प्रमुख समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वडा मै एमाले उम्मेदवार हरि आचार्य विजयी


जेठ, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वडा मै एमाले उम्मेदवार हरि आचार्य विजयी भएका छन् ।

भरतपुर महानगरपालिका वडा नः ४ मा एमालेका उम्मेदवार आचार्यले कांग्रेसका उम्मेदवार उपेन्ऽराज सापकोटालाई ७ मतको झिनो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् ।

आर्चायले १ हजार ७ सय २० मत प्राप्त गर्दा सापकोटाले १ हजार ७ सय १३ मत प्राप्त गरे ।

यहाँ कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गरेको थियो । तर, आयोगले मत संख्या गणनाका आधारमा आचार्यलाई बिहीबार साँझ मात्रै बिजयी भएको घोषणा गरेको छ ।

मेयरकी उम्मेदवार माओवादी कांग्रेस गठबन्धनकी रेणु दाहाल उठेको वडामै माओवादी केन्ऽको भोट कांग्रेसको भन्दा पनि कम आएको छ ।

कांग्रेसको केही भोट राप्रपालाई गएको अनुमान गरिएको छ ।

प्रचण्डको घर महानगरपालिकाको वडा नं. ४ को त्रिचोक नजिक छ । प्रचण्डले लक्ष्मी मावि लंकुबाट मतदान गरेका थिए ।

यस अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले मतदान गरेको भक्तपुरको वडामा कांग्रेसले जितेको थियो ।

शुक्र, जेष्ठ ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

फोटो पत्रकारहरु चन्द्रशेखर कार्की ,नरेन्द्र श्रेष्ठ, प्रकाश माथेमा र बिकाश कार्कीले देखेका र उम्मेदवारको टिकट वितरण गर्दा नदेखेका नेता

यो तस्बिरहरु खिच्न फोटो पत्रकारहरु चन्द्रशेखर कार्की ,नरेन्द्र श्रेष्ठ, प्रकाश माथेमा र बिकाश कार्कीले ज्यान फालेका रे / जसको फोटो मात्र खिच्न पनि हम्मे हम्मे हुन्थो ,आज तिनै नेता किन ओझलमा पत्रकारहरु प्रश्न शोधिरहेका छन् ? अबका दिनहरुमा पनि पावर वाला ,नाताबाद ,कृपाबाद र दहिच्युरेहरुले मात्र अवसर पाउने हुन्...

राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिए

४ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएकी छन् । उनी सोमबार बिहान साढे ९ बजे लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेकी थिइन् ।   उनले प्रकाशको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । साथै शोकाकुल परिवारलाई भेटेर समवेदना व्यक्त गरेको...

प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान नर्भिक अस्पतालमा निधन

मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।   दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार...

म्यानपावरबाट घुस बटुल्ने डीजी सा’ब अष्ट्रेलिया भाग्न पाएनन्

कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले एसआरएस म्यानपावरकी सञ्चालिका शुभद्रादेवी बराललाई फोन गरे र भने- ‘तपाईंको काम भयो, मेरा मान्छेलाई बेलुकी भेट्नू ।’   मंगलबार राति ८ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित नयाँबानेश्वरको...

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्नु हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा  कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्ने भएकी छन्। कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता...

वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैनः ओली

 झापा, काँकडभिट्टा ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।   झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए ।’नेपालका कम्युनिष्ट...