प्रविधि

शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने


नयाँ दिल्ली – प्रविधिको बढ्दो प्रयोगसँगै विश्वका हरेक क्षेत्रमा नयाँ नयाँ प्रयोगहरू भइरहेको छ । यसले गर्दा मानवीय जनशक्ति विस्थापित हुँदै गइरहेको छ ।

यसैक्रममा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको छ ।  भारतको नयाँ दिल्लीस्थित सफदरगंज अस्पतालमा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको हो । उक्त प्रयोगको लागि अस्पतालले १८ करोड भारुमा रोबट डाक्टर किन्न लागेको हो ।

उक्त रोबटको प्रयोग विपन्न वर्गका मानिसहरूका लागि निशुल्क उपचारमा गरिने अस्पतालले बताएको छ । तर अत्तिरिक्त वार्ड लिएर बस्ने बिरामीहरूका लागि भने शुल्क लाग्नेछ ।

अस्पतालका अनुसार अबको तीन महिनाभित्रमा उक्त रोबटको प्रयोग गर्ने गरी तयारी भएको छ ।

रोबटको प्रयोगले सर्वसाधारणले सरल र सहज सुविधाको प्रत्याभूति गर्न सक्ने अस्पतालको दाबी छ ।

सर्वसाधारणले सरल र सहज सुविधाको प्रत्याभूति गर्न सक्ने अस्पताल प्रशासनको दाबी छ ।

बुध, बैशाख २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) प्रणाली जडान गर्दै

 मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा बेला-बेलामा हत्या र अपराधका घटना हुने गरेका छन् । अपराधीको पहिचान हुने कुनै प्रविधि नहुँदा घटनामा संलग्न हुनेहरु लामो समय प्रहरीको आँखाबाट जोगिन सफल हुँदै आएका छन् ।   तर, अब त्यो इतिहास बन्ने क्रममा छ । सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा...

‘डिजिटल नेपाल’ बनाउन सञ्चार मन्त्रालयले थाल्यो तयारी, जापानी प्रतिनिधिमण्डलसँग छलफल

काठमाडौँ :  सूचना तथा सञ्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तयारी थालेको छ। सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आज जापानी प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसञ्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गरेका हुन्। नेपालले विश्वको बदलिँदो नयाँ...

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८एस सार्वजनिक भएका छन् । आइफोनको सुरुवात भएको १० बर्ष पुगेको अबसरमा एप्पलले आइफोन एक्स अर्थात् आइफोन १० पनि सार्वजनिक गरेको छ जसमा आइफोनका अघिल्ला सेरिजमा भन्दा धेरै...

वैज्ञानिकहरुले ७५ हजार मानिसमा अनुसन्धान गरेर मान्छेको अधिकतम आयु पत्ता लगाए

नेदरल्याण्डका वैज्ञानिकहरुले मान्छेको अधिकतम आयु पत्ता लगाएका छन् । उनीहरुका अनुसार महिलाको अधिकतम आयु ११५.७ वर्ष हेा भने पुरुषको अधिकतम आयु ११४.१ वर्ष हो । टिलबर्ग र इरास्मस विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष निस्केको हेा । वैज्ञानिकहरुले ७५ हजार मानिसमा अनुसन्धान गरेका थिए जसको पछिल्लो ३० वर्षमा...

यु ट्युब तथा टेलिभिजन नेटवर्कहरुलाई माथ दिनेगरी फेसबुकले नयाँ भिडियो च्यानल सर्भिस लञ्च गर्दै

यु ट्युब तथा टेलिभिजन नेटवर्कहरुलाई माथ दिनेगरी सोसल मिडिया जाएन्ट फेसबुकले नयाँ डेडिकेटेड भिडियो च्यानल सर्भिस लञ्च गर्दैछ । प्रयोगकर्ताले निकट भविष्यमै आफ्नो फेसबुक वालमा वाच ट्याब  देख्नेछन् जहाँ गएर विभिन्न खाले भिडियो शोहरु हेर्न पाइनेछ ।   Watch  पर्सनलाइज्ड हुने भएकाले प्रयोगकर्ताले आफै नयाँ नयाँ भिडियो तथा शो...

नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने

असार, काठमाडौं । विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ । जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट अन बोर्ड गरिएको उक्त मेसिन जुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थलमार्ग हुँदै नेपाल आउने छ । सिंचाइ...