विचार

नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरे


जेठ, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् ।

निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने प्रश्न गरेका थिए ।

 

कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक पद्धतिमा पार्टीलाई हिँडाउने कि नहिँडाउने भन्ने अहिलको चासो र चिन्ता भएको जनाउँदै पौडेलले भने, ‘पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने ? कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने ? क गरी जनतामा आशा र भरोसा जगाउने भन्नेतर्फ सोच्नु पर्दैन ?’ पौडेलले पार्टीले ठीक समयमा ठीक निर्णय लिन नसक्दा समर्थकहरुले छाड्दै जान थालेको भन्दै नेतृत्वलाई सचेत गराएको खबर नागरिक दैनिकमा छ ।

आइत, जेष्ठ २१, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वाम एकताबाट लोकतन्त्रको अपहरण हुन्छ कि भन्ने कांग्रेसको जुन आशंका छ, त्यो व्यर्थ देखिन्छ

जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादपक्षधर प्रमुख कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल तथा पार्टी एकीकरणले नेपालको राजनीतिक तहमा आठ रेक्टरको भूकम्प सिर्जना गरेको छ। एमाले र माओवादी केन्द्रले उपर्युक्त दुवै सिद्धान्तको प्रतिपादन परिस्थितिको ठोस विश्लेषण गरेरै गरेका हुन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समग्र कम्युनिस्ट आन्दोलनको...

को हुन् एमाले-माओवादी एकताका सूत्रधार ?

असोज, काठमाडौं । ०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी ठूलो मतान्तरसहित मुलुकको पहिलो दल बनेपछि प्रचण्डले आन्तरिक भेलाहरुमा भनेका थिए, अब सके एमालेलाई निल्ने नत्र ऊसँग मिल्ने नीतिअनुरुप नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ ।   ‘सके मिल्ने नसके निल्ने’ नीति कुनैबेला माओवादीले लियो भने त्यही नीति एमालेले ०७०...

२५ वर्षको तथ्यांकः मधेसमा कम्युनिष्ट बढ्दै, कांग्रेस घट्दै

दुई नम्बर प्रदेशको भूभागअन्तरगत रहेको नेपालको मधेस नेपाली कांग्रेसको आधार क्षेत्र हो कि कम्युनिष्टहरुको ? वा यो प्रदेश क्षेत्रीय-जातीय पार्टीहरुको आधार क्षेत्र हो ? आउनुहोस् यस विषयमा ०४८ साल यताको करिब २६ वर्षको इतिहास खोतलौं- हुन त मधेसमा कांग्रेस र कम्युनिष्टहरुको जनाधारको चर्चा गर्दा ०४८ सालभन्दा...

प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम

 साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत उनले बताए । पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग...

गोर्खाल्याण्ड: नकोरिएको इतिहास

प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्-  ‘इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट  अर्थात् , यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो...

मधेस मतदान गर्न आतुर

सुनसरी- दुहबी–११ स्थित तनमुना बस्तीका बासिन्दा शुक्रबार मध्याह्नको टन्टलापुर घाम छल्न रूखमुनि बनाइएको चौतारोमा गफिइरहेका थिए। असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह चुनावमै उनीहरूको गफ केन्द्रित थियो। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको घरभन्दा करिब तीन किलोमिटर दक्षिणमा रहेको यो बस्तीमा मधेसी समुदायको बाहुल्य...