जीवन र जगत

राष्ट्रिपति देखि कार्यालय सहायकसम्मको तलवको तालिका


काठमाडौं । चालु आर्थिक वर्षको वजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । सरकारले वजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलवमान औसत २५ प्रतिशत बढाएको थियो । राष्ट्रसेवक कर्मचारीको तलवका अतिरिक्त पेन्सन पनि बढेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान तथा सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो ।

नयाँ तलवमान अनुसार राष्ट्रपतिको १ लाख ५० हजार ४५०, उपराष्ट्रपतिको १ लाख ८ हजार ३०, प्रधानमन्त्रीको ७७ हजार २८०, उपप्रधानमन्त्रीको ६५ हजार २००, मन्त्रीको ६० हजार ९७०, राज्यमन्त्रीको ५७ हजार ७८० र सहायक मन्त्रीको ५६ हजार ४९० रुपैयाँ पुगेको छ । यस्तै सभामुखको ६७ हजार ३२०, उपसभामुखको ६० हजार ९७०, साँसदको ५५ हजार २३०, राष्ट्रिय योजना आयोगको उपाध्यक्षको ६० हजार ९७० र सदस्यको ५६ हजार ४९० रुपैयाँ पुगेको छ । यस्तै सर्वोच्च अदालतको प्रधानन्यायधिशको ७३ हजार ६८०, न्यायधिशको ६० हजार ९७० छ । यस्तै निजामति सेवा अन्र्तगत ग्रेड सुविधा समेत गरी मुख्यसचिवको ५८ हजार ८८०, सचिवको ५४ हजार ८४८, सहसचिवको ४९ हजार ५१६, उपसचिवको ४३ हजार ३४८, शाखा अधिकृतको ३८ हजार ६३६ रुपैयाँ पुगेको छ । प्रधानसेनापतिको ५८ हजार ८८०, नेपाल प्रहरी र शसस्त्र पहरी महानिरीक्षकको ५४ हजार ८४८ रुपैयाँ पुगेको छ ।

 

        

आइत, असार १८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालको बाटो समाउँदै जाडो छल्न कर्‍याङकुरुङहरु बसाइ सरे

नेपाली आकाशमा बिशेष गरि जाडोयाम शुरु हुनु अगाडी चिसो हावा चल्नु अगाडी बथानका बथान देखिने पन्छी हो कर्‍याङकुरुङ/यसलाई अङ्ग्रेजीमा डेमोसेल क्रेन (Demoiselle Crane) भनिन्छ । यो पन्छीहरू उडेको देखेर बुढा पाकाहरु चिसो अझै बढ्ने अनुमान गर्दछन् / यी कर्‍याङकुरुङहरु सारस प्रजातिमा पर्दछन /   यिनीहरु बथानका बथान कर्‍याङकुरुङको आवाजमा एक...

नदियाले चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन्

एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् । नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा...

जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दै

बैशाख १७ – जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर...

नारी दिवसको उपलक्षमा शैलीको कार्यक्रम

शैली साहित्य समाजले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्षमा नारी सम्बन्धी कविता, कथा, गीत र नृत्य कार्यक्रम आप्mनै प्राङ्गण बबरमहलमा सम्पन्न ग¥यो । साहित्यकार दिदीबहिनीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । शैली साहित्य समाजको प्राङ्गणमा सबैभन्दा अगाडि प्रवेश गर्नुहुने कवि दुर्गा तिवारीलाई पूmलको गुच्छा दिएर...

नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना

विश्वमा सन् २०१० को आँकडा अनुसार  ११ हजार ३३ प्रजातिका चराहरू पाइन्छन् । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेशनल रेडलिष्ट अफ बर्डस’ मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ । जुन संसारको ९ प्रतिशत हुन्छ । भौगोलिक विविधता भएको नेपालमा अनेक खालका जातजातिका चरा...

युवा पुस्तामा चर्चित निर्देशक हुन प्रकाशराज कार्की ।

लामो समयदेखि कला जगतमा रमाएका कार्कीको हालै एक तिजको गीत सुटिङ सप्पन्न भएको छ । अस्मिता धमला र मनिसा भट्टराईको स्वर रहेको गीतमा धुम 3कि नायिका एलिना रायमाझी र बिष्णु मगरको दमदार अभिनय देख्न सकिन्छ । यस गीतमा शुक्र लामाले नृत्य निर्देशन गरेका छ्न ।जसलाई...