प्रमुख समाचार

थरुहट र तराई आन्दोलनका मुद्दा फिर्ता


जेठ, काठमाडौं । स्थानीय चुनावमा मारिएका दुईजनालाई सरकारले शहीद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काभ्रेको नमोबुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गर्दै राहत रकम दिने निर्णय गरेको हो ।

नमोबुद्धमा बैशाख ३० गते राति पाठकलाई गोली हानेर अज्ञात समूहले हत्या गरेको थियो । उनको हत्या पछि नमोबुद्धको जनक मावि केन्द्रमा स्थानीय चुनाव स्थगित गरिएको थियो । यसैगरी माओवादीसँग झडप हुँदा जुगुमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।

सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुईजनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने र मृतकका छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

थरुहट र तराई आन्दोलनका मुद्दा फिर्ता

बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै त्यसमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको मन्त्री कार्कीले जानकारी दिए ।

सरकारले सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय पनि गरेको छ ।

बैठकले चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण गर्ने निर्णय पनि गरेको छ । गुरुयोजनामा नदी प्रणाली व्यवस्थापन तथा हरियाली प्रवर्द्धन, बन विकास र नवीकरण ऊर्जा प्रवर्द्धन, प्राकृतिक स्रोतको दीगो व्यवस्थापन, जलवायु परिवर्तनबाट हुने जोखिम व्यवस्थापनका लागि अनुकूलन कार्यक्रम समावेश गरिने छ ।

बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार बराललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बिहि, जेष्ठ ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले यस्तो सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्धिको सपना साकार हुने गरी विगतमा भएका सम्झौताको कार्यान्वयन र आर्थिक विकासमा केन्द्रित रही चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन् । आसन्न चीन भ्रमणबारे जानकारी दिन र सुझाव लिन प्रधानमन्त्री ओलीले आइतबार आयोजना गरेको छलफलमा समृद्धिका सपना पूरा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको...

मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी

 जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा मुख्य शहरबाट पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै उनले यो योजना काल्पनिक नभइ यथार्थमा परिणत गरेर देखाउने...

सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया हेटौंडामा शुरु

 जेठ, हेटौंडा । सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया हेटौंडामा शुरु भएको छ । सातै प्रदेशका कामहरुमा एकरुपता ल्याउन र सहकार्यको वातावरण निर्माण गर्न प्रदेश ३ को आन्तरिक मामलिा तथा कानून मन्त्रालयले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । ...

प्रचण्ड बिहीबार काभ्रेको बनेपा नगरपालिका ३ नालामा आफ्नो पुर्खौली घर खोज्दै आइपुगे

जेठ, काभ्रे । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार काभ्रेको बनेपा नगरपालिका ३ नालामा आफ्नो पुर्खौली घर खोज्दै आइपुगे । आउँदा उनले वडा अध्यक्ष केपी दाहाललाई सोधे ‘यहाँ कुन कुन जातका मान्छे बस्छन् ?’ प्रचण्डले दाहालको अनुहारले नै चिनिने भन्दै आफू भने दाहाल एकतामा मात्रै नभएर...

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि शीर्ष नेताहरुले बिरुवा रोपेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा बिरुवा रोपेर...