समाचार

नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु कसको कति तलब?


काठमाडौं : स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ।  ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन। मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रुपमा कार्यालय आएर सेवा प्रदान गर्नुपर्ने पदाधिकारीलाई न्युनतम सेवा सुविधा दिने व्यवस्था गर्न लागिएको हो। यसरी तलब सुविधा पाउनेमा भने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु पर्नेछन्।  कसको कति तलब?

महानगरपालिका  प्रमुख : ६० हजार

उपप्रमुख : ५० हजार

वडाअध्यक्ष : ३० हजार

उपमहानगरपालिका  प्रमुख : ४५ हजार

उपप्रमुख : ४० हजार

वडाअध्यक्ष : २५ हजार

नगरपालिका प्रमुख : ३० हजार

उपप्रमुख : २५ हजार

वडाअध्यक्ष : २० हजार

गाउँपालिका  प्रमुख : २५ हजार

उपप्रमुख : २० हजार

वडाअध्यक्ष : १५ हजार

बैठक भत्ता १ हजार

स्थानीय तहमा निर्वाचित वडा सदस्यहरुका लागि एक हजार रुपैयाँ बैठक भत्ता तोकिएको छ।

आइत, बैशाख २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

स्याङ्जाका नगर हाक्ने पाँच नेतृ

स्याङ्जा – स्याङ्जाका पाँचवटा नगरपालिकामा महिला उम्मेदवारले मुख्य पदमा बाजी मारेका छन् । स्थानीय तहको संरचनामा स्याङजामा पाँच नगरपालिका र ६ वटा गाउँपालिका छन् । ती सबै नगरपालिकामा महिला उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । पुतलीबजार नगरपालिकाका प्रमुखमा एमाले उम्मेदवार सीमा क्षेत्रीले बाजी मार्दै...

चुनावका लागि मतदाता बोकेको बस दुर्घटना हुँदा २ को मृत्यु

चुनावका लागि मतदाता बोकेको बस दुर्घटना हुँदा २ को मृत्यु भएको छ । काठमाण्डौंबाट दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको खाडीचौरस्थित ३ किलोमा दुर्घटना हुँदा २ को मृत्यु भएको हो । सो दुर्घटना कर कारणले भएको हो  विवरण आउन बाँकी रहेको...

रातो न्युजका सम्पादक रसुवाली कबि बिना कारण गिरफ्तार

रातो न्युजका सम्पादक तथा प्रकाशक  रसुवाली कबिलाइ बिना कारण बागबजारबाट गिरफ्तार गरिएको छ /प्रहरीले कुनै पुर्जी नदिई स्वतन्त्र आफ्नो  ब्यबसाय गरि बस्ने हाम्रा सहृदयी मित्र रसुवाली कबिलाइ  बिना  पुर्जी प्रहरीले  समात्नु  कतिको  न्याय  हो  ? यो प्रचन्दे सरकारको  उग्ररुप  हो कि  कुनै  षडयन्त्र  हो भोलिको...

कुन स्थानीय तहमा को-को बने उम्मेदवार ?

१९ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको चुनावका लागि आज ३४ जिल्लामा उम्मेदवारी दर्ता भइरहेको छ । विहान १० बजेबाट सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ । पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुन ३४ जिल्लाहरुमा...

सत्तारुढ राप्रपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाए

बैशाख, काठमाडौं । सत्तारुढ राप्रपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । यो बैठकबाट राप्रपाले सरकार छाड्ने कि नछाड्नेबारे निर्णय गर्नेछ । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपा असन्तुष्टि बनेको छ ।   महाअभियोगबारे प्रतिक्रिया दिँदै राप्रपा अध्यक्ष तथा...

दुई चरणमा निर्वाचन गर्ने सहमति

लालबाबु राउत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई र राष्ट्रिय जनता पार्टीका नेता बृषेशचन्द्र लाल महन्थ ठाकुरलाई बैठकको रिर्पोटिङ गर्दै, अर्का नेता लक्ष्मणलाल कर्ण मुस्कुराउँदै। तस्बिर : केशव थोकर काठमाडौं- परिमार्जनसहितको संविधान संसोधन गर्ने तथा स्थानिय तहको निर्वाचन दुई चरणमा गर्ने बिषयमा सत्तारुढ दल र...