अन्तर्राष्ट्रिय

न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीको उत्तरी समुन्द्री किनारामा बस्ने नेपालीहरु संगठित हुदै


मे, सिड्नी । न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीको उत्तरी समुन्द्री किनारामा बस्ने नेपालीहरु संगठित हुदै सामाजिक कार्य मा सरिक हुन थालेका छन् ।

समुन्द्री किनाराका ससाना पहाड, जंगल र पार्कहरुले उत्तर सिड्नी सुन्दर छ । यूरोपेली मूलका आप्रवासीहरुको बाक्लो बस्ती रहेका यी इलाकाहरुमा सानो संख्यामा नेपालीहरु बसोबास गर्दछन ।

आगामी शनिबार नेपाली समुदायका अविभावक र अस्ट्रेलियामा जन्मिएका बालबालिकाहरुवीच परिचय आदानप्रदान गर्ने कार्यक्रमको तयारीमा लागेका अर्जुन गिरीले अनलाइन खबरलाई दिएको जानकारी अनुसार आगामी मे २० मा उत्तर सिड्नीको मेन्ली ड्याम इलाकामा बृहत भेटघाट कार्यक्रम राखिएको छ ।

कार्यक्रममा नेपाली अभिभावकहरुवीच परिचय, बालबालिकाहरुका लागि नेपाली झन्डा लगायतले अनुहार रंग्याउने, नेपाली भाषा कक्षा संचालन सम्बन्धी छलफल हुनेछ ।

लजिकल नेपाली नदर्न बिचेज यहाँका नेपालीहरुलाई एकजुट गर्ने सस्था बनेको छ । एक वर्ष अघि बनेको यो सस्थाले उत्तर सिड्नीका नेपालीहरुकावीचमा नेपाली चाडपर्बहरु मनाउने र परिचयलाई फराकिलो बनाउने काम गरिरहेको छ ।

नेपालीहरु ठुलो बसोबास भने सिड्नीको पुर्वी र पश्चिमी वस्तीहरुमा छ । नेपालीहरुका ठुला जमघटहरु भने पश्चिम सिड्नी मै हुने गर्दछन ।

आयोजक सस्था का अध्यक्ष अर्जुन गिरीका अनुसार सिड्नीको नदर्न बिचेज इलाकामा करिब पाँच सय नेपाली बसोबास गर्दछन ।

यहाकाँ मेन्ली, वारिन्गा र पिट्वाटर मिलेर स्थानीय सरकारी निकाय नदर्न बिचेज काउन्सिलको स्थापना सन २०१२ मा भएको हो जहाँ २ लाख ६३ हजार ४१३ अस्ट्रेलियनहरु बसोबास गर्दछन । जसमा डी वाई, नाराबन, मेन्ली , एक्वेल, फ्रेंच्फरेस्ट, कार्ल कार्ल, बिल्बोला फ्रेश वाटर, वारिवूड कोलोरोय इलाकामा नेपाली को पातलो बसोबास छ ।

यस अघि मेन्ली बीचमा होली कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा २५० नेपाली सहभागी थिए ।

नेपालबाट परिवारका सदस्यहरु भेट्न आएका अभिवाबकलाई एक्लो अनुभूति नगर्न र नयाँ पुस्तालाई नेपाली भाषा संस्कृतिप्रति प्रेम जगाउन यो कार्यक्रम सहयोगी हुने आयोजक हरुले बिश्वास लिएका छन् ।

बिहि, जेष्ठ ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरे

असोज, काठमाडौं । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल...

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा नयाँ प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय

भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामा नयाँ प्रतिवन्ध लगाउने सर्वसम्मत निर्णय गरेको छ । प्रतिवन्धको पक्षमा चीन र रुस पनि उभिएका छन् ।   विश्व समुदायको चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । पछिल्लो पटक परमाणु बमको समेत...

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गुआङदोङमा महावाणिज्य दूतावास उदघाटन

भदौ, बेइजिङ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावास कार्यालयको उदघाटन गरेका छन् । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री महराले आइतबार गुआङदोङमा आयोजना गरिएको एक विशेष कार्यक्रममलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकोमा चीन सरकार र गुआङदोङको प्रान्तीय सरकारलाई धन्यवाद दिए ।   मन्त्री...

बार्सिलोना हमलाको ४८ घण्टापछि…

स्पेनको पर्यटकीय शहर बार्सिलोनामा आतंककारी हमलाको ४८ घण्टापछि हामी घटनास्थल पुग्यौं ।१ दशमलव २ किलोमिटर लामो राम्बलास सडकमा मान्छेहरुको झनै ठुलो भिड थियो । आतंकवादबिरुद्दको सन्देश स्वयं भिड आँफै बोलिरहेको थियो । संसारका थुप्रै मुलुकहरुबाट श्रदाञ्जली ब्यक्त गर्नेहरुले आ-आफ्नो ढंगबाट सडकमा केहि कोरिरहेका थिए । नजिकै रहेको...

चीनले उत्तर कोरियाबाट आयात कोइला, फलाम, कच्चा लिड लगायतका सामाग्रीहरूको आयातमा प्रतिबन्ध लगाउने घोषणा

बेइजिङ चीनको वाणिज्य मन्त्रालयले मंगलबारदेखि लागु हुने गरी उत्तर कोरियाबाट आयात हुँदै आएको कोइला, फलाम, कच्चा लिड लगायतका सामाग्रीहरूको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अमेरिकी दैनिक पत्रिका वासिङ्टन पोष्टको अनलाइनले जनाएअनुसार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को निर्णय कार्यान्वयन गर्दै चीनले उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दीको घोषणा गरेको...

चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा शक्तिशाली भूकम्प

२५ साउन, बेइजिङ । चीनको सिचुआन र गान्सु सीमा क्षेत्रमा मंगलबार साँझ गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा १३ पुगेको अधिकारीहरूले जनाएका छन् ।   अन्य एक सय ७५ जना घाइते भएका छन् । सिचुआन प्रान्तको जिउचेइगउ काउन्टीको आकस्मिक सेवा कार्यालयका अनुसार सात रेक्टरस्केलको धक्का...