इतिहास

अर्घाखाँची र दाङमा एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका दुईजना घाइते


असार, दाङ । अर्घाखाँची र दाङमा एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका दुईजना घाइते भएका छन् । गम्भीर घाइते एकजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ खनदहमा एमाले कार्यकर्ताहरुको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नारायण खनाल गम्भीर घाइते भएका छन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर रातारात काठमाडौं पठाइएको छ । उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।

 

मतदानको विषयलाई लिएर एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच विवाद बढेपछि आक्रमण भएको हो । जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसैगरी दाङको लमही नगरपालिकामा पनि एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका एक कार्यकर्ता घाइते भएका छन् । गएराति साढे ९ बजे लमही नगरपालिका-७ कमानपुरमा एमाले कार्यकर्ताको आक्रमणबाट स्थानीय सुवास चौधरी घाइते भएका हुन् ।

उनको लमहीमै उपचार भइरहेको छ ।

बिहि, असार १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छनोट हुने

असार, काठमाडौं । ०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनर्निर्माणको निर्माण कम्पनी आज छनोट हुने भएको छ । बहुप्रतिक्षित धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वैशाख ३० गते बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । दिउँसो दुई बजेपछि टेन्डर खोलिने प्राधिकरणले जनाएको छ ।   धरहरा...

मन्दिरको हरेक टुडालमा किन कुदिन्छ अस्लिल यौनजन्य कला ? यस्तो छ रहस्य

सबैको कौतुहलताको जवाफ पढ्नुहोस तपाई मन्दिरतिर जाँदा माथि तिर आँखा लगाउनु भएको छ ? लगाउनुभएको छ भने नेपाली शैलीका मन्दिरमा गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन एक विशेष काठको प्रयोग नदेख्ने कुरै भएन । त्यसैलाई टुडाल भनिन्छ |तर, टुडालमा जे देख्नुहुन्छ त्यसले भने तपाईलाई...

अर्धनग्न भैंसी नचाउने बेश्यालय महोत्सवहरु बन्द गरौ, बरु राजस्व असुल्ने देहव्यापार खोलौ

देशमा अचेल महोत्सवको चटारो बढेको छ । तिनै सिजनेवल महोत्सवहरुमा प्रस्तुति दिने देशका नग्न गहनाहरुको चर्चा पनि खुबै चलेको छ । जिउ डाल हेर्दा नत चट्टक मिलेको छ, बरु नाङ्गा भैंसी जस्तै देखिन्छन । गायको स्वर सुन्दा नत सुरिलो मनमोहक बनाउ छ, बरु बगेर्नो भैंसी कराएको...

पाँच वर्षकी निहिरा बज्राचार्य पाटनको नयाँ कुमारीमा चयन

 माघ, ललितपुर । पाँच वर्षकी निहिरा बज्राचार्य पाटनको नयाँ कुमारीमा चयन भएकी छन् ।   सोमबार रत्नकर महावीहार, पाटनमा प्रतिस्पर्धाबाटै नयाँ कुमारी चयन गरिएको हो । प्रतिस्पर्धामा बज्राचार्य परिवारका पाँच बालिका सहभागी थिए । कुमारी छनोट गर्दा आँखा, दाँत मिले नमिलेको, अनुहारमा कुनै खत भए नभएको हेरिन्छ ।...

लिच्छविकालीन कैलाशकुट भवन काभ्रेको नालामा हुन सक्ने बलियो सम्भावना

नेपालको  ऐतिहासिक कालदेखि नै  विभिन्न जातिले नेपाल उपत्यका वा खण्डित नेपालको थुम, कोट, गढ,उपत्यका आदिमा राज्य शासन गर्दै आएको पाइन्छ / लिच्छवी कालका प्रतापी राजा अंशुवर्माले ठकुरी सम्वत चलाएका थिए र कैलाश कुट भवन ठकुरी सम्वत (३०) ५९१ इ. मा बनाइएका थिए /नेपालको इतिहास हेर्दा...

सीमा विवाद देखिएपछि नापी विभागका निर्देशक सहितको टोलीले छानविन थाले

माघ, वीरगञ्ज । दुई देशबीच भएको सहमति अनुसार अहिले बारा र पर्सामा पर्ने सीमा क्षेत्रमा हराएका वा बिगि्रएका पिल्लरहरुको ठाउँमा नयाँ पिल्लर राख्दैछ ।   तर, त्यस क्रममा भारतले ५० विगाहा जति जमिन मिचेको स्थानीयबासीले बताएका छन् । सीमा विवाद देखिएपछि नापी विभागका निर्देशक सहितको टोलीले छानविन...