अर्थ

नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु


काठमाडौँ- नेपाल औषधि लिमिटेडले आठ वर्षपछि पुनःऔषधि उत्पादन गर्न सुरु गरेको छ।

उद्योगले आजबाट झाडापखाला लाग्दा उपयोगी मानिएको जीवनजलको उत्पादन सुरु गरेको छ। सरकारी स्वामित्व रहेको लिमिडेटलाई गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज आयोजित कार्यक्रममा सो उद्योगको पुनःसञ्चालनको उद्घाटन गरे। विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि सो उद्योग बन्द भएको थियो।

सरकारले जिएमपीअनुसार पुनःसञ्चालन गर्न रु १४ करोड ६५ लाख ऋणस्वरुप लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुरुप पहिलो चरणमा रु छ करोड ४८ लाख निकासा गरेको थियो ।

उद्योगमन्त्री जोशीले जीवनजल र ज्वरो आउँदा प्रयोग गर्ने सिटामोल नपाएर धेरैले ज्यान गुमाउनुपरेको अवस्थामा पहिलो चरणमा जीवनजल उत्पादन सुरु गरिएको बताए। लिमिटेडले चाँडै निःशुल्क उपलब्ध गराउँदै आएका ७० प्रकारका औषधिलगायत अन्य औषधि समेत उत्पादन गर्ने उनले बताए।

दोस्रो चरणमा अत्यावश्यक र बजारमा खपत बढी भएका १५ भन्दाबढी प्रकारका औषधि उत्पादन गर्ने औषधि लिमिटेडको लक्ष्य छ । तेस्रो चरणमा क्याप्सुल, पेनसिलिन गु्रपका औषधि, झोल तथा मलम उत्पादन गर्ने र सर्पले डसेपछि लगाउने खोप एन्ट्राभेनसका लागि शाखा सञ्चालनमा ल्याई स्लाइन र हेमोडाइलसिस फ्युल्ड जस्ता अति आवश्यक औषधिको उत्पादनका लागि काम अगाडि बढाएको छ ।

उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले उपभोक्ताले सस्तो र सुलभ मूल्यमा गुणस्तरीय औषधि पाउनुपर्छ भन्ने मान्यताका साथ सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई पुनःसञ्चालनमा ल्याएको बताए।

उद्योग सचिव शङ्करप्रसाद कोइरालाले उद्योग मन्त्रालयले नेपालमा बन्द रहेका सबै सरकारी, निजी उद्योगलाई सञ्चालनमा ल्याई आर्थिक विकासका साथै आगामी १० वर्षमा रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए।

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले आगामी तीन महिनाभित्र सिटामोललगायत औषधि उत्पादन गर्ने लक्ष्य रहेको बताए। उनले विश्वस्तरीय जिएमपी मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न लिमिटेडले नयाँ प्रविधिअनुरुप २७ भन्दाबढी प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरण जडान गरिसकेको बताए। उत्पादन गरिएका औषधि अहिलेका प्रचलित बजार मूल्यभन्दा सस्तोमा जनताले प्राप्त गर्ने उनको भनाइ छ।

नेपालमा आधुनिक औषधि उत्पादन सरकारी स्तरबाटै उत्पादन गर्ने उद्देश्यका साथ कम्पनी ऐन २०२१ अन्तर्गत नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो। रासस

सोम, बैशाख २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालबाट राँगाको मासुु तेस्रो मुलुक हुँदै चीनमा

असोज, काठमाडौं । नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु त्यसै पनि कम छन् । निर्यात भइरहेका वस्तुको परिमाण पनि घट्दै गएको छ ।   त्यसैमा पर्छ, भैंसी तथा राँगाको मासु पनि । मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर, त्यो सीधा नभई तेस्रो मुलुक हुँदै...

अनुगमन थालेपछि दरबारमार्गका पसल बन्द !

भदौ, काठमाडौं । बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक...

नेपालको इतिहासमै पहिलोपटक धेरै सुन बरामद

भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम...

‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार

भदौ, काठमाडौं । सात वर्षअघि प्रतिबन्ध लगाइएको ‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार आफैं लागेको छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले वस्तुको प्रत्यक्ष बिक्री–व्यवस्थापन तथा नियमन विधेयक, २०७४ संसदमा पेस गरेपछि सरकारी प्रयास सतहमा आएको हो । ‘नेटवर्क मार्केटिङ’का नाममा वस्तु तथा सेवाको प्रत्यक्ष बिक्री...

विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा

साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर...

नेपालमा वर्षेनी ठूलो परीमाणमा पानीको आयात

साउन, काठमाडौं । जलस्रोतमा विश्वमै दोस्रो ठूलो देश मानिने नेपालमा वर्षेनी ठूलो परीमाणमा पानीको आयात भएको पाइएको छ । नेपालमा बेलायत, फिलिपिन्सदेखि जापान, मलेसियाबाट खानेपानी आयात हुने गरेको देखिएको छ ।   भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०७३/७४ मा विभिन्न मुलुकबाट ३ लाख ५५...