राजनिति

स्थानीय निर्वाचनमा भाग लिएकै कारण श्रीमानबाट मरणासन्न हुनेगरी कुटि अस्पताल भर्ना


बैशाख, पोखरा । आजभन्दा १२ वर्षअघि अन्तरजातीय विवाह गरेकी कास्कीको रुपा गाउँपालिकाकी पद्मा क्षेत्री गुरुङले चुनावमा उम्मेदवार बनेकै कारण आफ्नै श्रीमानबाट मरणासन्न हुनेगरी कुटिन्छु भनेर सायदै सोचेकी थिइन् । तर, स्थानीय निर्वाचनमा भाग लिएकै कारण उनी अस्पताल भर्ना हुने अवस्थामा पुगिन् ।

स्थानीय चुनावले महिलाहरुलाई अधिकार र अवसर दुबै दिएको छ । तथापि चुनावमा मनहरु विभाजित हुन्छन् । एउटै परिवारका सदस्यहरु समेत भिन्नाभिन्नै दलमा लाग्न सक्छन् । र, भिन्नाभिन्नै दलबाट उम्मेदवारसमेत बन्न सक्छन् । तर, लोकतान्त्रिक संस्कारको विकास हुन नसकेको समाजमा यसले पदमाको परिवारमा जस्तै घरपरिवारभित्र झगडा निम्त्याउँछ ।

कास्कीको रुपा गाउँपालिका वडा नम्बर ५ की महिला वडा सदस्य उम्मेदवार पदमा क्षेत्री गुरुङका लागि यो स्थानीय श्रीमानबाटै चुनाव कुटाइ खाने दुर्भाग्यपूर्ण दिका रुपमा परिणत भयो ।

स्थानीय चुनावले लोकतन्त्र र अधिकारको अभ्यास हुनुपर्ने ठाउँमा पदमाको घरभित्रै झगडा र कुटपिट निम्त्यायो ।

रुपा गाउँपालिका वडा नम्बर ५ की महिला उम्मेद्वार पदमा आफ्नै श्रीमानबाट कुटिएकी हुन् । सोही वडाको वडाध्यक्षमा टेकबहादुर गुरुङले उम्मदेवारी दिएका थिए, जो पदमाका जेठाजु हुन् ।

वडाध्यक्षमा उठेका जेठाजु टेकबहादुरको भन्दा फरक पार्टीबाट भाइबुहारी पद्मा क्षेत्री गुरुङले सोही वडामा महिला वडा सदस्यका लागि उम्मेदवारी दिइन् । बुहारीले भिन्नै दलबाट चुनाव लडेपछि जेठाजु रीसले आगो भए ।

जेठाजुले बुहारीलाई उम्मेदवारी फिर्ता लिन भाइ यामबहादुर गुरुङमार्फत दबाव दिए । तर, पदमाले उम्मेदवारी फिर्ता लिन मानिनन् । जेठाजुको आग्रह अनुसार उम्मेद्वारी फिर्ता नगरेको आरोपमा उनी श्रीमानबाटै निर्घात कुटिइन् ।

श्रीमानबाट कुटिएकी पद्माको टाउकोमा गम्भीर चोट लागेको छ । दाहिने हातमा भित्री चोट लागेको छ । उनको उपचार पोखराको फेवासिटी हस्पिटलमा भइरहेको छ । उनको टाउकोमा चारवटा टाँका लगाइएको छ ।

उम्मदेवारी फिर्ता नलिए मार्दिन्छु भन्दै श्रीमानले घाँटी थिच्दा घाँटीमा दाग लागेको उनले देखाइन् ।

बेग्लाबेग्लै पार्टीमा लाग्दा घर झगडा

फरक पार्टी र फरक विचार भएपछि गुरुङ दम्पतीबीच बेलाबेला सामान्य भनाभन पहिले पनि हुने गथ्र्यो । क्षेत्रीकी छोरीलाई गुरुङ परिवारले कहिलेकाँहि घरको चुलो छुन नदिने, कुलपूजामा सामेल हुन नदिने लगायतका व्यवहार पहिलेदेखि नै हुने गरेको उनले गुनासो गरिन् ।

जब स्थानीय तहको निर्वाचन हुने भयो । एउटा कम्युनिष्ट पार्टीले रुपा गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा पदमाका जेठाजु टेकबहादुर गुरुङलाई उठायो । अर्को कम्युनिष्ट पार्टीले बुहारी पद्मालाई सोही वडाको महिला वडा सदस्यमा उम्मेद्वार बनायो ।

उम्मेद्वार नै भएपछि पद्मा चुनाव प्रचारमा लाग्न थालिन् । घरकै सदस्य विपक्षमा लागेर अर्को दलको प्रचारमा जुटेको भन्दै टेकबहादुरले पद्माका श्रीमान अर्थात आफ्नो भाइ यामबहादुरलाई आफ्नी श्रीमतीलाई सम्झाउन चेतावनी दिए ।

पदमाका श्रीमान यामबहादुर पोखरा लेकसाईडको कुटी रिसोर्टमा सुरक्षा गार्डको काम गर्छन् । दाजुले बोलाएपछि घर पुगेका यामबहादुरले घरमा पुगे लगत्तै पद्मालाई हातखुट्टा भाँचेर भए पनि दाजुलाई चुनाव जिताउँछु भने ।
बाहिर भाँडा माझिरहेकी पद्माले यो कुरा सुनेपछि त्यसो नभन्न र आफूलाई स्वतन्त्र रुपमा चुनाव लड्न दिन आग्रह गरिन् ।

त्यसपछि यामबहादुरले बुबाका घरमा पूजा छ भन्दै पद्मालाई त्यहाँबाट लिएर हिँडे । बाटामा भेटिएका मानिसहरुसँग पदमाले आफूलाई भोट दिन आग्रह गरिन् । त्यहीबेला यामबहादुरले आफ्नी श्रीमतीलाई देखाउँदै यसको पार्टीको अनुहार पनि हेर्न मन लाग्दैन भन्दै गाली गरे ।
जवाफमा पद्माले तपाईं दाजु टेकबहादुरलाई जिताउन लाग्नुस्, म आफ्नो तरिकाले चुनाव लड्छु भन्दा तलाई मार्दिन्छु भन्दै पिट्न खोजेपछि मानिसहरुले छुट्याए ।

लगत्तै उनले पदमालाई घरमा लिएर आए । घर पुगेर कोठामा पस्ने वित्तिकै उनले घाँटी थिचेर मार्ने कोशिस गरेको र आफू उम्किएर बाँच्न सफल भएको पद्माले बताइन् ।

पिटाइ खाएपछि दिउँसो नजिकैको झाडीमा लुकेकी उनी राती घर जाँदा पछाडिबाट बाँसको चिर्पटले टाउकोमा ३ पटक र ढाड तथा हातमा प्रहार गर्दा आफू घाइते भएको उनको भनाइ छ ।

कुट्नका लागि सासू र देउरानीले समेत सहयोग गरेको पद्माको आरोप छ ।

हात भाँचिनुका साथै रगताम्मे हुने गरी कुटिए पनि उनलाई कसैले उद्धार गरेन । उनी बुधबार राति पुरानो घरमा रात काटेर विहीबार बिहान अस्पताल आएकी हुन् ।

उनले पिटाइ खाए पनि कुनै पनि हालतमा उम्मेद्वारी फिर्ता नलिने अडान दोहोर्‍याएकी छिन् । उनले हारको मानसिकताबाट ग्रसित भएर जेठाजुले आफूलाई कुटाएको गुनासो गरिन् । उनले उपचारपछि कारवाहीका लागि प्रशासनमा उजुरी दिने बताइन् । उनले आफ्नो जित सुनिश्चित रहेको पनि दाबी गरेकी छिन् ।

शुक्र, बैशाख २९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु

 फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ ।   निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो । छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३...

एकतापछि जनताको बहुदलीय जनवाद र माओवाद दुवै पथ प्रदर्शक सिद्धान्तको रुपमा रहने

बनेपा । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेकपा एमालेसँग पार्टी एकतापछि जनताको बहुदलीय जनवाद र माओवाद दुवै पथ प्रदर्शक सिद्धान्तको रुपमा रहने बताएका छन् ।   मंगलबार प्रेस सेन्टर काभ्रेले आयोजना गरेको अन्तक्रिर्यामा उनले जबज र माओवादको अन्तिम विन्दु एउटै भएकाले कुन मान्ने वा नमान्ने भन्ने...

प्रहरीको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम

नुवाकोट जिल्ला प्रहरीले ककनी गाउँ पालिकामा आज नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको छ। प्रमुख जिल्ला अधिकारि बिरेन्द्र कुमार यादव प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्थानीयहरुको बाक्लो उपस्थिति थियो । विभिन्न दलका कार्यकर्ता,नेता एबम आम नागरिकहरुले निर्बाचित स्थानीय प्रतिनिधि तथा सी.डी.ओं.संग  विभिन्न गुनासोहरु व्यक्त गरेका थिए प्रमुख अतिथि...

प्रचण्डलाई अध्यक्ष मानेर भए पनि वाम एकता भड्किन दिँदैनौं- झलनाथ

माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको बताएका छन् । वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने भन्दै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खनालको भनाइ...

प्रदेश ४ बैठक: पृथ्वीनारायणको प्रशंसा, संघीयतालाई ‘भालु’ को संज्ञा

माघ, पोखरा । सोमबार बिहान साढे १० बजेदेखि नै नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको गेटमा प्रदेश सांसदहरु लाइनमा उभिएका थिए । खुरुखुरु भित्र छिर्न लागेका सांसदहरुलाई प्रहरीले फर्काउँदै लाइनमा उभ्यायो ।   प्रहरीले रोक्दै गेटबाहिरै लाइनमा उभ्याएपछि प्रदेश सांसदहरु भन्दै थिए ‘हामीलाई पनि लाइन ?’, हामीले पनि...

प्रदेश ३ सचिवालय सदस्य गोकुल बास्कोटाले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय नभएकोबताए बताए

माघ, काठमाडौं । नेकपा एमालेका सांसद एवं प्रदेश ३ को सचिवालय सदस्य गोकुल बास्कोटाले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय नभएको बताएका छन् । एमाले नेता अरुण नेपालले चुनावअघि नै प्रदेश सचिवालयले अष्टलक्ष्मीको पक्षमा निर्णय गरिसकेको भनेकोप्रति बास्कोटाले आपत्ति जनाए । उनले भने– ‘म पनि सचिवालयमा छु,...