।

वेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यहरुबाट संसदीय निर्वाचनमा चुनावमा उम्मेदवार हुन चाहेनेले आवेदन मागेकोमा डा कैनीले समेत आवेदन दिएका थिए।

उम्मेदवारी चयनको प्रारम्भिक प्रकृयामा उक्त क्षेत्रबाट डा कैनी सहित जम्मा तीन जनाको आवेदन  परेको थियो । पहिलो चरणमा पार्टीले डेइजी पेजलाई  चयन गरे पनि उनले स्वइच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि पार्टीले कैनीलाई अन्तिम उम्मेवार बनाउने निर्णय गरेको हो।

शनिवार कैनीले नागरिकन्युजसँग  पार्टीले आफुलाई उम्मेदवार बनाएकोमा प्रसन्नता प्रकट गर्दै ११ मेमा औपचारिक रुपमा उम्मेदवारी दर्ता गर्ने जानकारी दिए । उनले  पार्टीको चुनावी घोषणापत्रका अतिरिक्त डार्टफोर्ड क्षेत्रको जनताको स्वाथ्य, शिक्षा, यातायात र शहरी विकास आफ्ना मुख्य चुनावी मुद्दा रहेको जनाए।

वेलायतको संसदीय ऐतिहासमा नेपाली मूलको उम्मेदवार बनेको पहिलो पटक हो । यसअघि भारतीय, पाकिस्तानी मूलका व्यक्ति उम्मेदवार बनि सकेका छन्।

डा कैनी लेबर पार्टीको सन २०१४ मा म्यानचेस्टर मा भएको बार्षिक अधिवेशनमा महासमिति प्रतिनिधि थिए । पार्टीको स्थानीय निकायको ट्रेड युनियन संयोजकको रुममा समेत काम समेत समालेका उनले सन २०१५ को स्थानीय निर्वाचनमा उक्त काउन्सिलको काउन्सिलरको रुपमा चार बर्षको लागि निर्वाचित भएका थिए।

तनहुँको कमलाबारीमा जन्मिएका डा. कैनी अहिले क्वीन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा कार्यरत  छन। बेलायतमा नेपाली समुदायकाबीच चिर परिचित र सक्रिय डा. कैनी समसामयिक बिषयमा विभिन्न पत्रपत्रिकामा लेख रचनाका साथै कथा र कबिता समेत लेख्छन्।

आइत, बैशाख २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

हेगको अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानको जेलमा रहेका भारतीय कुलभूषण यादवको मृत्युदण्ड दिने सजायलाई विहीवार रोक

एजेन्सी,नेदरल्याण्ड ,जेष्ठ ५, २०७४- हेगको अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानको जेलमा रहेका भारतीय कुलभूषण यादवको मृत्युदण्ड दिने सजायलाई विहीवार रोक लगाएको छ । अदालतले उनको मुद्धाको अन्तिम किनारा नभएसम्म मृत्युदण्डको सजायँ नगर्न भनेको छ । बीबीसीका अनुसार अदालतको यो निर्णय आएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीट  गर्दै अन्तर्राष्ट्रिय...

न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीको उत्तरी समुन्द्री किनारामा बस्ने नेपालीहरु संगठित हुदै

मे, सिड्नी । न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीको उत्तरी समुन्द्री किनारामा बस्ने नेपालीहरु संगठित हुदै सामाजिक कार्य मा सरिक हुन थालेका छन् । समुन्द्री किनाराका ससाना पहाड, जंगल र पार्कहरुले उत्तर सिड्नी सुन्दर छ । यूरोपेली मूलका आप्रवासीहरुको बाक्लो बस्ती रहेका यी इलाकाहरुमा सानो संख्यामा नेपालीहरु...

वान बेल्ड वान रोड (ओबिओआर) परियोजनाका लागि नेपाल र चीनबीच हस्ताक्ष

काठमाडौं- वान बेल्ड वान रोड (ओबिओआर) परियोजनाका लागि नेपाल र चीनबीच हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतको सहभागितामा आयोजित कार्यक्रममा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनिया राजदूत यु होङले ओबिबओआर परियोजनामा हस्ताक्षर गरेका हुन्। यो परियोजनामा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाई प्रदान गर्ने सहभागीहरुले बताएका छन्। विश्वका दुई ठूला...

अस्ट्रेलियाको राजधानी सिड्नीका रेल स्टेशनहरु अत्याधिक भीडभाडका कारण खतरापूर्ण बन्दै

सिड्नी– अस्ट्रेलियाको राजधानी सिड्नीका रेल स्टेशनहरु अत्याधिक भीडभाडका कारण खतरापूर्ण बन्दै गइरहेका छन्। अस्ट्रेलियाका सहायक शहरहरुमा मान्छेको भीड बढेकाले गुणस्तरमा कमी आएको सिड्नी विश्वविद्यालयका यातायात विज्ञ जोफ्री क्लिफ्टको भनाइ छ। अनुसन्धानकर्ताहरुका अनुसार इपिङ, स्ट्रिाथफिल्डलगायत उत्तरी सिड्नीका रेल स्टेशनमा बनाइएका कमजोर भौतिक संरचनाका कारण खतरापूर्ण हुँदै गएको...

अमेरिकालाई किमको सन्देशः तिम्रै देशमा हमला गर्न सक्छौं

यतिबेला कोरियाली प्रायदिपमा युद्ध भडकिने खतरा बढिरहेको छ । नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आणविक हतियार विकाश गरिरहेको दावी गर्दै त्यसलाई निस्तेज पार्न युद्ध नै आबश्यक परे पनि तयार रहेको सन्देश दिँदै आफ्ना नौसैनिकलाई उत्तर कोरियाली समुद्री तटनजिक तैनाथ गरिसकेका छन् ।   उत्तर कोरिया...

संसारको शक्तिशाली देशमध्येको एक जापानमा नाबालिगको प्रयोग यौनसम्बन्धी आवश्यकताका पूरा गर्न

संसारको शक्तिशाली देशमध्येको एक जापानमा नाबालिगको प्रयोग यौनसम्बन्धी आवश्यकताका पूरा गर्नका लागि अत्यधिक हुने गरेको पाइएको छ । जापानको आधुनिकतम बार यौन आवश्यकता पूरा गर्नका लागि पुरुषको अड्डा बनिसकेको छ जहाँ उनीहरुका लागि कम उमेरका किशोरीहरुलाई बोलाइन्छ । यी मानिसहरु यी किशोरीसँग साथ बिताउँछन् । त्योभन्दा पहिले...