अर्थ

नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलबीच भएको सकारात्मक


बैशाख, काठमाडौं । नयाँ कार्यक्रम समावेश नगरी जेठ १५ मै कामचलाउ बजेट ल्याउन प्रमुख तीन दलबीच भएको सकारात्मक भएको नेताहरुले बताएका छन् । साथै दोस्रो चरणको चुनाव पूर्वघोषित मितिमै हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार अबेर भएको छलफलमा महाअभियोगका साथै बजेट, मतगणना र दोस्रो चरणको चुनावबारे कुराकानी भएको थियो ।

 

नेताहरुका अनुसार जेठ १५ मै कामचलाउ बजेट ल्याउन तीन दल सहमति नजिक पुगेका छन् ।

यद्यपि विपक्षी दलका नेता ओलीले बजेट र दोस्रो चरणको चुनावबारे आफ्नो पूर्ववत् अडान राखेका छन् । एमालेले जेठ १५ मा बजेट ल्याउनु पर्ने र दोस्रो चरणको चुनाव बजेट अघि नै गर्नु पर्ने अडान राख्दै आएको छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘बजेट कामचलाउ भएपछि अडान छाडेको जस्तो देखिन्छ ।’

दोस्रो चरणको चुनाव जेठ ३१ मै !

जेठ १५ मा बजेट ल्याउनुपर्ने र बजेट अघि नै चुनाव गर्नु पर्ने एमालेको अडानपछि दलहरुबीच दोस्रो चरणको चुनाव सार्नेबारे छलफल सुरु भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच केही दिनअघि सिंहदरबारमा भएको भेटमा पनि यसबारे कुराकानी भएको थियो । र, माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले अन्य दलसँग परामर्श गर्ने जवाफ दिएका थिए ।

तर, अब जेठ ३१ को चुनाव सार्ने सम्भावना टर्दै गएको छ । निर्वाचन आयोग स्वयंमले दोस्रो चरणको चुनाव बजेट अगाडि सार्न नसकिने बताएको छ ।

अब दोस्रो चरणको चुनाव पूर्व घोषित मिति जेठ ३१ मै हुने सम्भावना बढेको छ । यद्यपि यसबारे दलहरु छलफलमै रहेकाले अन्तिम निर्णय हुन बाँकी रहेको एक नेताले बताए ।


 

 

सोम, बैशाख २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारको गृहकार्य सुरु

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारले गृहकार्य सुरु गरेको बताएका छन् ।   दुई वटै निर्वाचन एकै चरणमा गर्नु पर्ने उनले बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने भने,...

तोखा केब मिनी फनपार्कको बार्षिक उत्सव कार्यक्रम

तोखा केब मिनी फनपार्कको बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि तोखाका मुलनाइके हेमराज श्रेष्ठ विषेश अतिथि नेपाल उधोग बाणिज्य महासंघका ३ प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ बोतल वाटर उधोग संघका सुवाश भन्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो। साथै स्थानीय निकायका तोखा नगरपालिका निर्वाचीत मेयर प्रकाश अधिकारी...

एनसेलले पुँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ सरकारलाई भुक्तनी गरे

  जेठ, काठमाडौं । एनसेलले पुँजीगत लाभकर बापतको झण्डै १३ अर्ब रुपैयाँ सरकारलाई भुक्तनी गरेको छ । आज अाइतबार ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा झण्डै १३ अर्ब रुपैयाँ बराबरको दाखिला गरेको हो । लामो समयदेखिको विवादलाई छिचोल्दै एनसेलले कर दाखिला गरेको कार्यालय स्रोतले जानकारी  दियो । ...

सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेटमा वित्तीय हस्तान्तरण

जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेटमा वित्तीय हस्तान्तरणका माध्यमले स्थानीय तहलाई रकम विनियोजन गरेको छ । स्थानीय तहले वित्तीय हस्तान्तरणको माध्यमबाट जाने बटेजसँगै आन्तरिक स्रोतबाट पनि बजेट बनाउनु पर्नेछ । संविधानले स्थानीय तहलाई आर्थिक तथा कानुन बनाउनेसमेत अधिकार प्रदान गरेको छ । यसले...

अर्थमन्त्री कृष्णबहादुर महराले १० जीवन बिमा कम्पनीलाई सञ्चालन स्वीकृति दिए

काठमाडौं – अर्थमन्त्री कृष्णबहादुर महराले १० जीवन बिमा कम्पनीलाई सञ्चालन स्वीकृति दिएका छन् । युनियन, आइएमई, सिटिजन्स, रिलायबल, ज्योति, महालक्ष्मी, सन नेपाल,  सानिमा, स्टार र रिलायन्सले बिहीबार सैद्धान्तिक स्वीकृति पाएका हुन्। १२ वटा जीवन बिमा कम्पनीले बिमा समितिमा सञ्चालन स्वीकृतिका लागि आवेदन दिएका थिए । त्यसमध्ये...

हाल १३ संस्थाले हकप्रद सेयर जारी

जेठ, काठमाडौं । राष्ट्र बैंक र बीमा समितिले आफु मातहतका कम्पनीहरुलाई तोकेको चुक्ता पुँजी पुर्याउने क्रममा हाल १३ संस्थाले हकप्रद सेयर जारी गरिरहेका छन् । वित्तीय संस्थाहरुमा सहयोगी बिकास बैंक, गोर्खा बिकास बैंक, ज्योती बिकास बैंक, तिनाउ डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, सानिमा बैंक, गरिमा बिकास...