कला/मनोरञ्जन

चम्किदै भद्रगोलकि जिग्रीकि आमा बरिस्ठेको श्रीमति माकुरी


दोलखामा जन्मिएकी रश्मि पाण्डे हास्य सिरियलमा परिचित अनुहार हुन् । एक दसक भन्दा बढी समय यो क्षेत्रमा बिताएकी पाण्डेले टिपन टापन हास्य सिरियलबाट हास्य कलाकारितामा पाइला राखेकी हुन् । कुनै बेलाको चर्चित गरिबको जुनी भन्ने गीतमा आर्यन सिग्देलसंग मोडेलको रुपमा काम गरेकि रश्मिले झन्डै तीन दर्जन जति म्युजिक भिडियोमा काम गरिसकेकी छिन । उनले अभिनय गरेको दिनेश काफ्लेको मेरो दीदी बेच्नेलाइ ‘ मिलन लामाको गरिबको दशैँ ‘बिष्णु खत्रीको जम्बु कश्मिर पार्ट दुइ लगायतका गीतहरुले बजार पिटेका पनि छन । रश्मिकि आमा राधा पाण्डे पनि लोक संगीतमा गहिरो रुचि राख्ने मान्छेमा पर्नुहुन्छ । उहाकै प्रेरणा यो क्षेत्रमा आएको दाबी गर्ने पाण्डे स्कुल पढ्दा पढाई भन्दा बढी नाच गान र नृत्य ध्यान दिने गरेको स्वीकार गर्छिन । ऊनी भन्छिन -म पढाई भन्दा अरु नै कुरामा राम्रो थिए । त्यही भएर कला क्षेत्रमा आएको छु । जसरी रक्सी कहाने बानी लागेको मान्छेले रक्सी छोड्न सक्दैन उसैगरि कलाको मात लागेको मान्छेले कला छोड्न सक्दैन । म चाहेर पनि यो क्षेत्र छोड्न सक्दिन। रश्मि यो क्षेत्रमा आउदै गर्दा लय संग्रौलाको थोरै भए पुगी सरी ( २०६२ )मुनाल घिमिरेको यातना जस्ता सिरियलहरुमा सामान्य रोल गरेर पनि चर्चा आएकी थिइन । ऊनी संकर आचार्यको घरबार मुख्य रोल गरेपछि झन् चर्चामा आएकी थिइन । चर्चित हास्य सिरियल मेरो बास्सैमा राजु मास्टरको श्रीमतिको रोल गरेर धरै चर्चा आएपछि ऊनी भद्रगोलमा प्रबेस गरेकी हुन् । अहिले भद्रगोलमा जिग्रीको आमा र बरिष्ठको श्रीमति रोल गर्दै गरेकी रश्मि पैसा होइन होइन आफ्नु चिनारीदेखि खुसि छिन । उनि भन्छिन मलाई देशभरि व्यापक परिचय दिने सिरियल भद्रगोल नै हो ! म जे छु भद्रगोल कै लोकप्रियताको कारण छु!

बुध, बैशाख २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दिपेस सुनुवारको क्यमारा र सम्पादन रहेको भिडियो बजारमा

दिपेस सुनुवारको क्यमारा र सम्पादन रहेको भिडियो बजारमा आएको छ जसमा शब्द सङ्गीत रहेको छ सिम्रन मोक्तन तामाङको र स्वर दिनु भएको छ प्रीया सेन्चुरी ज्युले यो गीतले बिल्कुलै ठेट नेपाली पनलाई झल्काउन खोजेको छ र यस गितका रचनाकार तथा सङ्गितकारले सोचेको जस्तै गरि गायिकाले...

भिम फेदि गाईजको साथमा आइरहेछ एक कुसल गायक दिपेस सुनुवार

गायक दिपेस सुनुवारले नयाँ गीत सार्वजनिक गरेका छन । चाह मेरो एल्वमबाट साङगीतिक क्षेत्रमा गायनमा प्रवेश गरेका गायक सुनुवारको यो ११ औ गीतको रुपमा ‘कस्तो बेला आयो’ बोलको गीत सार्वजनिक गरेका हुन । गीतमा शब्द, संगीत तथा एरेन्जर गायक स्वयमले गरेका छन । गीतको म्युजिक भिडियोमा...

बन्यो जिउँदो लास

१० बर्षे शसस्त्र युद्धमा दिन रात नभनि आफ्नो जिउँ ज्यान बाजी राखि युद्धमा लागेका तर सेना समायोनमा बर्हिगमनमा परेका लडाकुको कथा बस्तुलाई समेटेर लेखक तथा निर्देशक संजिब पौडेलले ‘ जिउँदो लास’ नामक लघु चलचित्र निर्माण गरेका छन् । एउटा अयोग्य लडाकु युद्धमा हुमिनु अघि र हाल...

‘बाहुबली २–द कन्क्लूजन’ले बलिउड बक्स अफिसमा अनेक रेकर्ड राखे

मुम्बई- गत अप्रिल २८ मा रिलिज भएको बलिउड फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ले बलिउड बक्स अफिसमा अनेक रेकर्ड राखेको छ। निर्देशक एसएस राजामौली निर्देशित यो फिल्म सन् २०१५ मा रिलिज फिल्म ‘बाहुबली’को सिक्वेल हो। प्रभास, राणा दग्गुबती, अनुस्का शेट्टी, तमन्ना भाटिया र राम्या कृष्णामूर्तिलगायतका कलाकार अभिनित फिल्मले...

सयौ बर्ष बाँच मायालु बजारमा

 बिभिन्न नेपाली गीत संगीत बजारमा ल्याउने क्रममा म्युजिक ल्याब प्रा. लि. ले फेरी अर्को गीत सयौ बर्ष बाँच मायालु बजारमा उपलब्ध गराएको छ । मौलिक गीत संगीत बजारमा ल्याएर दर्शक श्रोताको मनमा बसिसकेको कम्पनी म्युजिक ल्याब प्रा. लि. ले बजारमा ल्याएको यस गीत बिरेन्द्र ढकाल...

बैरागी काईला को मौलिक झ्याउरे गीत गाँउ बेशिको बिमोचन सम्पन्न

सरस्वती पुस्तकालय सहयोग समिती काठमाण्डौले आयोजना गरेको सहयोगी दातालाई सम्माण एबंम साहित्यक कार्यक्रमको अबसर संगै बैरागी काईलाको झ्याउरे मौलिक लोक गीत गाउँ बेशिको अडियो बिमोचन गरिएको छ। बैरागी काईलाको लय थेगो,शिखर श्रीपालीको शब्द रहेको उक्त झ्याउरे गीतमा म्याग्देली लोक गायक एबंम सन्चारक्रमी अमित बिश्वकर्मा र...