साहित्य गतिबिधि

प्रज्ञाले राष्ट्रिय वाङ्मय गोष्ठी आयोजना गर्ने


काठमाडौँ, जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठानले जेठ ६ गतेदेखि तीन दिनसम्म प्रज्ञाभवन, कमलादीमा ‘राष्ट्रिय वाङ्मय गोष्ठी’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानको हीरक महोत्सवका अवसरमा आयोजना गरिने वाङ्मय गोष्ठीमा नेपाली भाषा, मातृभाषा, कविता, आख्यान, समालोचना, अनुवाद, दर्शन, बालसासाहित्यका अलावा भारतीय नेपाली साहित्यको वर्तमान अवस्थादेखि सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका सम्बन्धमा विज्ञहरूबिच समूह छलफल चलाइने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी गराउनुभयो । 

उपकुलपति डा. विष्णुविभु घिमिरेका अनुसार प्रधानमन्त्रीद्वारा उद्घाटन गरिने वाङ्मय गोष्ठीमा वाङ्मयका विभिन्न विधामा बहस तथा सांस्कृतिक कार्यक्रमका साथै काव्यउत्सव समेत आयोजना गरिने छ । गोष्ठीमा देशका सात वटै प्रदेशका प्रतिनिधि स्रष्टाहरूका अलावा भारतका सिक्किम, असम, तेजपुर, डुवर्स, दार्जिलिङ, कालेबुङ र सिलगुढीबाट भारतीय नेपालीभाषी साहित्यकारहरूको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।

शुक्र, जेष्ठ ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नाैलाे साहित्यिक बिहान समाज र याक्थुम प्रज्ञा प्रतिष्ठानले अायाेजित बहुभाषिक संगाेष्ठी भब्यताका साथ सम्पन्न

खाेज संवाददाता जेठ २७ पाँचथर फिदिम नाैलाे साहित्यिक बिहान समाज र याक्थुम प्रज्ञा प्रतिष्ठानलेले अायाेजना गरेकाे बहुभाषिक संगाेष्ठी भब्यताका साथ सम्पन्न भयाे ।अाजकाे कार्यक्रममा सभापति प्राज्ञ श्रवण मुकारूङ र प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । प्रेम अाेझा, राज माङ्गलक, मुनराज शेर्मा ,इन्द्रसिह राजवंशी, लक्ष्मी...

पाँचथर फिदिम बजारमा दुई दिवसिय बहुभाषिक साहित्य संगाेष्टि शुरू

खाेज संवाददाता जेठ २५ २०७५ पाँचथर पाँचथर जिल्लाकाे सदरमुकाम फिदिम बजारकाे  जिल्ला समन्वय समितिकाे हलमा दुई दिवसिय बहुभाषिक साहित्य संगाेष्टि शुरू भएकाे छ ।  नेपाल प्रज्ञाप्रतिष्ठान  काठमाडौंकाे प्रायाेजनमा नाैलाे  साहित्यिक समाज नेपाल र  याक्थुम पज्ञा प्रतिष्ठानले अायाेजना गरेकाे उक्त प्रदेश स्तरीय कार्यक्रममा अविरल वर्षाका बाबजुत पनि...

बरिष्ट साहित्यकार विश्वबिमोहन श्रेष्ठ सम्मानित

आज २०७५ साल ज्येष्ठ १२ गते युगकवि सिध्दिचरण श्रेष्ठको १०७औं जयन्ति मनाउँदै लीलाध्वज थापा साहित्य प्रतिष्ठानको एकाईसौं रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रन सम्पन्न भयो । सो कार्यक्रममा वरिष्ट साहित्यकार श्री विश्वबिमोहन श्रेष्ठ स्रष्टा सम्मान ग्रहण गर्नुहुँदै युगकवि सिध्दिचरण तथा उपन्यासकार लीलाध्वज थापाको बारेमा चर्चा...

साहित्य समाजकाे सर्जक जमघट

सर्जक जमघट साहित्य समाजकाे सर्जक जमघटकाे श्रृङखला डा घनश्याम परिश्रमीकाे प्रमुख अातित्यतामा र अतिथिहरूमा डा विदुर चालिसे ,पाेष्टराज चापागाईं, कलानिधि दाहाल र सुनिल अधिकारी अादी रहनुभएकाे छ । कार्यक्रममा ३ वटा मुक्तक, एक गजल र एक कविता मध्ये कुनै एक विधामा रचना वाचन गर्न पाइन्थ्यो...

देशविदेशका २२ जनालाई नइ पुरस्कार

काठमाडौँ, वैशाख ३० गते । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले राजधानी काठमाडौमा देशदेशान्तरका २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो । नइ प्रकाशनले हरेक वर्ष शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई दुबोको माला...

थापा र अधिकारीलाई बधाई तथा शुभकामना !

काठमाडौं, वैशाख २७ गते । संसाक मासिक र खोज टी.भी.ले कवि मित्र रविन्द्र थापा र यशोदा अधिकारीलाई एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदानगरेको छ । थापा हालै प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको छ भने अधिकारीले रेडियो नेपालको अधिकृत तहमा लोकसेवा उत्तीर्ण गरी कामको...