शिक्षा

एसईई परीक्षाको नतिजा प्रकाशित


असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।

 

यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए ।  ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।

सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना सफल भएका छन् ।

त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ विद्यार्थी सफल भएका छन् ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ५० हजार ५ सय ४६ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना सफल भएका छन् ।

नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन्

ग्रेड सी र त्यो भन्दा कम अंक ल्याउने विद्यार्थीले यसैवर्ष सबै विषयको परीक्षा दिन पाउने छन् ।

नतिजा हेर्नका लागि

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे  www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।

परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।

कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

शुक्र, असार २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सरस्वती पुस्तकालय सहयोग समिति ले दशै बिशेष कार्यक्रम गर्ने ।

लामो समय यता निरन्तर रुपमा सामाजीक काममा खटिदै आएको निश्वार्थ सामाजिक संस्था सरस्वती पुस्तकालय सहयोग समिति काठमाण्डौ ले यस बर्षको दशै तिहार बिचको समयमा बाताबरण सरसफाई एबं बिबिध कार्यक्रम गर्ने भएको छ। तमानखोला गाँउपालिका का प्रमुख जोकलाल बुढाको प्रमुख आतिथ्यता र तमानखोला गाँउपालिका ४ नं.वडा अध्यक्ष...

दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन्

कलेजमा फेल हुनुभयो ? केही चिन्ता लिनुपर्दैन । दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन् । फेल भएकाहरुले मात्र पढ्न पाउने कलेज अमेरिकामा छ । उक्त कलेजको नाम हो स्मिथ कलेज । सो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन...

बिद्यालय स्ततीय बृहत चित्रकला प्रतियोगिता

युथ कर्नर क्लबद्वारा बिद्यालय स्ततीय बृहत चित्रकला प्रतियोगिता गरिने भएको छ /हनुमान ढोका दरबारमा क्षेत्रमा आयोजना गरिने सो प्रतियोगितामा तीन समुहमा भाग लिन सकिनेछ /समुह क मा कक्षा १ देखि ४ सम्मको ले भाग लिन पाउने छ र सो समुह लाइ शीषकदिएको छैन /हाम्रो नेपाल...

राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको ११ कक्षाको परीक्षा बिहान ७ बजेदेखि सुरु

भक्तपुर, असार १ – कक्षा ११ को परीक्षा बिहीबारदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको परीक्षा बिहान ७ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।  असार १० गतेसम्म संचालन हुने परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा...

भक्तपुरको सामाजिक कार्यमा निकै सक्रिय युवा समुह सि .एस.डि.

भक्तपुर । भक्तपुर नगरपालिका १ टेखापुखुमा आगलागी हुँदा पाँच घर जलेर करिब ८ परिवार घरबिहिनभएका स्थानीइलाई राहात स्वरुप गरिएको छ । स्थानीय सिएसडि समूहले उक्त राहत वितरण गरेको हो ।  सिएसडिका  संयोजक रत्नसुन्दर हाकुदुवालका अनुसार समूहले अग्नी पीडितहरुलाई खाद्यान्न लगायत अन्य सामग्रीहरु वितरण गरिएको छ...

प्रेस काउन्सील अध्यक्ष भवानी बरालले कार्यभार सम्हाले

जेठ, काठमाडौं । प्रेस काउन्सील नेपालका अध्यक्ष भवानी प्रसाद बरालले आज कार्यभार सम्हालेका छन् । सरकारले उनलाई जेठ ४ गते प्रेस काउन्सीलको अध्यक्षमा नियुक्त गरेको थियो । आइतबार पद तथा गोपनियताको सपथपछि कार्यभार सम्हाल्दै बरालले बिगतको समिक्षा गरी स्वस्थ, मर्यादित र जवाफदेही पत्रकारिताको बिकासका लागि काम गर्ने...