स्थानीय समाचार

चितवनमा स्थानीय तह निर्वाचनका उम्मेदवारका गाडी निसानामा पर्न थाले


वैशाख, चितवन । चितवनमा स्थानीय तह निर्वाचनका उम्मेदवारका गाडी निसानामा पर्न थालेका छन् । भरतपुर महानगरपालिकाको माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको गाडी तोडफोड भएको घटना सेलाउन नपाउँदै शनिबार राति कांग्रेसका खैभानी नगरपालिकाका मेयर उम्मेदवारको  गाडीमाथि तोडफोड भएको छ ।

चौधरीको बा८च १५६२ नम्बरको गाडीमा तोडफोड भएको हो । चौधरीले निर्वाचन प्रचार सकेर गाडी पार्किङमा राखेका थिए ।

 

तोडफोड गर्नेको पहिचान भने खुलेको छैन । प्रहरीले गाडी तोडफोड गर्नेको खोजी भइरहेको जनाएको छ ।

केही दिन यतादेखि विप्लव नेतृत्वका कार्यकर्ताले उम्मेदवारलाई धम्क्याउनेदेखि घरमा कालो झण्डा राख्नेसम्मका गतिविधि चितवनमा सञ्चालन गर्दै आइरहेका छन् ।विप्लव समूहले निर्वाचन विरोधी गतिविधिलाई बढावा दिन थालेपछि प्रहरीले यसका नेता तथा कार्यकर्तामाथि निगरानी बढाएको जनाएको छ ।

आइत, बैशाख २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बानियाँटारमा ट्रकको ठक्करबाट सहरी विकास वोर्डका उपसचिवको निधन

शनिबार बिहान पौने ५ बजे बा २ ख ५७३० नम्बरको ट्रकले पण्डितलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तनहुँको व्यास नगरपालिका-९ स्थायी घर भएका पण्डित काठमाण्डुको टोखामा बस्दै आएका थिए । पिपलको रुखमा जल चढाउन भनेर शनिबार बिहान श्रीमतीसँगै निस्किएका बेला...

भक्तपुरको सूर्यबिनायक नगरपालिकामा मतगणना स्थगित

सूर्यबिनायक नगरपालिका वडा नं १ को मत गणना सम्पन्न भएपनि मतको परिणाममा फरक आएको भन्दै दलहरुबीच विवाद भएपछि मत गणना स्थगित भएको हो । एमालेको वडा अध्यक्ष सानुकाजी कायस्थ खसेको मतको आधारमा विजय भएता पनि मतको संख्यालाई लिएर दलहरुबीच विवाद भएको छ । यहाँ पुनः मत गणना...

सरकारले प्रमुख राजनीतिक दलसँग संविधान संशोधन र दोस्रो चरणको निर्वाचनबारे छलफल गरे

काठमाडौं- सरकारले प्रमुख राजनीतिक दलसँग संविधान संशोधन र दोस्रो चरणको निर्वाचनबारे छलफल गरेको छ। सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजपाका नेताहरु सहभागी बैठकमा संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेसमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको...

निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरे

बैशाख, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ ।   मतपेटिका ओसार-पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अनलाइनखबरसँग भने, ‘२८३...

उम्मेदवारी दर्ताका ५ रोचक घटनाः आत्महत्याको प्रयासदेखि डीभी प्रकरणसम्म

बैशाख, काठमाडौं । मंगलबार बिहान १० बजेसम्म पनि चुनाव हुन्छ कि हुँदैन,उम्मेदवारी मनोनयन हुन्छ कि हुँदैन भन्ने संशय र आशंका थियो । यही आशंकावीच ३ वटा प्रदेशभित्र ३४ जिल्लाका २८३ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता भएको छ ।   उम्मेदवारी मनोयनबाट चुनाव सुनिश्चित हुनु आफैंमा एउटा अपत्यारिलो...

सरस्वती पुस्तकालय सहयोग समिती काठमाण्डौको सम्माण कार्यक्रम सम्मपन्न।

  सरस्वती पुस्तकालय सहयोग समिती काठमाण्डौले गत शनीबार १६ गतेका दिन काठमाण्डौ मा एक बिहृत कार्यक्रम गरी आफ्नो सहयोगी दाता लाई सम्माण कार्यक्रम सम्पन्न गरेको छ। पुस्तकालय सहयोग समिती का अध्यक्ष माधब छन्त्यालको अध्यक्षता समाज सेवी मणीचन छन्त्याल को प्रमुख आथित्यता रहेको सम्माण कार्यक्रमा सहयोगी दाता...