प्रमुख समाचार स्थानीय समाचार

निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरे


बैशाख, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ ।

 

मतपेटिका ओसार-पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अनलाइनखबरसँग भने, ‘२८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुन्छ । त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ । मतगणना सम्बन्धमा आयोगले थप निर्णय गर्नुपर्दैन ।’

हरेक गाउँपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेकाले सोही कार्यालयमै हरेक वडा र तहको मतगणना हुने प्रवक्ता शर्माले जानकारी दिए ।

मतगणना कहिलेबाट र कहाँ गर्ने भन्ने अधिकार निर्वाचन ऐनले नै निर्वाचन अधिकृतको कार्यालयलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालयले स्थानीय राजनीतिक दलसँगको समझदारीमा मतगणना हुने स्थान तथा समय टुंगो लगाउने र त्यसबारे सूचना टाँसेर जानकारी दिने कानुनी व्यवस्था छ ।

मङ्ल, बैशाख २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताए

उर्लाबारी(मोरङ)-  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन्। नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी...

प्रिय कमान्डरको बिरुद्दमा कसरि लडू ?

नेपालको राजनीतिक छुटै पहिचान बनाउन सफल ब्यक्ति हुन् अर्जुन बुढाथोकी । बहिर्गमित जनमुक्ति सेना नेपालका संयोजक रहेका उनि निरन्तर आन्दोलनमा रहेका छन ! उनि अहिलेका गृहमन्त्रि जनादर्न शर्मा प्रभाकरलाइ कमान्डर मान्छन आफ्नु अधिकार खोसिने भए कमाण्डरको बिपक्षय रहन तयार रहेको अभिव्यक्ति दिएर चर्चामा आएका छन...

गाउँपालिकाको उम्मेदवार बन्न २१ लाख मागेको भन्दै भेषराजले एमाले छाडे

असार, मोरङ । स्थानीय तहको उम्मेदवार छान्ने क्रममा एमालेभित्र आर्थिक चलखेल भएको गुनासो गर्दै एकजना त्यागी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदका लागि सिफारिसमा परेका भेषराज काफ्लेले आफूसँग एमाले नेताले २१ लाख रुपैयाँ माग गरेको भन्दै पार्टी परित्याग गरेका हुन् ।...

मेयर रमेश महर्जनले विद्युत प्राधिकरणको कीर्तिपुर वितरण केन्द्रको पर्खाल भत्काए

असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर रमेश महर्जनले बाटो विस्तारको काम सुरु गरेका छन् । बाटो विस्तारका क्रममा महर्जनले सार्वजनिक जग्गामा बनेका भवनहरुलाई पहिलो निशाना बनाएका छन् । हालै मात्रै महर्जनले विद्युत प्राधिकरणको कीर्तिपुर वितरण केन्द्रको पर्खाल भत्काएका छन् ।   जेठ २३ गते एक सूचना पठाउँदै...

प्रचण्डले भने-ज्ञानेन्द्रले मौका छोप्न नसक्दा दलहरुसँग दिल्लीमा सम्झौता गर्नुपर्‍यो

असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले तत्कालिन राजा ज्ञानेन्द्र शाहले आफ्नो हातमा आएको मौका छोप्न नसक्दा नेपालका शान्ति प्रक्रियामा विदेशीले भूमिका खेल्न पाएको खुलासा गरेका छन् ।   माओवादी सशस्त्र विद्रोहका साथै शान्ति प्रक्रियाको समेत कमाण्ड गरेका प्रचण्डले आफूले जनयुद्धलाई विदेशीको भूमिकामा नभई...

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएसँगै नेकपा एमालेले विजयी सुरुवात

स्थानीय तहको असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएसँगै नेकपा एमालेले विजयी सुरुवात गरेको छ । दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर ७ को बझाङ जिल्लास्थित काँडा गाँउपालिका वडा नम्बर ५ मा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो । आइतबार सम्पन्न मनोनयन...