पर्यटन

नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाए


जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाएको छ । कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ । भोलि सोमबार  नागरिक लगानी कोषले निगमसँग यस्तै सम्झौतामा हस्ताक्षर गर्नेछ ।

नागरिक लगानीकोषसँग आजै समझौता गर्नेकार्यक्रम भएपनि समय अभावका कारण भोलिलाई सारिएको छ । निगमले नागरिक लगानी कोषसँग पनि समझौताका लागि सैद्दान्तिक सहमति गरिसकेको छ ।

 

निगमले यसअघि नै पोर्चुगिज हाई-फ्लाई र अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइडबडीको खरिद सम्झौता गरिसकेको छ । सञ्चय कोषसँग मात्रै १२ अर्ब रुपैयाँ ऋण लिने गरी सम्झौता भएको निगम स्रोतले जानकारी दियो ।

ऋणको अवधि १५ वर्षको हुनेछ । निगमलाई कोषले सरकारको जमानीमा ऋण दिने गरी सम्झौता गरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँ ऋण लिन लागेको हो ।

दुबै कोषले हाललाई ९ प्रतिशत ब्याजदरमा ऋण दिएका छन् । तर, सञ्चय कोषसँगको सम्झौतामा आफ्ना सञ्चयकर्तालाई दिइने ब्याजदरभन्दा २१.५ प्रतिशत ब्याजदर कायम रहने उल्लेख छ ।

अहिलेको ब्याजदरका आधारमा ९ प्रतिशत कायम भएपनि कोषले सञ्चयकर्तालाई ब्याज बढाएमा ऋणको ब्याजदर पनि बढ्नेछ ।

सुरुवातमा निगमले अब दुबै कोषबाट ४ अर्ब देखि ४ अर्ब २५ करोड रुपैयाँसम्मको पहिलो भुक्तानी लिनेछ । निगमले पहिलो विमान सन् २०१८ को अपि्रलसम्म आइसक्ने गरी सम्झौता गरेको छ । दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने छ ।

दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ । यो नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गर्न लागिएको यो पहिलोपटक हो ।

निगमले फागुन ४ गते दुईथान वाइडबडी जहाज खरिद गर्न एएआरलाई बैनास्वरूप १० लाख अमेरिकी डलर पनि पठाइसकेको छ ।

बैना पाएपछि नै एएआरले निगमलाई खरिद सम्झौताको मस्यौदा पठाएको थियो । एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो ।

वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०-२००’ जहाज खरिदका लागि खोलेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

अहिले नेपालले किन्न लागेको विमान अन्तर्राष्ट्रिय बजार मूल्य भन्दा सस्तो परेको छ । पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरबससँग खरिद अर्डर गरेको थियो । तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, त्यो विमानलाई एएआरले सकारेर नेपाल एयरलाइन्सलाई बेच्न लागेको छ ।

अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज शहरमा छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा बिजनेश क्लासका सिट क्षमताका हुनेछन् ।

यी जहाज नेपाल आएपछि राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्सले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्नेछ ।

सोम, असार १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

रानीकोटदेखि नालासम्म

भाद्र १, २०७५ कान्तिपुर संवाददाता काठमाडौँ — भक्तपुर प्राचीन राज्यको राजधानी हो, जहाँ कलात्मक कलाकृतिसँगै पुस्तौंअघिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र र चाँगुनारायणमात्र होइनन्, यस जिल्लामा आन्तरिक र बाह्य पर्यटकको मन जित्ने अन्य स्थानहरु पनि छन् । काठमाडौं उपत्यकाको कोलाहल, भीडभाड,...

नाला तन्चोकमा आकर्षक भ्यु टावर

विश्वमा नेपाल पदयात्राको लागि र हिमाल हेर्नको लागि उत्कृस्ट देश हो । नेपालमा आउने धेरै जसो पर्यटकहरु पदयात्राको लागि आउछन यसै कुरालाई मध्ये नजर गरि जागारुक युवाहरुले अर्को नगरकोट बनाउन नाला तन्चोकमा आकर्षक भ्यु टावर बनाइ रिसोर्ट संचालन गरेका छन् । चार ,पांच जनाको समुह बनाइ करिब...

पूर्वलडाकुको मुख्यालय रहेको शक्तिखोर युद्ध पर्यटकीय केन्द्र !

साउन, चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादीको तेस्रो डिभिजन रहेको शक्तिखोर व्यारेक भएको स्थानलाई युद्ध सम्बन्धी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।   चितवनको भरतपुरमा भएको पर्यटन विकास सम्बन्धी छलफल कार्यक्रममा स्थानीय कालिका नगरपालिकाका तर्फबाट गरिएको प्रस्तावमाथि टिप्पणी गर्दै...

फस्टाउँदै पर्यटन

फस्टाउँदै पर्यटन याेगेश ढकाल नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । ०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी...

चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द

दक्षिण पश्चिम चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुने भएको छ ।   अत्यधिक खर्चका कारण झरना सञ्चालन गर्न अप्ठेरो भएसँगै बन्द गर्न लागिएको हो । यो झरनाले पर्यटकबाट हुने आम्दानीबाट यसको सञ्चालन खर्चसमेत उठाउन नसकेपछि यो सेतो हात्ती बन्दै गएको थियो...

काभ्रेको उग्रचण्डी नाला बनेपामा होम स्टेको आवश्यकता र चुनौती

होमस्टे भनेको स्थायी घर बाँस भएको स्थानबाट अर्को स्थानमा अस्थाई रूपमा भ्रमण गरि कम्तिमा २४ घन्टा समय विताई त्यहाँको आवास,खानाआदि सेवा उपभोग गरि प्राकृतिक सौन्र्दर्य ,स्वच्छ र शान्त वातावरण ,डाँडाकाडाँ , भिरपाखा, हरियाली वनजङ्गल, खोलानाला, तालतलैया, झरना , छाँगा  धार्मिक तथा एतिहासिक स्थान र...