साहित्य गतिबिधि

नेपाली साहित्यका धरोहर प्रगतिवादी साहित्यकार श्याप्रसाद शर्माको निधन


काठमाण्डौ । नेपाली साहित्यका धरोहर प्रगतिवादी साहित्यकार श्याप्रसाद शर्माको निधन भएको छ । विं सं. १९८६ साल असार ६ गते मवानपुरमा जन्मिनुभएका शर्माको आइतबार बिहान ४ बजे निधन भएको उनका निकट साहित्यकार हरिहर खनालले अन्नपूर्ण अनलाइनलाई जनकारी दिए ।

साहित्यकार मातृका पोखरेलका अनुसार शर्माको पार्थिव शरीर आइतबार बिहान दस बजेदेखि दुईबजेसम्म प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिने र साँझ पशुपति आर्याघाट लाने तयारी भएको छ। नेपालको प्रजातन्त्र स्थापनामा ठूलो राजनीतिक योगदान पुर्याउनु भएका शर्माले १९९७ सालको सहिद काण्डको बारेमा आफ्ना बुबा जोगनाथ लामिछानेबाट थाहा पाएपछि २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा सहभागी भएका थिए।

नेपालको प्रजातन्त्र स्थापनामा ठूलो राजनीतिक योगदान पुर्याउनु भएका शर्माले १९९७ सालको सहिद काण्डको बारेमा आफ्ना बुबा जोगनाथ लामिछानेबाट थाहा पाएपछि २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा सहभागी भएका थिए ।

२००७ सलाको राजनीतिक परिवर्तनपछि शर्मा राजनीति, साहित्य र पत्रकारिता तीनवटै विधामा निरन्तर अगाडि बढेका थिए। बुबाको काम वीरगञ्ज भएकाले उनी ६ वर्षको उमेरमा आमा हितकुमारीको निधनपछि वीरगञ्जमा हुर्केका हुन ।

२००९ सालमा शर्माले वीरगञ्जबाटै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यस लगत्तै सोही साल प्रगतिशील लेखक संघको स्थापना उनले नै गरेका थिए। सँगै २०१८ सालमा ४१ जना पत्रकारलाई भेला गरी ‘नेपाल पत्रकार संघ’ समेत गठन गरेका थिए।

साहित्यकार शर्माको पहिलो प्रकाशित कृति ‘गाउँको सफाइ वि।सं। २००१ मा प्रकाशनमा आएको थियो । उनको साहित्ययात्रा कविताबाट भएको देखिन्छ । १० वर्षकै उेर उहाँले पहिलो कविता लेख्नु भएको तर प्रकाशित कविता भने २००२ मा ‘उदय’ मासिकमा छापिएको‘सन्देश’ शीर्षकको हो ।

नेपाली साहित्यमा निबन्ध विधाका उत्कृष्ट लेखक शर्माको ‘त–तिमी, तपाई–हजुर’ २०१४, ‘मेरी आमा’ २०१३ लगायत दर्जनौ कृति चर्चित छन् । राजनीतिक जीवन भोगाइका क्रममा उहाँले धेरै डायरी लेख्नु भएको छ । जसमा ‘थुनुवाको डायरी ९२०२८०, मेरा डायरीका पानाका थुप्रै शृङखला रहेका छन्।
शर्मा नेपाली साहित्यको निबन्ध, कविता, गीत, समालोचना विधाका नेतृत्वकर्ता व्यक्तित्व थिए । उनले नेपाली पत्रकारिता क्षेत्रमा समेत विशेष योगदान पुर्याएका छन् ।

सोम, बैशाख २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नाैलाे साहित्यिक बिहान समाज र याक्थुम प्रज्ञा प्रतिष्ठानले अायाेजित बहुभाषिक संगाेष्ठी भब्यताका साथ सम्पन्न

खाेज संवाददाता जेठ २७ पाँचथर फिदिम नाैलाे साहित्यिक बिहान समाज र याक्थुम प्रज्ञा प्रतिष्ठानलेले अायाेजना गरेकाे बहुभाषिक संगाेष्ठी भब्यताका साथ सम्पन्न भयाे ।अाजकाे कार्यक्रममा सभापति प्राज्ञ श्रवण मुकारूङ र प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । प्रेम अाेझा, राज माङ्गलक, मुनराज शेर्मा ,इन्द्रसिह राजवंशी, लक्ष्मी...

पाँचथर फिदिम बजारमा दुई दिवसिय बहुभाषिक साहित्य संगाेष्टि शुरू

खाेज संवाददाता जेठ २५ २०७५ पाँचथर पाँचथर जिल्लाकाे सदरमुकाम फिदिम बजारकाे  जिल्ला समन्वय समितिकाे हलमा दुई दिवसिय बहुभाषिक साहित्य संगाेष्टि शुरू भएकाे छ ।  नेपाल प्रज्ञाप्रतिष्ठान  काठमाडौंकाे प्रायाेजनमा नाैलाे  साहित्यिक समाज नेपाल र  याक्थुम पज्ञा प्रतिष्ठानले अायाेजना गरेकाे उक्त प्रदेश स्तरीय कार्यक्रममा अविरल वर्षाका बाबजुत पनि...

बरिष्ट साहित्यकार विश्वबिमोहन श्रेष्ठ सम्मानित

आज २०७५ साल ज्येष्ठ १२ गते युगकवि सिध्दिचरण श्रेष्ठको १०७औं जयन्ति मनाउँदै लीलाध्वज थापा साहित्य प्रतिष्ठानको एकाईसौं रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रन सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ट साहित्यकार श्री विश्वबिमोहन श्रेष्ठ स्रष्टा सम्मान ग्रहण गर्नुहुँदै युगकवि सिध्दिचरण तथा उपन्यासकार लीलाध्वज थापाको बारेमा चर्चा...

साहित्य समाजकाे सर्जक जमघट

सर्जक जमघट साहित्य समाजकाे सर्जक जमघटकाे श्रृङखला डा घनश्याम परिश्रमीकाे प्रमुख अातित्यतामा र अतिथिहरूमा डा विदुर चालिसे ,पाेष्टराज चापागाईं, कलानिधि दाहाल र सुनिल अधिकारी अादी रहनुभएकाे छ । कार्यक्रममा ३ वटा मुक्तक, एक गजल र एक कविता मध्ये कुनै एक विधामा रचना वाचन गर्न पाइन्थ्यो...

देशविदेशका २२ जनालाई नइ पुरस्कार

काठमाडौँ, वैशाख ३० गते । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले राजधानी काठमाडौमा देशदेशान्तरका २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो । नइ प्रकाशनले हरेक वर्ष शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई दुबोको माला...

थापा र अधिकारीलाई बधाई तथा शुभकामना !

काठमाडौं, वैशाख २७ गते । संसाक मासिक र खोज टी.भी.ले कवि मित्र रविन्द्र थापा र यशोदा अधिकारीलाई एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदानगरेको छ । थापा हालै प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको छ भने अधिकारीले रेडियो नेपालको अधिकृत तहमा लोकसेवा उत्तीर्ण गरी कामको...