पर्यटन

निगममा पाइलट टिकाउनै गाह्रो

-सुशील भट्टराई


काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सानादेखि ठूला जहाज थप्ने तयारीमा छ तर, वरिष्ठ पाइलटले भने संस्था छाडिरहेका छन् ।

निजी क्षेत्रका विभिन्न आन्तरिक वायुसेवा कम्पनीमा पाइरहेको आकर्षक तलबभत्ता छाडेर निगममा ‘जेट इन्जिन’ जहाज उडाउन पाइने आसमा आएका चार पाइलटले राजीनामा दिएपछि उडान तालिकासमेत प्रभावित भएको छ ।

निगमका एक उच्चअधिकारीका अनुसार आन्तरिक उडान गर्ने १९ सिट क्षमतायुक्त ‘ट्विनअटर’ जहाजका वरिष्ठ क्याप्टेनद्वय अभिशेष राई र सुनिल जोशी तथा क्याप्टेनद्वय रोशन केसी र जीवनकुमार (जेके) निरौलाले राजीनामा दिएका हुन् ।

निजी क्षेत्रका वायुसेवा कम्पनीको आकर्षक तलबभत्ता छाडेर नेपाल वायुसेवा निगममा ‘जेट इन्जिन’ जहाज उडाउन पाउने आसमा आएका चार पाइलटले राजीनामा दिए 

‘चारैजना क्याप्टेन निजी वायुसेवा तारा एअरबाट निगम आएका थिए र सबैको आशा ट्विनअटर जहाजबाट फड्को मार्दै जेट इन्जिन जहाज उडाउने थियो,’ ती अधिकारीले बिहीबार नागरिकसँग भने, ‘तर, तीन वर्षसम्म पनि जेट उडाउन नपाएपछि उनीहरूले राजीनामा दिए ।’

राजीनामा दिएका क्याप्टेनहरूसँग नजिक रहेका निगमका एक क्याप्टेनका अनुसार वरिष्ठ क्याप्टेन राई निजी वायुसेवा सौर्य एअरलाइन्समा जाने तयारीमा छन्ल जोशी सौर्य एअरलाइन्समाा गएर थप तालिमका लागि लिथुवानियामा छन् । सौर्यसँग हाल ५० सिट क्षमताका जेट इन्जिनजडित दुइटा जहाज छन् ।

त्यसैगरी क्याप्टेन केसी अर्को निजी कम्पनी श्री एअरलाइन्समा गएका छन् । श्रीसँग पनि ५० सिट क्षमताका जेट इन्जिनजडित दुइटा जहाज छन् । श्रीले एक महिनाअघि ती जहाज खरिद गरेको थियो । हेलिकोप्टर कम्पनी श्रीले नियमित यात्रु उडान गर्न ती जहाज ल्याएको हो । ७२ सिटको जेट इन्जिनयुक्त तेस्रो जहाज पनि ल्याउने तयारीमा श्री छ । श्री एअरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) पाउने अन्तिम प्रक्रियामा छ ।

अर्का क्याप्टेन निरौला पुनः तारा एअरमै फर्किएका छन् । उनले तारामा ट्विनअटर जहाज नै उडाउँछन् । चारै क्याप्टेनले न्यूनतम साढे दुईदेखि तीन वर्षसम्म निगममा ट्विनअटर जहाज उडाएका थिए । ‘निगममा तलबभत्ता निजीको जस्तै आकर्षक भएको भए ती क्याप्टेनलाई थप केही अवधि रोक्न सकिन्थ्यो,’ निगमका ती क्याप्टेनले भने, ‘तर, ट्विनअटर जहाज उडाउने वरिष्ठ क्याप्टेनले ४५ घन्टा ‘ग्यारेन्टी आवर’ सहित मासिक अधिकतम १ लाख ५० हजार रुपैयाँसम्म मात्र हात पार्छन् । उता निजी कम्पनीमा जहाज उडाउने वरिष्ठ पाइलटले भने मासिक अधिकतम ७ लाख रुपैयाँसम्म हात पार्छन् ।’

सम्बद्ध अधिकारीका अनुसार अब निगममा ट्विनअटर जहाज कमान्ड गर्ने वरिष्ठ क्याप्टेन इच्छाराज (आइआर) गुरुङ, नगेन्द्र भट्टराई र क्याप्टेन उज्ज्वल सिल्वाल मात्र छन् । निगमसँग दुइटा ट्विनअटर छन् । अर्का क्याप्टेन मानबहादुर (एमबी) तुम्बाहाम्फे दर्जा क्याप्टेन भए पनि को–पाइलट भएर उडिरहेका छन् भने क्याप्टेन हीरा थापाले सुगम क्षेत्रका केही गन्तव्यमा मात्र कमान्ड गरिरहेका छन् । वरिष्ठ को–पाइलटमा मनीषविक्रम शाह र राजकुमार रौनियारमात्र छन् ।

दुइटै ट्विनअटर ‘ग्राउन्डेड’
निगमले करिब चार दशकदेखि उडाइरहेका दुइटा ट्विनअटर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन् ।

सम्बद्ध स्रोतका अनुसार दुवै जहाजको इन्जिनमा रहेका आगो नियन्त्रण गर्ने ‘फायर एक्सटिनगुइसर’ को उपयोग मिति सकिएका कारण ती जहाज ग्राउन्डेड भएका हुन् । कलसाइन ‘९एन–एबियु’ र ‘९एन–एबिटी’ थन्किएका हुन् ।

‘उपकरण आइपुग्न थप तीन दिन लाग्छ । त्यतिन्जेल जहाज थन्किनेछन्,’ स्रोतले भन्यो, ‘उपकरण म्याद सकिन लागेपछि पहिल्यै मगाउनुपथ्र्यो तर जानाजान जहाज थन्कयाउन यस्तो नचाहिने काम भएको देखिन्छ ।’

५८ सिटे जहाज पनि ग्राउन्डेड 
निगमसँग रहेका ५८ सिट क्षमतायुक्त दुइटा ठूला चिनियाँ जहाज ‘मोडर्न आर्क’ (एमए–६०) मध्ये एउटा जहाजमा चरा ठोक्किएपछि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड भएको छ ।

केही दिनअघि विराटनगरबाट काठमाडौं आउने क्रममा कलसाइन ‘९एन–एकेआर’ भएको उक्त जहाजमा चरा ठोक्किएको थियो । क्याप्टेन प्रशन्न राणाले उडाएको जहाजमा चरा ठोक्किएपछि क्षति पुगेको छ । सो जहाज मर्मत प्रक्रियामा छ ।

त्यसबाहेक १७ सिट क्षमताका अर्का दुईटा साना चिनियाँ जहाज ‘वाई१२–ई’ उडान गर्न तयारी हालतमा भए पनि कमान्ड गर्ने क्याप्टेन अभावमा उड्न सकेका छैनन् । कलसाइन ‘९एन–एकेएस’ र ‘९एन–एकेटी’ का ती जहाज त्रिभुवन विमानस्थलमै थन्किएका छन् ।

शुक्र, जेष्ठ १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदै

कात्तिक, मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।   राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

 हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन समिट होटलको ३८ औ बार्षिक उत्सब तथा अ.ने.हो.क्या. तथा रे.म.संघ समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५९ र महिला २२ गरि जम्मा ६८ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा  पुरष तर्फ़ प्रथम बाबुराम राई, दोस्रो मनोज देउजा, तेस्रो...

नेपालमा पहिलो पटक पर्बतारोहण अध्यायन

नेपालमा पहिलो पटक पर्वतारोहण अध्यायन गर्न पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत त्रिभुवन विश्व बिद्यालयबाट पाउने  भएको छ /यस सम्बन्धि अध्यायन अध्यापन हाललाई नेपाल माउन्टेन एकेडेमीले शुरु गर्ने भएको छ / यो नेपालका लागि र विश्व साहासिक व्यक्तिहरुको लागि एउटा महत्वपूर्ण र पहिलो अध्यायन केन्द्र हुने...

दुई हप्तामा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री र माथिल्लो भागमा उल्लेख्य परिवर्तन

  काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो...

नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाए

जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाएको छ । कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ । भोलि सोमबार  नागरिक लगानी कोषले निगमसँग यस्तै सम्झौतामा हस्ताक्षर गर्नेछ । नागरिक लगानीकोषसँग आजै समझौता...

हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारे

नेपालगञ्ज- नेपाली यात्रु नबोकेको भन्दै हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारेका छन्। बिहान ६ बजेदेखि उडान हुने हुम्लामा अहिलेसम्म उडान भएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रताप तिवारीले हुम्लाको अवरोध नहट्दासम्म उडान हुन नसक्ने बताए। हुम्ला र नेपालगन्ज विमानस्थल पुगेका कैलाश मानसरोवर...