राजनिति

गोरखाबाट गिरफ्तार गरिएका पत्रकार विकाश भट्टराईलाई तत्काल रिहा गर्न माग


नेपाल पत्रकार महासंघ ललितपुर शाखाले गोरखाबाट गिरफ्तार गरिएका पत्रकार विकाश भट्टराईलाई तत्काल रिहा गर्न माग गरेको छ ।

आज विज्ञप्ती निकालेर महासंघले समाचार संकलनका क्रममा कार्यक्षेत्रमा खटिएको अवस्थामा पत्रकारलाई पक्राउ गरेको घटनाप्रति भत्सना गर्दै पक्राउ परेको पत्रकार भट्टराईलाई तत्काल रिहा गर्न माग गरेको हो ।

नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गर्ने पत्रकारलाई राज्यको निकायले नै पक्रउ गर्ने, पक्राउको विषयमा कुनै जानकारी नदिने जस्ता गैरजिम्मेवारी कार्य गरेकोमा महासंघ जिल्ला शाखा कडा शब्दमा भत्र्सना गर्दछ । साथै पक्राउ परेका पत्रकार भट्टराईलाई तत्काल रिहाइ गरी जनतालाई ससूचित गराउने काममा बाधा नपु¥याउन सम्बन्धित निकायलाई माग गर्दछौं , विज्ञप्तीमा उल्लेख छ ।

शाखा सचिव सविन शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ , महासंघ जिल्ला शाखा पत्रकारलाई निर्वाध र निर्भिक भएर पत्रकारिताको वातावरण निर्माण गर्न गोरखा जिल्ला प्रशासनको ध्यानाकर्षण गराउँछ ।

मङ्ल, जेष्ठ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कांग्रेस-माओवादीको चुनाव चिह्न एउटै ! तालमेल समीकरण

असार, काठमाडौं । अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर संयुक्त रुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । चार तहका दुई स्थानमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी तथा दुई तहका प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस हुने सहमति अनुसार उम्मेदवारी दर्ता गरेर यी दुवै...

बर्दघाट नगरपालिकाका एमाले मेयर उम्मेदवारको घरमा बम फेला परे

१० असार, काठमाडौं । नवलपारासीको बर्दघाट नगरपालिकाका एमाले मेयर उम्मेदवारको घरमा बम फेला परेको छ । मेयर उम्मेदवार धिरज शर्माको घरमा शनिबार बिहानै बम फेला परेको हो । बम राखेको जानकारी पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ । सेनाले बेलैमा बम...

रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि चुनावमा भाग लिए

रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि चुनावमा भाग लिएको छ । देशभर स्थानीय चुनाव बहिस्कार गरेको विप्लव समूहले रोल्पाको थवाङमा भने कांग्रेससँग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको छ ।   थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेकपाबाट अमित घर्तीले उम्मेदवारी दर्ता गराएका छन्...

असोजमा सार्ने निर्णय गरे पनि आन्दोलनकारीले अराजक क्रियाकलाप

असार, काठमाडौं । सरकारले राजपासँगको छलफलपछि २ नम्बर प्रदेशको चुनाव असोजमा सार्ने निर्णय गरे पनि आन्दोलनकारीले अराजक क्रियाकलापलाई तीब्रता दिएका छन् ।   राजपाले आह्वान गरेको मधेश बन्दको चौथो दिन शुक्रवार सिराहामा प्रहरी सवार बसमा तोडफोड गरेका छन् । उता नवलपरासीको परासी बजारमा नेपाली कांग्रेसका प्रचार सामाग्री...

समहमति जुटाउन सिंहदरबारमा राजपासँग बैठक

काठमाडौँ  – दोश्रो चरणको निर्वाचन बिथोल्न राजपा नेपालले गरेको बन्दले तराईको जनजीवन प्रभावित भइरहँदा तीन दल भने समहमति जुटाउन सिंहदरबारमा राजपासँग बैठकमा छ । राजपाका नेताहरू महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली...

गृह प्रशासनमा सुधार गर्नसक्ने हो भने शर्माको व्यक्तित्वसँगै राजनीतिक यात्रासमेत थप उज्यालिने

काठमाडौं- सत्ताधारी दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहमतिअनुसार सरकार परिवर्तन भएपछि कसले कुन मन्त्रालय पाउने हुन्, बाहिर कसैलाई सुइँको थिएन। गृहमन्त्रीको पदभार ग्रहण गरेलगत्तै जनार्दन शर्माबाट आएको अभिव्यक्तिले भने उनलाई आफूले पाउने जिम्मेवारीबारे पहिले नै थाहा रहेछ भन्ने पुष्टि गर्‍यो। शर्माले कार्यभार सम्हालेलगत्तैे प्रहरी संगठनको ‘चेन...