खेलकुद

विश्व विजेता जर्मनी रूसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको उपाधिनजिक


विश्व विजेता जर्मनी रूसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको उपाधिनजिक पुगेको छ। बिहिबार राति भएको अन्तिम सेमिफाइनलमा मेक्सिकोलाई  ४ – १ को फराकिलो अन्तरमा हराउँदै जर्मनी फाइनलमा पुगेको हो।

सोचीको ओलाम्पियासकी स्टेडियममा भएको खेलमा जर्मनीलाई जित दिलाउन लिओन गोरेत्ज्काले दुई तथा टिमो वेर्नेर र अमिन युनिसले समान एक एक गोल गरेका थिए। मेक्सिकोको मार्को फाबियानोले सान्तवना गोल फर्काए ।

अब उपाधिका लागि जर्मनीले फाइनलमा दक्षिण अमेरिकी क्षेत्रको विजेता चिलीसँग आइतबार खेल्ने छ। चिली युरोकप विजेता पोर्चुगललाई हराउँदै  उपाधि नजिक आइपुगेको हो।

मेक्सिकोविरुद्ध जर्मनीले आठ मिनेटभित्र नै दुई गोल गरेको थियो। सुरुवाती मिनेटबाटै आक्रमक खेल खेलेको जर्मनीले छैटौं मिनेटमा लिओन गोरेत्ज्काको  गोलबाट खेलमा अग्रता लियो। त्यसको दुई मिनेट नबित्दै  गोरेत्ज्काले पुनः व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए।

पहिलो हाफमा २-० ले अघि रहेको जर्मनीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

शुक्र, असार १६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरे

असार, काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो । धेरै अर्जेन्टिना...

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिए

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।   राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास...

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल, साथमा नेपाली समयअनुसार खेल तालिका

जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् । जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ ।   रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ...

युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाए

जेठ, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । यो कारको मूल्य २५ लाख...

 मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा

वैशाख, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् । जनकपुरको बारहविगहा रंगभूमी मैदानमा शुक्रबारदेखि सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा खेलकुदको अवस्था दयनीय रहेको भन्दै सुधार योजना ल्याउने बताए ।   सोही योजना अनुसार अागामी...

नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरे

फागुन, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा क्यानडालाई एक विकेटले हराउँदै नेपालले विश्वकप छनोट खेलको यात्रा तय गरेको छ । नेपालको यो संघर्षपूर्ण तर सनसनीपूर्ण जितको जताततै प्रशंसा छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले एक विकेट बाँकी छँदै पूरा गर्न सफल भयो ।   अन्तिम ओभरमा...