सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेललाई यि दुबै दलका नेता कार्यकर्ताहरुले ‘असहज’ मानेका छन्। चार महानगरपालिकामा चुनावी तालमेल गरेर जाने निर्णय गर्दै यो तालमेललाई गाउँतह सम्मै लैजाने भन्ने सञ्चारले तल्लो तहमा ‘तरंग’ मच्चाईदिएको छ । यि दुबै पार्टीका तल्लो तहका नेता कार्यकर्ताहरुले ‘चुनावी तालमेल’ लाई पार्टी नेतृत्वबाट भएको गम्भिर त्रुटीका रुपमा अर्थ्याएका छन् । तालमेलका नाममा एकले अर्कोलाई स्वीकारेर जानै नसकिने कडा बिचार समेत ब्यक्त भैरहेका छन्।
माओवादी दाङका नेता विश्वराज आचार्यले चार नगरपालिकामा आफ्नो पार्टीले कांग्रेससंग गरेको चुनावी तालमेललाई निकै अशोभनीय महशुस गरे । गाउँतह सम्मै तालमेललाई फैलाउने भन्ने सञ्चारले जेठ ३१ मा निर्धारित निर्वाचनमा कांग्रेसलाई मतदान गर्नुपर्ने दिन आउने होकी भन्ने ‘शंशय’मा उनी छन् । उनले ‘माओ’को पुकार गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘हे माओ रक्षा गर,रुखमा भोट हाल्नबाट जोगाउ।’
माओवादी नेता आचार्यको पुकार जस्तै कांग्रेस घोराही घोराही उपमहानगरपालिका १३ का कोषाध्यक्ष निरज गिरीले पनि माओवादीलाई भोट हाल्ने दिन नआए हुन्थ्यो भन्नेमा छन् । बीपी कोईराला र गिरीजा प्रसाद कोईरालालाई पुकार्दै उनले पनि लेखेका छन् ‘हे बीपी र जिपी,हँसिया हथौडाको प्रचार कसरी गरुँ ?’ माओवादीसंगको चुनावी तालमेललाई स्थानीय स्तरमा निकै अशोभनीय मानिएको भन्दै गिरीले यो तालमेलले कार्यकर्ता भाँडिने खतरा रहेको बताए । ‘यस्तो तालमेलले कार्यकर्ता पंक्तीमा मनोबल गिरेको छ,’उनले नागरिकसंग भने ‘कुनै बेलाको ‘कट्टर दुश्मन’लाई कसरी भोट दिने ? भन्ने बुझाई आम कार्यकर्तामा छ ।’
त्यसोत, तुलसीपुर नगरपालिकामा कांग्रेसका तर्फबाट उपमेयरको उम्मेदवारका रुपमा अँफूलाई प्रस्तुत गरिरहेका तेजबहादुर कार्किले माओवादीसंगको तालमेल कुनै पनि हालतमा आँफुहरुलाई मान्य नहुने दाबी गरेका छन् । उनले पनि माओवादीलाई मतदान गर्न नसकिने भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा गरेका छन् ‘कुनै पनि हालतमा हँसिया हथौडामा भोट हाल्न सकिदैन ।’
पार्टीका दुई शिर्षनेताहरुको सहमतीकै आधारमा तल्लो तहमा दुईपार्टीका कबार्यकर्ताविच मतदानमा ‘एकता’ कायम हुने रतिभर सम्भावना नरहने स्थानीय तहका कार्यकर्ताहरुको मनोभावले पुष्टि गरेको छ । कारण र उदेश्य विहिन दुईनेताको सम्झौतालाई कार्यकर्ता पंक्तीले कुनैपनि हालतमा नमान्ने राजनीतिक विश्लेषक बिनोद पोख्रेल टिप्पणी गर्छन् । उनले यो तालमेललाई कारण र उदेश्य हिन हुनुनै सबैभन्दा ठूलो कमजोरीका रुपमा अर्थ्याए। ‘जुन तालमेलको उदेश्य र कारण नै छैन,पदमा आफ्नो मान्छे मात्रै राख्ने स्वार्थले तालमेल गरिन्छ भने किन प्रजातन्त्र चाहियो ? पञ्चायतै सहि थियो त,’उनले भने ‘फेरी यो तालमेल देउवा र प्रचण्डको मात्रै हो,पार्टीहरुकै आधिकारीक नभएकाले पनि कार्यकर्ताहरुले मान्ने कुरै हुँदैन।’ उनले यि दुबै पार्टीको आधिकारीक निर्णय बेगर दुई नेताबीच भएको तालमेललाई कार्यकर्ता तहमा नपचाईने बताउँछन् ।
पार्टीको चुनावी घोषणा पत्रमा एकले अर्को लाई आक्षेप लगाएका दलहरुविचनै चुनावी तालमेल हुनुलाई स्वाभाविक मान्न नसकिने टिप्पणी हुने गरेको छ । बाम विश्लेषक सुशील गौतमले पार्टीगत विचार र सिद्धान्त मिल्दो जुल्दो पार्टीसंग तालमेल हुनुलाई स्वाभाविक मान्न सकिएपनि विपरीत ध्रुवमा रहेका दलहरुबीच भएको तालमेललाई अहिले अस्वाभाविक रुपमा हेरिएको बताउँछन्।
जेठ ३१ मा हुने दाङको निर्वाचनमा पनि तालमेलको त्रासदी विस्तारै फैलिईरहेको छ । मुख्यतः यहाँका दुई उपमहानगरपालिकामा तालमेल हुन सक्ने आशंका रहेपनि त्यसखालको परिपत्र भने भैसकेको छैन । तथापी यहाँका पार्टीगत कार्यकर्ताहरुमा कदापी फरक पार्टीको उम्मेदवारलाई मतदान नगर्ने कडा स्वरहरु सुनिईरहेका छन् । ‘शेरवहादुर देउवाले माओवादीलाई भोट हाल्नु भनेर मैले माओवादीलाई नै भोट हाल्नु पर्छ ?’घोराही उपमहानगरपालिकाका सुशील आचार्यले भने ‘म नेपाली कांग्रेसको सच्चा कार्यकर्ता हुँ,भोट हाल्दाखेरी मेरो हात कदापी हँसिया हथौडामा जाने छैन ।’ कांग्रेसीहरुले सबै भन्दा ठूलो पार्टीको यो व्यवहारलाई हार मानसिकता भनेका छन् भने विचार र सिद्धान्त मिल्दै नमिल्ने शक्तिसंगको तालमेल स्वीकार्य हुनै नसक्ने अडान लिएका छन् ।
कांग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले चार महानगरपालिकामा भएको तालमेलका कारण जिल्ला तहमा पनि त्यसको आशंका बढ्दै गएको र यहाँ तालमेल नहुने कुरामा विश्वास दिलाईरहेको वताए।
‘तालमेलका उदेश्य र कारण हुनुपर्छ,’उनले भने ‘यो कारण कार्यकर्ताहरुलाई बुझाउन सकियो भने मात्रै त्यो फलदायी बन्छ,जिल्ला तहमा पनि हलिे बढेको आशंकालाई हामीहरुले होईन भनेरै विश्वस्त पारिरहेका छौँ ।’ माओवादी केन्द्रका नेता निर्मल आचार्यले भने स्थानीय तहको निर्वाचन स्थानीय तहका जनताहरुको हितका लागि हुन लागेकाले जनताका लागि दलहरुविच हातेमालो हुनुलाई अस्वाभाविक मान्न नसकिने वताउँछन् ।
आइत, बैशाख २४, २०७४ मा प्रकाशित
यसमा तपाइको मत
बाट अन्य

१ फागुन, काठमाडौं । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेको २१ वर्षपछि पक्राउ परेका काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार लारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीले बताए । उनका...

कात्तिक, मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ । राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा...

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन समिट होटलको ३८ औ बार्षिक उत्सब तथा अ.ने.हो.क्या. तथा रे.म.संघ समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५९ र महिला २२ गरि जम्मा ६८ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बाबुराम राई, दोस्रो मनोज देउजा, तेस्रो...

नेपालमा पहिलो पटक पर्वतारोहण अध्यायन गर्न पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत त्रिभुवन विश्व बिद्यालयबाट पाउने भएको छ /यस सम्बन्धि अध्यायन अध्यापन हाललाई नेपाल माउन्टेन एकेडेमीले शुरु गर्ने भएको छ / यो नेपालका लागि र विश्व साहासिक व्यक्तिहरुको लागि एउटा महत्वपूर्ण र पहिलो अध्यायन केन्द्र हुने...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो...

जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाएको छ । कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ । भोलि सोमबार नागरिक लगानी कोषले निगमसँग यस्तै सम्झौतामा हस्ताक्षर गर्नेछ । नागरिक लगानीकोषसँग आजै समझौता...