प्रमुख समाचार

दोलखाको जिरी नगरपालिका, रसुवाको कालिका गाउँपालिका र मकवानपुरको मकवानपुरगडीमा एमाले उम्मेदवार विजयी


जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनामा अग्रता लिइरहेको एमालेले थप एक नगरपालिका र दुई गाउँपालिकामा जित हासिल गरेको छ । दोलखाको जिरी नगरपालिका, रसुवाको कालिका गाउँपालिका र मकवानपुरको मकवानपुरगडीमा एमाले उम्मेदवार विजयी बनेका हुन् ।

दोलखाको जिरी नगरपालिकाको मेयरमा टंक जिरेल विजयी बनेका हुन् । जिरेलले ३२१२ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले १४०२ मत पाएका छन् ।

उता, रसुवाको कालिका गाउँपालिकामा एमालेकी सिता पौडेल प्रमुखमा विजयी भएकी छन् । उनी १४५८ मतका साथ विजयी बनेकी हुन् ।
उनको निकटतम प्रतिद्वन्दी कांग्रेसका साधुराम पौडेलले १२२५ मत ल्याए ।
उपप्रमुखमा एमालेकै भवानी न्यौपानेको पल्लभारी भएको छ । उनी १७०२ मतका साथ जित दर्ता गराउन सफल भएकी हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शिला मगरले १४ सय ११ मत ल्याइन् ।

मकवानपुरको मकवानपुरगडी गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । त्यहाँ एमालेका विदुर हुमागाई जित दर्ता गराउन सफल भएका छन् ।

बुध, जेष्ठ ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

स्वर्गीय आशाकाजी बासुकलाको स्मृतिमा रक्तदान र कदर

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्व सांसद तथा भक्तपुर नगरपालिकाका पूर्व प्रमुख स्वर्गीय आशाकाजी बासुकलाको स्मृतिमा गठित प्रतिष्ठानले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुरको ऐतिहासिक सिद्धपोखरीमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सहित १ सय ५ जनाले रक्तदान गरेका...

पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक दशैंको टीका नलगाउने

असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक दशैंको टीका नलगाउने भएका छन् । उनले शक्तिपीठहरुको पनि दर्शन गर्ने छैनन् ।   देशमा प्राकृतिक विपत्ती आएको भन्दै दशैंमा टीका नलगाउने र शक्तिपीठको दर्शन नगर्ने उनले बताएका छन् । पूर्वराजा शाहले दशैंको अष्टमीको दिन शक्तिपीठहरुको दर्शन गर्दै आएका छन्...

आफ्नो जन्मदिनको अवसरमा ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरे

असोज, रौतहट । आफ्नो जन्मदिनको अवसरमा सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरेका छन् ।   बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माण शिलान्यास गरेका हुन् । ५ करोड ७५ लाखमा निर्माण हुने उक्त वस्ती माझी, मुसहर, हजाम र...

प्रचण्ड रोल्पा जाने पूर्वसन्ध्यामा थवाङ गाउँपालिका अध्यक्ष अपहरित

 भदौ, रोल्पा । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो । सुतिरहेको बेला करिब २ बजे उनको अपहरण भएको प्रहरीले पुष्टी गरेको छ । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि...

भारतको पहिलो बुलेट ट्रेनको जापानी प्रधानमन्त्रीद्वारा शिलान्यास

जापानका प्रधानमन्त्री सिञ्जो आवेले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भारतको पहिलो तीव्र गतिको रेल सेवाको शिलान्यास गरेका छन् । यो योजनाका लागि जापानले सबैभन्दा धेरै लगाानी गरेको छ । उसले १७ अर्व डलर लगानी गरेको छ । बुलेट ट्रेन अहमदाबाद शहर र मुम्बई शहरको...

शमशेर बहादुर गाइजुलाइ नागरिक सेवा सम्मान २०७४

राष्ट्रिय नागरिक बिकास समाजले शिक्षा दिवसको अबसरमा आयोजना गरेको माननीय मन्त्रीज्युहरु बालबालिका तथा समाजकल्याण ,पशुपंक्षी बिकास राज्यमन्त्री ,तथा बिशिस्ट व्यक्तिहरुको उपस्थितमा यस बर्षको राष्ट्रिय नागरिक सेवा सम्मान २०७४ द्वारा श्री शमशेर बहादुर गाइजुलाई  सम्माम गरिएको छ /  उहाँ बिगत लामो समय देखि निरन्तर रुपमा ब्यापार...