जीवन र जगत

एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ


असार, महोत्तरी । जिल्लाको औरही गाउँपालिका–२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल साह, २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

 

गत जेठ २८ गते राति करिब ८ बजेको समयमा औरही बजारबाट फुल्बरिया गाउँतिर एक्लै जाँदै गरेकी २१ वर्षीया एक युवतीलाई औरही बजारदेखि ९०० मिटर आँपको बगैँचामा ढुकेर बसेका चारैजना युवाले रोकेर खेतमा लगी पालैपालो जबर्जस्ती करणी गरेको प्रहरी उपरीक्षक लम्सालले बताए ।

सामूहिक बलात्कारमा संलग्न युवा सुनिल साहलाई प्रहरीले घटनाकै राति करिब १० बजे समातेको थियो भने अन्य तीनजना युवा फरार रहँदै आएकामा बिहीबार उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक लम्सालले बताए । सामूहिक बलात्कारमा संलग्न चारैजना युवालाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी जबरजस्ती करणी मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक लम्सालले बताए ।

घटना घटेलगत्तै प्रहरीले उद्धार गरेको पीडित युवतीलाई स्वास्थ्य उपचार गराई अभिभावकको जिम्मा लगाइएको र उनको अवस्था ठीक रहेको प्रहरीले जनाएको छ ।

शुक्र, असार ९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना

विश्वमा सन् २०१० को आँकडा अनुसार  ११ हजार ३३ प्रजातिका चराहरू पाइन्छन् । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेशनल रेडलिष्ट अफ बर्डस’ मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ । जुन संसारको ९ प्रतिशत हुन्छ । भौगोलिक विविधता भएको नेपालमा अनेक खालका जातजातिका चरा...

युवा पुस्तामा चर्चित निर्देशक हुन प्रकाशराज कार्की ।

लामो समयदेखि कला जगतमा रमाएका कार्कीको हालै एक तिजको गीत सुटिङ सप्पन्न भएको छ । अस्मिता धमला र मनिसा भट्टराईको स्वर रहेको गीतमा धुम 3कि नायिका एलिना रायमाझी र बिष्णु मगरको दमदार अभिनय देख्न सकिन्छ । यस गीतमा शुक्र लामाले नृत्य निर्देशन गरेका छ्न ।जसलाई...

अशक्त अनि बुढो शरीर लिएर ऊहाँ चोकमा बस्न बाध्य

जिन्दगीको भोग नसकुन्जेल मान्छेले अनेक दुःख सुख भोग्नुपर्दछ आखिर जिवन एउटा भोगाइ न हो| १९९६ साल पौष १५ गते जन्मनुभएको कान्छी लामा गत पौष १५ बाट ७८ बर्ष पुग्नुभयो | काठमाण्डौं काभ्रेस्थली घर हो ऊहाँको अहिले ऊहाँ गणेशस्थान मरुहिटी केहि तल शान्ति निकुञ्ज स्कुलको अघिनेर...

अपाङ्गता भएका बालबालिकाहरुलाई एक विदेशी संस्थाले शुक्रबार राहत वितरण

राजविराज–सप्तरीको विभिन्न गाउँपालिका तथा नगरपालिकाका अपाङ्गता भएका बालबालिकाहरुलाई एक विदेशी संस्थाले शुक्रबार राहत वितरण गरेको छ । दक्षिण कोरियाका संस्था म्यान भर्सेस बुमन रिलोडेड सिजन-३ दक्षिण कोरिया परिवारले अपाङ्ग संघ सप्तरी तथा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको समन्वयमा उक्त राहत वितरण गरिएको हो ।...

नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले कोशी ब्यारेज भत्काउनुपर्ने प्रस्ताव गरे

नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले कोशी ब्यारेज भत्काउनुपर्ने प्रस्ताव गरेकी छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापामगरले नेपालको अहित हुनेगरी सीमामा भारतद्वारा निर्मित बाँध भत्काएर भारतबाट क्षतिपूर्ति भराउनुपर्ने प्रस्ताव गरेकी हुन् । भारतबाट निर्माण गरिएका बाँधकै कारण नेपालको तराई डुबानमा परेको...

आन्तरिक विमानस्थल पशुपंक्षीको जोखिममा

साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख आन्तरिक विमानस्थल पशुपंक्षीको जोखिममा रहेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न विमानस्थलको अध्ययनपश्चात हालै सार्वजनिक गरेको वाइल्डलाइफ हजार्ड रिपोर्ट २०१७ ले यस्तो तथ्य बाहिर ल्याएको हो । प्रतिवेदनअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पशुपंक्षीबाट सबैभन्दा जोखिममा रहेको छ...