स्वास्थ्य

कैलालीमा ७ नं. प्रदेशकै पहिलो मेडिकल कलेज बन्दै


कैलाली । कैलालीको गेटामा निर्माण हुने गेटा मेडिकल कलेजको सोमबार शिलन्यास गरिएको छ ।

 

गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्ष डा. चेतराज पन्तले अस्पताल भवन, शैक्षिक भवन र प्रशासनिक भवनको एकै पटक शिलान्यास गरेका हुन ।

मेडिकल कलेज परिसरमा रहेका रुखहरुको कटानी आदेश ढिलो आएकोले निर्माण कार्यमा केही ढिलाई भएको हो ।

मेडिकल कलेजको काम शुरु भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । स्थानीय हेमप्रकाश उप्रेतीले मेडिकल कलेजको निर्माणले सम्पूर्ण ७ नम्बर प्रदेशको बासिन्दामा खुशियाली ल्याएको बताए ।

उनले ७ नम्बर प्रदेशमा एउटा पनि मेडिकल कलेज नभएको अवस्थामा यसको निर्माण पछि यहाँका जनताले राम्रो स्वास्थ्य सेवा पाउने र मेडिकल पढ्न बाहिर जानुपर्ने समस्याको समेत अन्त्य हुने बताए ।

गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्ष डा. चेतराज पन्तले सुदूरपश्चिमको जनताको बहुप्रतिक्षित पुर्वाधार भएकालेपनि यसको निर्माणमा कहिकतैबाट पनि अवरोध नआए समयमानै निर्माण सम्पन्न हुने कुरामा ढुक्क रहन आग्रह गरे ।

तिन वर्षको अवधिमा निर्माण सम्पन्न हुनेगरी अस्पताल भवनको १ सय ३ करोडमा ठेक्का पाएको कुमार/राजेन्द्र जेभी, प्रशासनिक भवनको १८ करोडमा ठेक्का पाएको रुविना निर्माण सेवा र ६२ करोडमा शैक्षिक भवनको निर्माणको ठेक्का पाएको के.एस./रमण जेभीले निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

मेडिकल कलेजको निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनीका कर्मचारीहरुले प्रशासनले मेडिकल कलेज निर्माणका लागि आवश्यक पर्ने ढुंगा, बालुवा र गिट्टीका लागि खोलामा मेशिन हाल्ने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।

सोम, बैशाख २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना

 काठमाडौं । उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना छन् । त्यस्ता उपकरणको आयु औसत दुईदेखि पाँच वर्षको हुन्छ । वीर, टिचिङ, सिभिललगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग गरिरहेका छन् । ‘दुईदेखि पाँच वर्ष मात्रै औसत आयु हुने भए पनि सरकारी अस्पतालमा...

डा. अनिल भट्टराईः जसले नेपालमै सम्भव बनाए काखीमा प्वाल पारेर मुटुको शल्यक्रिया

असार काठमाडौं । मुटुको शल्यचिकित्सामा छोटो समयमै ख्याति कमाएको नाम हो, डा. अनिल भट्टराई । नेपालमा रहेका अन्तर्राष्ट्रियस्तरका थोरै डाक्टरहरुको सूचीमा उनलाई राख्न कञ्जुस्याई गर्नु पर्दैन । डा. भट्टराई काखीमुनी प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने नेपालका पहिलो र सम्भवत एक मात्र डाक्टर हुन् । कार्डियोभास्कुलर सर्जरीमा...

काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण

जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट मासुमा मिसाइएको हो । आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर...

आज जुन ५ नेपाल अधिराज्य भरि विश्व वाताबरण दिबस मनाउदै

आज जुन ५ नेपाल अधिराज्य भरि विश्व वाताबरण दिबस  मनाउदैछ /सदर चिडियाखानामा हात्तीलाई बिशेस सजाएर बिभिन्न स्कुलका छात्र छात्राहरुले बिभिन्न वाताबरण सम्बन्धि प्ले कार्ड बोकी काठमाडौं शहरभित्र रयाली आयोजना गरेका छन् / यसै क्रममा गत एक हप्तादेखि नै नेशनल मोडेल साइन्स स्कुल गोंगबु ले पनि बिभिन्न...

चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज)को आईसियू कक्ष तोडफोड

काठमाडौं– चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज)को आईसियू कक्ष तोडफोड गरिएको छ । आईसियूमा उपचाररत एक बिरामीको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका हुन् । दुर्घटना परेर उपचारका लागि गत शुक्रवार अस्पताल पु¥यायाइएका १८ वर्षका रोहन लामाको आईसियूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बिराममीका...

स्वास्थ्य क्षेत्रका विकृति अन्त्यका लागि पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसी ११औं अनशन दाङमा बस्ने भए

दाङ- स्वास्थ्य क्षेत्रका विकृति अन्त्यका लागि पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसी ११औं अनशन दाङमा बस्ने भएका छन्। यसका लागि केसी शनिबार दाङ आइपुगेका छन्। यसअघि उनी त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौंमा अनशन बसेका थिए। संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउँदै पारित गर्नुपर्ने,...